Dictionary

All Word

48101 निहुँ ना. ३. झगडाको उपाय; झगडा गर्ने वा जुध्ने माध्यम।
48102 निहुँपिहुँ ना. भएनभएको बहाना; बहानाबाजी।
48103 निहुरनु अ.क्रि. १. शिर झुकाउनु; झुक्नु; नुहुनु।
48104 निहुरनु अ.क्रि. २. नम्र हुनु; पस्रनु।
48105 निहुरनु अ.क्रि. ३. ढोग्नु।
48106 निहुरनु अ.क्रि. ४. हार्नु; लाचार बन्नु।
48107 निहुरमुन्टी/निहुरमुन्टे वि. १. निहुरोको जस्तो मुन्टो भएको; नतमस्तक। ना.
48108 निहुरमुन्टी/निहुरमुन्टे वि. २. 'न' अक्षरलाई चिनाउनका लागि प्रयुक्त हुने शब्द; नकार।
48109 निहुराइ ना. निहुरिने भान, क्रिया वा प्रक्रिया।
48110 निहुराइनु क. क्रि. निहुरने तुल्याइनु।
48111 निहुराइलो वि. झुक्ने स्वभावको; झुकालु।
48112 निहुराउनु प्रे. क्रि. / क.क्रि. झुकाउनु; झुक्न लगाउनु।
48113 निहुराहट ना. निहुराइ।
48114 निहुरिनु अ.क्रि. १. निहुरनु।
48115 निहुरिनु अ.क्रि. २. निहुरने होइनु।
48116 निहुरो ना. तरकारी र अचारका रूपमा खाइने प्रायः चिस्यानमा लेक, बेसी, मधेस, पहाड सर्वत्र पाइने उनिउँ जस्तै बोटको प्रजाति; यस प्रजातिभित्र पर्ने कुनै पनि वनस्पति; निगुरो (डाँठे निहुरो, झुसे निहुरो, कान्ले निहुरो इ.)।
48117 निहोरा ना. १. चाकडी; खुसामद।
48118 निहोरा ना. २. बिन्तीभाउ; अनुरोध।
48119 निहोरा ना. ३. अनुनय; विनय।
48120 निहोरा ना. ४. बाबाठाकुरे; जनी।
48121 नीच वि. १. जाति, गुण, सम्प्रदाय, धर्म, व्यवहार आदि दृष्टिले तल्लो तहको; क्षुद्र; चुत्थो।
48122 नीच वि. २. अधम; तल्लो श्रेणीको।
48123 नीच वि. ३. बाउन्ने; पुड्को। ना.
48124 नीच वि. ४. तल रहेको; होचोमा स्थित। तुच्छ व्यक्ति। [सं. नित्य (कर्म)]
48125 नीच वि. ५. कर्तव्यप्रतिको दायित्व (केवल 'नीचमारा' मा सीमित)।
48126 नीचता ना. नीच हुनाको भाव वा अवस्था; अधमता; तुच्छता; नगण्यता।
48127 नीचमारा ना. कर्तव्यलाई उपेक्षा गर्ने व्यक्ति।
48128 नीचो वि. हे. निचो।
48129 नीड ना. १. आश्रयस्थल; बस्ने ठाउँ।
48130 नीड ना. २. चराहरूले बेलाबखत रुखका हाँगामा वा अन्त बनाएको खोप्रो; गुँड।
48131 नीत वि. १. लगिएको; पुऱ्याइएको।
48132 नीत वि. २. बितेको।
48133 नीत वि. ३. ग्रहण गरिएको; प्राप्त।
48134 नीति ना. १. विभिन्न जाति, वर्ण, आश्रम, धर्म, सम्प्रदायहरूका प्रवर्तकबाट लोकव्यवहारको सञ्चालनका लागि निर्धारित आचरण; आचारपद्धति; आचारसंहिता।।
48135 नीति ना. २. त्यस पद्धतिबाट हिँड्दा अँगाल्नुपर्ने नियम।
48136 नीति ना. ३. कुनै सरकार वा संस्था आदिले आफ्नो कार्यसञ्चालनका लागि अँगाल्ने आधारभूत सिद्धान्त।
48137 नीति ना. ४. उपाय; युक्ति।
48138 नीति ना. ५. राज्यसञ्चालनका चार प्रमुख उपाय- साम, दाम, दण्ड र भेदमध्ये कुनै एक।
48139 नीतिपरायण वि. नीतिको पालन गर्ने; नीतिमा रहने।
48140 नीतिमान् वि. नीतिका अनुसार व्यवहार गर्ने; नीतिपरायण।
48141 नीतिवाद ना. नीतिप्रति विशेष आस्था राख्ने मत; नियमवाद; कानुनवाद।
48142 नीतिवादी वि. नीतिलाई महत्त्व दिने; नीतिवादको समर्थक।
48143 नीतिविज्ञान ना. आचारशास्त्र।
48144 नीतिविद् वि. नीतिज्ञ।
48145 नीतिशास्त्र ना. कर्तव्य- अकर्तव्यबारे लेखिएको शास्त्र; आचारशास्त्र।
48146 नीतिसम्मत वि. नीतिले बताएअनुसारको; नीतिबमोजिमको; नीतिअनुकूल।
48147 नीद ना. हे. निद्रा।
48148 नीर बिरालो ना. हे. निर बिरालो।
48149 नीर ना. हे. निर।
48150 नीर ना. हे. निर।