Dictionary

All Word

48351 नेपाल औद्योगिक विकास कर्पोरेसन ना. २०१४ सालमा औद्योगिक विकास केन्द्रको नामले स्थापित भई २०१६ सालदेखि संस्थानका रूपमा परिणत भएको, उद्योग धन्दाहरू खोल्न ऋण दिने संस्थान; नेपाल औद्योगिक विकास संस्थान।
48352 नेपाल तारा ना. तत्कालीन राजा त्रिभुवनबाट १९७५ सालमा स्थापित एक पदवी।
48353 नेपाल प्रज्ञा प्रतिष्ठान ना. नेपालका सबै भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र तथा दर्शनको संरक्षण, संवर्द्धन र विकास गर्ने उद्देश्यले सरकारी स्तरबाट गठन गरिएको एक संस्था।
48354 नेपाल प्रताप भास्कर ना. स्वदेश र विदेशका राजा-रानीलाई मात्र प्रदान गर्ने उद्देश्यले २०२३ सालमा स्थापित एक पदवी।
48355 नेपाल प्रताप वर्द्धक ना. सेनाका उच्च पदस्थ अधिकृतलाई प्रदान गर्ने उद्देश्यले १९७५ सालमा स्थापित एक पदक।
48356 नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ना. ०३९ सालदेखि प्रशासन शिल्पमा तालिम दिने उद्देश्यले स्थापना भएको, पछि स्वतन्त्र संस्थान हुने उद्देश्य लिएर हाल श्री ५ को सरकारको रेखदेखमा खुलेको एक प्रशिक्षण-केन्द्र।
48357 नेपाल बैङ्क लिमिटेड ना. नेपालमा १९९४ सालमा स्थापित, सबभन्दा पुरानो व्यावसायिक ब्याङ्क।
48358 नेपाल भूषण ना. प्रशंसनीय काम गर्ने व्यक्तिलाई प्रदान गर्ने उद्देश्यले २०२३ सालमा स्थापित एक पदक।
48359 नेपाल महाप्रतापवर्द्धक ना. सेनाको गणपति वा सोभन्दा माथिका व्यक्तिहरूलाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक।
48360 नेपाल यशोवर्द्धक ना. र णक्षेत्रमा आफ्नो विरता देखाउने सेनाको पदिकलाई दिइने उद्देश्यले २०२० सालमा स्थापित एक पदक।
48361 नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ना. हे. नेपाल प्रज्ञा-प्रतिष्ठान।
48362 नेपाल श्रीपद ना. राजपरिवार र विशिष्ट व्यक्तिहरुलाई प्रदान गर्ने उद्देश्यले २०१९ सालमा स्थापित एक पदक।
48363 नेपाली वि. १. नेपालसम्बन्धी; नेपालको; नेपालमाबनेको।
48364 नेपाली वि. २. नेपालमा बसोबास गर्ने; नेपालको बासिन्दा; नेपाली नागरिकता प्राप्त गरेको। ना.
48365 नेपाली वि. ३. नेपालका जाति।
48366 नेपाली वि. ४. बहुसङ्ख्यक नेपालीले बोल्ने भाषा; नेपालको राष्ट्रभाषा।
48367 नेपाली कागत ना. नरिचो, सिस्नु, अल्लो आदि बोटबिरुवाका पाटबाट नेपालमै तयार हुने कागत; पहाडी कागत।
48368 नेपाली चिराइतो ना. लामा पात, रातो डाँठ र सेता फूल हुने एक जातको चिराइतो। (आयुर्वेदमा यसको गुण ज्वरनाशक, रुचिवर्द्धक र ठन्डा बताइएको छ।
48369 नेपाली नागरिक ना. नेपालको जन्मसिद्ध नागरिक; बाह्य मुलुकबाट नेपालमा आएर नेपालको नागरिकता ऐनबमोजिमका सर्तहरू पूरा गरी नेपालको कृत्रिम नागरिकता प्राप्त गरेको व्यक्ति।
48370 नेपाली नागरिकता ना. नेपाली नागरिक भएको हैसियतले पाइने अधिकार र गर्नुपर्ने कर्तव्य; नेपाली नागरिक हुने अवस्था, पद वा भाव।
