Dictionary

All Word

47951 निष्फल वि. २. फल नलागेको।
47952 निष्फल वि. ३. निरर्थक; व्यर्थ।
47953 निष्फल वि. ४. बिउ नभएको; निर्बीज।
47954 निष्फलता ना. निष्फल हुने क्रिया वा भाव; असफलता।
47955 निसङ्ग वि. हे. निस्सङ्ग।
47956 निसान छाप ना. १. कुनै वस्तुको पहिचानका लागि चिनोका रूपमा लगाइने छाप; परिचायक चिह्न।
47957 निसान छाप ना. २. कार्यालयको आफ्नो परिचयात्मक छाप।
47958 निसान ना. १. कुनै व्यक्ति वा वस्तु चिनाउने लक्षण; चिनु; चिह्न; निशान।
47959 निसान ना. २. पल्टनियाँ झन्डा बोक्ने व्यक्ति।
47960 निसान ना. ३. त्यस्तो झन्डा बोक्ने दर्जा।
47961 निसान यात्रा ना. लिम्बूवानमा दसैँको नवमीका दिन मनाइने एक उत्सव वा समारोह।
47962 निसाना ना. १. शस्त्रअस्त्र आदिले ताकेर हानिने चिनु; तारो; लक्ष्य।
47963 निसाना ना. २. चिनु; चिह्न।
47964 निसानी ना. १. कुनै कुरालाई जनाउने वा कुनै वस्तुबारे थाहा पाउन सकिने चिनु; निसान; लक्षण।
47965 निसानी ना. २. रूप; आकारप्रकार।
47966 निसानी ना. ३. सीमा; हद।
47967 निसाफ ना. १. कुनै मुद्दामामिलामा न्यायालयबाट दिइने न्याय; अदालती निर्णय; इन्साफ।
47968 निसाफ ना. २. निष्पक्ष न्याय; असत्यको हार र सत्यको विजय गराउने निर्णय।
47969 निसाफी वि. निसाफ गर्ने; न्यायी।
47970 निसासिनु अ.क्रि. १. सास फेर्ने प्रक्रियामा बाधा पर्नु; सास रोकिनु।
47971 निसासिनु अ.क्रि. २. छटपटाउनु; अतालिनु; आत्तिनु।
47972 निसासिलो वि. १. निसासिने स्वभावको; निसासिएलाजस्तो।
47973 निसासिलो वि. २. निसासिने खालको; निसासिने।
47974 निसासी ना. १. सास रोकिने क्रिया वा स्थिति।
47975 निसासी ना. २. अतालिने भाव; आत्तिएको अवस्था; अत्याहट।
47976 निसासी ना. ३. हडबड; चटारो।
47977 निसास्याइ ना. निसासिने स्थिति, क्रिया वा प्रक्रिया।
47978 निसास्याइनु क.क्रि. निसासिने तुल्याइनु।
47979 निसास्याउनु प्रे. क्रि. निसासिने पार्नु वा पार्न लगाउनु।
47980 निसिप ना. कर्म; भाग्य; नसिप; नसिब।
47981 निसृत वि. बाहिर आएको; निस्केको; निष्पन्न।
47982 निसृष्ट वि. १. त्याग गरिएको; छाडिएको।
47983 निसृष्ट वि. २. दिइएको; प्रदत्त।
47984 निसृष्ट वि. ३. वास्ता नगरिएको; अवहेलित।
47985 निसृष्टार्थ ना. दुवैतिरको आशय बुझी आफैँ कुरा मिलाई काम पट्याउने दूत; संस्कृत भाषाका नाटक आदिमा नायकको दूतको एक प्रकार।
47986 निसोथ ना. डाँठ र जरो औषधीका काममा प्रयोग गरिने एक जातको बुटी।
47987 निस् उप. अभाव, निषेध आदिको अर्थ भएका खास-खास शब्द बनाउनका लागि प्रयोगमा आउने उपसर्ग (जस्तै- निस्तार, निस्सहाय इ.)।
47988 निस्कनु अ.क्रि. १. बाहिरतिर जानु; निक्लनु। उत्पन्न हुनु; उम्रनु।
47989 निस्कनु अ.क्रि. २. देखा पर्नु; प्रकट हुनु; प्रकाशित हुनु।
47990 निस्काइ ना. निस्कने क्रिया वा प्रक्रिया।
47991 निस्किनु अ.क्रि. निस्कनु; निक्लिनु।
47992 निस्केवल ना. १. केही पनि बाँकी नरहेको अवस्था। वि.
47993 निस्केवल ना. २. निमिट्यान्न।
47994 निस्केवल ना. ३. दोषहीन; शुद्ध।
47995 निस्तत्त्व वि. १. तत्त्व नभएको; तत्त्वहीन; सार नभएको।
47996 निस्तत्त्व वि. २. काम नलाग्ने; छोक्रा मात्र बाँकी रहेको।
47997 निस्तनी वि. स्तन नभएकी (स्त्री); स्तन नदेखिने (स्त्री); स्त्रीत्वहीन (नारी)।
47998 निस्तन्द्र वि. १. तन्द्रा वा आलस्य नभएको; जाँगरिलो; कर्मठ।
47999 निस्तन्द्र वि. २. बिउँझेको; जागरूक।
48000 निस्तब्ध वि. १. सुनसान; चकमन्न।