Dictionary

All Word

48051 निस्सत्त्व वि. ३. प्राण नभएको; निर्जीव।
48052 निस्सत्त्व वि. ४. नीच; तुच्छ।
48053 निस्सन्तान वि. सन्तान नभएको; छोराछोरी नरहेको वा नभएको; अपूतो; निःसन्तान।
48054 निस्सन्देह वि. १. सन्देह नभएको; दुविधा नलाग्ने; निश्शङ्क; निःसन्देह। क्रि.वि.
48055 निस्सन्देह वि. २. विनासन्देह; शङ्का नमानीकन; अवश्य; जरुर।
48056 निस्सपत्न वि. दुस्मन नभएको; शत्रुहीन; अजातशत्रु।
48057 निस्सरण ना. १. बाहिर जाने वा निस्कने काम; बहिर्गमन।
48058 निस्सरण ना. २. बगाइ; चुहावट।
48059 निस्सरण ना. ३. बाहिर जाने निकास; निस्कने बाटो।
48060 निस्सहाय वि. कुनै सहारा नभएको; कतैबाट मद्दत नपाउने; असहाय।
48061 निस्सा ना. १. कुनै कुराको प्रमाणस्वरूप राखिने चिनु; प्रमाण; दसी; साक्ष्य।
48062 निस्सा ना. २. चिनु; निसान।
48063 निस्सार वि. १. कुनै सार वस्तु नभएको; तत्त्व गइसकेको; सारहीन।
48064 निस्सार वि. २. बेकम्मा; बेकार; बेमतलवको।
48065 निस्सारण ना. बाहिर पठाउने काम; निकाल्ने काम।
48066 निस्सारित वि. निस्सारण गरिएको।
48067 निस्सीम वि. १. सीमा वा हद नभएको; असीम; बेहद।
48068 निस्सीम वि. २. अत्यधिक; ज्यादा; धेरै।
48069 निस्सृत वि. १. बाहिर आएको; निस्केको।
48070 निस्सृत वि. २. बाह्य दबाबले वा स्वतः अँचेटिएर बगेको।
48071 निस्से क्रि.वि. १. पक्कै। वि.
48072 निस्से क्रि.वि. २. पक्का; निश्चित। ना.
48073 निस्से क्रि.वि. ३. निश्चय।
48074 निस्सै क्रि.वि. निश्चय नै; पक्कै।
48075 निस्स्पन्द वि. हे. निस्पन्द।
48076 निस्स्पृह वि. हे. निस्पृह।
48077 निस्स्वार्थ वि. स्वार्थरहित।
48078 निस्स्वार्थी वि. स्वार्थ नभएको।
48079 निहत वि. १. वध गरिएको; मारिएको।
48080 निहत वि. २. नाश गरिएको; नष्ट।
48081 निहतार्थ ना. प्रसिद्ध अर्थलाई श्लेषार्थ बनाई गौण अर्थलाई दिइएको प्रमुखता (काव्यको एक दोष )।
48082 निहत्था वि. १. कमजोर; शक्तिहीन; हातहतियारविहीन।
48083 निहत्था वि. २. टुहुरो; आश्रयदाता कोही नभएको।
48084 निहन्ता वि. /ना. हत्यारो; घातक; ज्यानमारा।
48085 निहार ना. १. कुहिरो।
48086 निहार ना. २. दृष्टिपात; पुल्को।
48087 निहारिका ना. अँधेरी रातमा दूर आकाशमा सेतो कुहिराको धार जस्तै देखिने नक्षत्रपुञ्ज; स्वर्गङ्गा; घाङ बादल।
48088 निहार्नु स.क्रि. १. कुहिरो लागेको बेलामा केही कुरो प्रयासपूर्वक च्याए झैँ गरी च्याउनु।
48089 निहार्नु स.क्रि. २. गहिरिएर हेर्नु; गडेर हेर्नु।
48090 निहार्नु स.क्रि. ३. सरसरती अवलोकन गर्नु; विहङ्गम दृष्टि दिनु।
48091 निहाल वि. १. समृद्ध; ज्यादै धनी; धनाढ्य।
48092 निहाल वि. २. सबै प्रकारले सन्तुष्ट; प्रसन्न। क्रि.वि.
48093 निहाल वि. ३. धेरै; अत्यन्तै।
48094 निहित वि. १. राखिएको; स्थापित; पोसिएको।
48095 निहित वि. २. दिइएको; सुम्पिएको।
48096 निहित वि. ३. हुलिएको; कोचिएको।
48097 निहिन ना. काटेपछि खेतमा नलसितै पातलो गरी फिँजाएर सुकाइएको धान।
48098 निहिन ना. लात्ती हान्ने गाईको दुध दुहुँदा खुट्टामा बाँध्ने डोरी; खुट्टे; छाँद।
48099 निहुँ ना. १. कुनै कुरा वा व्यवहार थाल्नका लागि सहायक आधारको काम गर्ने अर्को कुरो वा व्यवहार।
48100 निहुँ ना. २. पन्छन वा संलग्न नहुनका लागि देखावटी कारण; बहाना; स्वाङ।