Dictionary

All Word

48151 नीर ना. १. पानी; जल।
48152 नीर ना. २. रस; झोल; द्रव पदार्थ।
48153 नीरज ना. १. कमल; सरोज।
48154 नीरज ना. २. मोती; हार।
48155 नीरज ना. ३. उशीर। वि.
48156 नीरज ना. ४. पानीबाट पैदा भएको।
48157 नीरव ना. बादल।
48158 नीरव वि. १. आवाज नभएको; कुनै प्रकारको शब्द नआउने; निशब्द।
48159 नीरव वि. २. आवाज नगर्ने; शब्द ननिकाल्ने।
48160 नीरस वि. १. रस नभएको; सुक्खा, रुखो।
48161 नीरस वि. २. स्वाद नभएको; बेस्वादिलो।
48162 नीरस वि. ३. भावनाको कमी; नरमाइलो; खल्लो।
48163 नीराजन / नीराजना ना. १. पूजाआजा सकेपछि समापनभन्दा पहिले गरिने देवदेवीको आरती; पूजाको अन्तमा घिउमा भिजाएका पाँच-सात गुत्था बत्ती बालेर देवताको सम्मुख घुमाउने काम; आरती।
48164 नीराजन / नीराजना ना. २. विजययात्राका निम्ति हतियारमा साँध लाउने काम।
48165 नील ना. १. निलो रङ; गाढा आसमानी रङ; आकासे रङ।
48166 नील ना. २. निलो रङ बनाइने बोटविशेष; नीर।
48167 नील ना. ३. सय अरब जनाउने सङ्ख्या।
48168 नील ना. ४. कुबेरका नौ निधिमध्ये एक।
48169 नील ना. ५. शरीरको कुनै भागमा चोट लागी भित्रभित्रै रगत जम्नाले देखिने निलो दाग; चोट लागेको ठाउँ। वि.
48170 नील ना. ७. निलो; गाढा आकासे रङको।
48171 नीलकण्ठ वि. १. घाँटी निलो भएको। ना.
48172 नीलकण्ठ वि. २. शिव, महादेव।
48173 नीलकण्ठ वि. ३. कालिज।
48174 नीलकाँडा ना. ससाना पात हुने ठुलो केराउका जत्रा, सुन्तला रङका झुप्पादार दाना फल्ने, प्राय: निला रङका फूल फुल्ने हातेबारका रूपमा लगाइने काँडादार एक जातको बोट।
48175 नीलकान्त ना. १. हिमाली प्रदेशमा पाइने, टाउको, घाँटी र छाती कालो तथा पुच्छर निलो भएको एक जातको चरो।
48176 नीलकान्त ना. २. एक प्रकारको मणि; नीर।
48177 नीलक्रौञ्च ना. निलो वर्ण र घाँटी लामो हुने एक जातको कऱ्याङकुरुङ चरो।
48178 नीलगाई गाईका जस्ता कान, छोटो र बाङ्गो सिङ, गर्दनमा काला छोटा रौँ, घाँटीमा लामा रौँका गुच्छा हुने र बराँठको जस्तो रङ हुने एक जातको लामपुछ्रे मृग; घोडगधा; लिलीगाई।
48179 नीलचरी ना. सर्वाङ्ग जिउ र विष्ठा पनि निलो हुने चिभेजत्रो एक चरो।
48180 नीलडाम ना. पिटिएर, दुर्घटनामा परेर वा ठक्कर लागेर चोटपटक लाग्दा रगत बाहिर निस्कन नसकी शरीरको भित्रभित्रै पर्ने निलो दाग; निलो डाम।
48181 नीलपत्र ना. १. नीलकमल।
48182 नीलपत्र ना. २. विजयसालको रुख।
48183 नीलपत्र ना. ३. व्यापार वा अन्य योजनासम्बन्धी आलेख।
48184 नीलपत्र ना. ४. खाका; पूर्वयोजना; नक्सा; रूपरेखा।
48185 नीलपद्म ना. नीलकमल।
48186 नीलपौर ना. लामा लामा मकैका जस्ता पात हुने एक जातको उखु; चुनीउखु।
48187 नीलबैजनी वि. निलो र बैजनी रङ मिसिएको (रङ)।
48188 नीलमणि ना. एक प्रकारको बहुमूल्य निलो मणि; नीर।
48189 नीलवल्ली ना. १. अरू ठुला रुखमा उम्रने, लाम्चा पात हुने, रातो फूल फुल्ने, गुलिया ससाना फल फल्ने बुटीविशेष।
48190 नीलवल्ली ना. २. शरीरमा थप फुकुन्डो उठ्ने एक रोग।
48191 नीलवल्ली ना. ३. ऐँजेरु।
48192 नीलवाराही ना. काठमाडौँ उपत्यकाको ठिमी सहरको उत्तर भेगमा रहेको एक वाराही; काठमाडौँ उपत्यकाका प्रसिद्ध चार वाराहीमध्ये एक।
48193 नीलवीज ना. निलो विजयसाल।
48194 नीलवृक्ष ना. एकथरी वृक्ष; प्रेमधप्के।
48195 नीलवृष ना. वैदिक धर्मका अनुसार पितृका उद्देश्यले यज्ञ गरेर छोडिने साँढे; वृषोत्सर्गको साँढे।
48196 नीलसर ना. पानीमा पनि राम्रोसँग पौडिन सक्ने र त्यसै उड्न पनि सक्ने, भाले भए कालो टाउकोमा निलो रङ हुने एक प्रकारको हाँस।
48197 नीला ना. १. पौराणिक मान्यताअनुसार कालीको एक शक्ति।
48198 नीला ना. २. निलो रङ बनाउने एक प्रकारको लहरो।
48199 नीलाञ्जन / नीलाञ्जना ना. १. निलोतुथो।
48200 नीलाञ्जन / नीलाञ्जना ना. २. आँखामा लगाउन बनाइएको एक प्रकारको शृङ्गारिक द्रव्य; सुर्मा।