Dictionary

All Word

48251 नुहाइ ना. २. झुकाउने क्रियाप्रक्रिया।
48252 नुहाइ धुवाइ ना. जिउ नुहाउने र कपडा आदि धुने काम; धोइपखाली गर्ने क्रिया; स्नानशौचादि कर्म।
48253 नुहाइनु क.क्रि. १. स्नान गराइनु।
48254 नुहाइनु क.क्रि. २. झुकाइनु।
48255 नुहाइ बुडी ना. नुहाउने र डुबुल्की मार्ने काम; नाउबुडी; नाकबुडी।
48256 नुहाउनु अ.क्रि. पानीले सारा शरीर भिज्ने गरी पखाल्नु; स्नान गर्नु।
48257 नुहिनु अ.क्रि. नुहुने काम हुनु; झुकिनु।
48258 नुहुनु अ.क्रि. १. निहुरिनु; झुक्नु।
48259 नुहुनु अ.क्रि. २. नम्र हुनु।
48260 नुहुनु अ.क्रि. ३. हार खानु।
48261 नुह्याइ ना. नुहिने क्रिया वा प्रक्रिया।
48262 नूतन वि. १. नयाँ; नौलो; नवीन।
48263 नूतन वि. २. भर्खरैको; हालैको ताजा।
48264 नूतन वि. ३. अनौठो; अपूर्व।
48265 नूतनता ना. नौलोपन; नयाँपन; नवीनता; नौल्याइँ।
48266 नूतनत्व ना. नूतनता।
48267 नूपुर ना. १. शृङ्गारका लागि नारीहरूले दुई पाउमा लगाउने चाँदीका झुम्कादार कल्ली; पाउजेब।
48268 नूपुर ना. २. नर्तक नर्तकीले नाच्दा लाउने पाउजेबका आकारको बाजा; पायल, घुँगुरा।
48269 नूर ना. १. चमक; तेज; ज्योति।
48270 नूर ना. २. शोभा; कान्ति।
48271 नूर ना. ३. आँट; साहस।
48272 नूर ना. ४. अनुहार (जस्तो- नूर गिर्नु = अनुहार बिग्रनु)।
48273 नृ ना. मान्छे (समासको आरम्भमा विकल्पले प्रयोग हुने 'नर' शब्दको रूप, जस्तै- नृसिंह, नृपित इ)।
48274 नृतत्व ना. मानवविज्ञान।
48275 नृतत्ववाद ना. मानवशास्त्रसँग सम्बन्धित वाद वा सिद्धान्त (साहित्यमा नृतत्वबाट प्रभावित परिपाटी)।
48276 नृतत्वविज्ञान ना. नृतत्व।
48277 नृतत्वशास्त्र ना. नृतत्त्व।
48278 नृत ना. संस्कृत नाट्यशास्त्रका अनुसार ताल र लयका साथ गरिने शास्त्रीय पद्धतिको नाच; नर्तन; नाट्यको अविकसित रूप।
48279 नृत्य ना. अङ्गसञ्चालनको प्राधान्य भएको र ताल, लय तथा भावमा आश्रित भएको नाच; नृत्तभन्दा विकसित तर पूरै विकसित भइनसकेको नाट्य।
48280 नृत्यनाटिका ना. नाचैनाच मात्र हुने एक प्रकारको नाटक।
48281 नृत्यशाला ना. नाच्ने घर; रङ्गमञ्च; मञ्चन हुने ठाउँ; नाचघर।
48282 नृप / नृपति ना. राजमुकुटको अधिकारी; राजा; नरेश।
48283 नृपशु वि. १. मानिस भएर पनि पशुसरहको।
48284 नृपशु वि. २. नीच (मान्छे )। ना.
48285 नृपशु वि. ३. अधम व्यक्ति।
48286 नृवंश ना. मानव-समाज।
48287 नृवंश शास्त्र ना. मानवका वंशपरम्पराको अध्ययनसँग सम्बन्धित शास्त्र (एन्थ्रोपोलोजी)।
48288 नृशंस वि. १. कुनै दयामाया नराखी अरू व्यक्तिलाई सताउने; अति निर्दयी; ज्यादै त्रूकर।
48289 नृशंस वि. २. हत्यारा; घातक।
48290 नृशंसता ना. त्रूकरता; निर्दयी भाव।
48291 नृसिंह ना. १. शिरको भाग सिंहको र बाँकी भाग मानिसको भएको विष्णुको चतुर्थ अवतार; हिरण्यकशिपुको हत्या गर्न विष्णुले लिएको अवतार।
48292 नृसिंह ना. २. पराक्रमी व्यक्ति; वीर पुरुष।
48293 नृसिंह चतुर्दशी ना. वैशाख शुक्ल चतुर्दशी।
48294 नृसिंह पुराण ना. नृसिंहको माहात्म्य वर्णन गरिएको एक उपपुराण।
48295 नेउको ना. सुरुवाल वा फरियाको मास्तिरको फेरामा गाँसिने लाम्चो कपडा; नेफा; न्यौको।
48296 नेकु ना. मुखले फुकेर बजाइने,भैँसीका सिङको एक प्रकारको बाजा।
48297 नेग ना. १. जन्ती ओल्किएबापत दमाईँको नाइके (नेगी) ले पाउने शिरपाउ।
48298 नेग ना. २. विवाह, व्रतबन्ध आदि शुभ कार्यमा काम गर्ने इष्टमित्रहरूलाई दिइने दस्तुर; खुसीयालीका पर्वहरूमा बालीघरे दमाईँ र चेलीबेटीलाई दिइने उपहार वा पैसा।
48299 नेगी ना. १. नेग पाउने व्यक्ति; नेग लिने व्यक्ति।
48300 नेगी ना. २. दमाईँ।