48371 नेपाली भाषा ना. भारोपेली भाषापरिवारको 'शतम्' वर्गबाट संस्कृत, प्राकृत र अपभ्रंश हुँदै जन्मेको आधुनिक भारतीय आर्यभाषाको एक भेद; देवनागरी लिपिमा लेखिने नेपालको राष्ट्रभाषा; नेपालमा बस्ने विभिन्न भाषाभाषीहरूका बिच विचारविनिमय गर्ने माध्यम भाषा; बहुसङ्ख्यक नेपालीहरूको भाषा।
48372 नेपाली भाषा प्रकाशिनी समिति ना. सं. १९७० सालमा स्व. श्री ५ त्रिभुवन र तात्कालीन राणा प्रधानमन्त्री स्व. श्री ३ चन्द्रशमशेरको समयमा 'गोर्खा भाषा प्रकाशिनी समिति' का नामले स्थापित संस्था जो पछि ;नेपाली भाषा प्रकाशिनी समिति' (ने. भा. प्र. स.) का नामले प्रसिद्ध भयो र अन्त्यमा साझा प्रकाशन बन्न पुग्यो )।
48373 नेपाली ब्याचलर ना. खैरो रङको जिउ तर चुच्चो र छाती सेतो भएको, नेपालको डोटीदेखि ताप्लेजुङसम्ममा पाइने, गुँड लगाउँदा घाँस भएको रुख छान्ने र बर्सेनि त्यसैको वरिपरि नै बसिरहने रुपी जस्तै एक खालको चरो।
48374 नेपाले वि. १. नेपालको।
48375 नेपाले वि. २. नेपाल उपत्यकाको।
48376 नेपुल ना. १. जुत्तामा लगाइने फुलीको प्वाल पार्ने हाते साधन।
48377 नेपुल ना. २. मैन्टुल, स्टोभ आदि बाल्दा तेल फाल्ने सानो दुलो।
48378 नेपुल ना. ३. पम्पिङ सेट आदिमा पाइपलाई मेसिनसँग जोड्ने मध्यस्थ साधन।
48379 नेपे वि. नाक कोप्चिएको; थेप्चो नाक भएको।
48380 नेपो वि. नेप्टो; नेपे।
48381 नेप्टाइ ना. नेप्टो हुनाको भाव वा स्थिति; नेप्टोपना।
48382 नेप्टिनु अ.क्रि. नेप्टो वा चेप्टो हुनु; थेप्चिनु; चेप्टिनु।
48383 नेप्टे वि. नाक थेप्चिएको; चेप्टो नाक हुने; कारणवश नेप्टो भएर नाक विकृत भएको।
48384 नेप्टे नाक ना. नेप्टिएको नाक; थेप्चो नाक।
48385 नेप्टो वि. नाक नेप्टिएको; थेप्चो नाक हुने; नेपो।
48386 नेप्ट्याइ ना. नेप्टिने क्रिया वा प्रक्रिया।
48387 नेप्ट्याइनु क.क्रि. नेप्टो पारिनु।
48388 नेप्ट्याउनु प्रे. क्रि. नेप्टो पार्नु; थेप्च्याउनु।
48389 नेप्रिनु अ.क्रि. १. बाङ्गिनु; निर्देशित बाटोबाट बहकिएर मनलागी गर्नु; भनेको वा अह्राएको नमान्नु।
48390 नेप्रिनु अ.क्रि. २. नेप्रिएको हुनु; खुल्किनु।
48391 नेप्रे वि. नेप्रिएको (व्यक्ति)।
48392 नेप्रे काँजे ना. नेप्रियो भन्ने अर्थमा प्रयोग हुने शब्दावली।
48393 नेप्रो वि. १. अडबाङ्गो; भनेअह्राएको नमान्ने; जर्कट।
48394 नेप्रो वि. २. खुत्तिएको; खालो सरेको।
48395 नेप्य्राइ ना. १. नेप्रिने भाव, क्रिया वा प्रक्रिया। [नेप्य्राउ+आइ]
48396 नेप्य्राइ ना. २. नेप्य्राउने भाव, क्रिया वा प्रक्रिया।
48397 नेप्य्राइनु क.क्रि. नेप्रिने तुल्याइनु।
48398 नेप्य्राउनु प्रे.क्रि. नेप्रिने तुल्याउनु; नेप्रिने पार्नु।
48399 नेप्य्राहा वि. नेप्रिने खालको; नेपरिएको।
48400 नेप्य्राहट ना. नेप्रिने भाव, स्थिति वा क्रिया- प्रक्रिया।