Dictionary

All Word

47851 निष्कण्टक वि. ४. निर्विघ्न तवरले।
47852 निष्कपट वि. १. अरूलाई धोका नदिने; छलकपट नभएको; छलछाम गर्न नजान्ने।
47853 निष्कपट वि. २. सोझो; साधारण प्रकृतिको।
47854 निष्कपटता ना. निष्कपट हुनाको भाव वा अवस्था।
47855 निष्कर वि. करबाट मुक्त; महसुल नलाग्ने; शुल्क नलिइने।
47856 निष्करुण वि. करुणा नभएको; निर्दयी; निठुरी।
47857 निष्कर्म वि. निष्क्रिय; अल्छी; जाँगरमरुवा।
47858 निष्कर्मण्य वि. १. कर्म नगर्ने; अकर्मण्य; काममा नजोतिएको; अल्छी।
47859 निष्कर्मण्य वि. २. काम नलाग्ने; निकम्मा।
47860 निष्कर्मा वि. १. मन लाएर काम नगर्ने; एकचित्त भएर काम नगर्ने।
47861 निष्कर्मा वि. २. बेकामको; रद्दी।
47862 निष्कर्ष ना. १. सारभूत अर्थ; निचोड; सार।
47863 निष्कर्ष ना. २. विवादास्पद विषयमा आपसी विचारविमर्शबाट निस्केको ठहर; विचार मन्थनबाट निस्केको सारवस्तु। ३ परिणाम; नतिजा।
47864 निष्कर्ष ना. ४. निर्णय; निधो; टुङ्गो।
47865 निष्कर्ष ना. ५. निश्चय; जाँचबुझ।
47866 निष्कल वि. १. कुनै अङ्ग वा भाग नष्ट भएको; टुटेफुटेको।
47867 निष्कल वि. २. कला नभएको; कलाहीन।
47868 निष्कल वि. ३. वीर्य नभएको; पराक्रमहीन।
47869 निष्कलङ्क वि. १. कलङ्क नभएको; दाग नभएको; निर्दोष।
47870 निष्कलङ्क वि. २. स्वच्छ; उदार हृदय भएको।
47871 निष्काम कर्म ना. फलको आशा नगरीकन गरिएको काम।
47872 निष्काम वि. १. कुनै प्रकारको इच्छा नभएको; आसक्ति नभएको।
47873 निष्काम वि. २. फलको इच्छा नराखी गरिएको (काम); कामनाहीन।
47874 निष्काम वि. ३. फलको आशा नराखी गरिने (कार्य)।
47875 निष्कारण क्रि.वि. १. कुनै कारणविना; कारण नभईकनै।
47876 निष्कारण क्रि.वि. २. बिनसित्ति; अकारण।
47877 निष्कास ना. १. निकाल्ने काम; बाहिर पठाउने प्रक्रिया।
47878 निष्कास ना. २. कुनै घरजग्गाबाट बाहिर सडकसम्म ओहोरदोहोर गर्ने ठाउँ; निकास।
47879 निष्कास ना. ३. घर, महल आदिको बाहिर निस्केको भाग; कौसी; बरन्डा।
47880 निष्कासन ना. १. कुनै संस्था, कार्यालय आदिबाट केही अवधिका लागि वा सधैँका लागि निकाल्ने काम; निकाला।२. प्रवेश रद्द गर्ने काम; सम्बन्धित संस्था वा कार्यालयबाट लाञ्छनासहित हटाउने काम।
47881 निष्कासित वि. १. निकालिएको; बाहिर पठाइएको।
47882 निष्कासित वि. २. विद्यालय वा कुनै कार्यालयबाट निष्कासन गरिएको।
47883 निष्किञ्चन वि. केही पनि नभएको; दरिद्र; तन्नम; निर्धन।
47884 निष्कुल वि. वंशहीन; कुलहीन।
47885 निष्कुलीन वि. १. असल कुलमा नजन्मेको; कुलीन नभएको; खानदानको।
47886 निष्कुलीन वि. २. सभ्य नभएको; असभ्य।
47887 निष्क्रम वि. क्रमविहीन; क्रम नभएको।
47888 निष्क्रमण ना. १. निस्कने काम; बाहिर जाने प्रक्रिया।
47889 निष्क्रमण ना. २. हिन्दू धर्मअनुसार बालकलाई पहिलो पटक बाहिर निकाल्ने संस्कार; नवजात शिशुलाई सूर्यको दर्शन गराउने संस्कार।
47890 निष्क्रमण पत्र ना. पारपत्र।
47891 निष्क्रय ना. १. कुनै काम वा सेवाका लागि दिइने धन; भाडा; ज्याला।
47892 निष्क्रय ना. २. बदलामा दिइने द्रव्य।
47893 निष्क्रय ना. ३. मालको साटफेर; अदलीबदली; विनिमय।
47894 निष्क्रय ना. ४. कुनै वस्तु लिएर त्यसको वास्तविक मोलभन्दा धेरै कम मोल दिने काम; निग्रह।
47895 निष्क्रान्त वि. १. बाहिर गएको; निस्केको।
47896 निष्क्रान्त वि. २. निकालिएको।
47897 निष्क्रिय प्रतिरोध ना. खटाएको काम नगरी जनाइने विरोध; असहयोग आन्दोलन।
47898 निष्क्रिय वि. १. कुनै चेष्टा नभएको; निश्चेष्ट।
47899 निष्क्रिय वि. २. कुनै पनि काम नगर्ने; क्रियारहित; अकर्मण्य।
47900 निष्क्रिय वि. ३. निश्चल; स्थिर।