Dictionary

All Word

48401 नेफा ना. सुरुवाल, पेटीकोट, पाइजामा आदिको कमरमा अल्झाउने फेरोमा इँजार हाल्न दोब्य्राएर सिइएको भाग; इँजारघर।
48402 नेबुला ना. १. नेपाली भुटिया र लाप्चेहरूको एक सङ्गठन (दार्जिलिङ)।
48403 नेबुला ना. २. त्यसै सङ्गठनबाट चलाइएको पत्रिका। [ अङ्.]
48404 नेबुला ना. ३. असङ्ख्य ताराहरूको समूह; स्वर्गङ्गा।
48405 नेमुनि ना. नेपालका प्राचीन वंशावलीमा उल्लेख भएका प्रसिद्ध मुनि। (यिनैको नामबाट 'नेपाल' नाम रहेको भन्ने किंवदन्ती छ)।
48406 नेर/नेरि ना. यो. १. नजिकै; समीप; निकट; निर। क्रि.वि.
48407 नेर/नेरि ना. यो. २. समीपमा।
48408 नेल ना. कैदीको गोडामा लगाइने एक किसिमको फलामे वस्तु।
48409 नेलकटर ना. नङ काट्ने साधन।
48410 नेवर ना. नारीले दुवै पाउमा शृङ्गारका लागि लगाउने चाँदीको झुम्कादार कल्ली; पाउजेब।
48411 नेवा ना. नेवार जाति।
48412 नेवार ना. नेपालको प्राय: सहरी क्षेत्रमा बसोबास गर्ने एक प्रसिद्ध जाति।
48413 नेवारी वि. १. नेवारसम्बन्धी; नेवारको। ना.
48414 नेवारी वि. २. नेवार जातिको भाषा।
48415 नेवारी ना. कुन्दका जस्ता पात र सानासाना सेता सुगन्धी फूल हुने एक जातको लहरो; त्यसकै फूल; नवमल्लिका।
48416 नेवारे वि. नेवार जातिसँग सम्बन्धित; नेवारी।
48417 नेवाली ना. नेवारी फूल; नवमल्लिका।
48418 नेहुर ना. हिमालमा पाइने जङ्गली भेडो; नाहुर।
48419 नै निपा. कुनै शब्दको सामुन्ने आई त्यसको अर्थमा विशेष जोड दिने शब्द (उदा.-राम होइन, तिमी नै खराब छौ )।
48420 नैकट्य ना. सामीप्य; निकटता।
48421 नैकाउन ना. नाइकेले पाउने दस्तुर; नाइकेले लिने भाग।
48422 नैकिनी ना. १. नाइकेकी पत्नी।
48423 नैकिनी ना. २. नायक नारी।
48424 नैकेलो ना. १. नाइकेले पाउने रकम वा भाग।
48425 नैकेलो ना. २. नाइकेले पाउने बिर्ता वा जागिर।
48426 नैगम वि. १. निगमसम्बन्धी; वेदसम्बन्धी। ना.
48427 नैगम वि. २. उपनिषद्।
48428 नैचा ना. तमाखु खाने हुक्काको घुँगुरिएको नली।
48429 नैतिक वि. राम्रो आचरणसम्बन्धी; नीतिसँग सम्बन्धित; नीतिको; नीतिसम्बन्धी।
48430 नैतिक तत्त्व ना. नैतिक गुण वा भावना।
48431 नैतिक पतन ना. परम्परागत धर्म-नियमको परिधिबाट बाहिर गएको अवस्था; नैतिक व्यवहारको उल्लङ्घन; चारित्रिक पतन।
48432 नैत्य वि. १. नित्यको; नित्य हुने; दिनहुँको। ना.
48433 नैत्य वि. २. नित्यकर्म।
48434 नैदानिक वि. १. निदान गर्ने। ना.
48435 नैदानिक वि. २. निदान निकाल्ने औषधीविशेषज्ञ (प्याथोलोजिष्ट, ब्याक्टेरोलोजिस्ट, रेडियोलजिस्ट इ.)।
48436 नैनसुत ना. एक जातको असल र मिहिन सेतो सुती कपडा।
48437 नैनी ना. १. नाऊ जातकी स्त्री।
48438 नैनी ना. २. नाऊकी पत्नी।
48439 नैनी ना. ३. हातगोडामा मेहँदी लगाइदिने स्त्री वा नङ काटिदिने स्त्री; नङिनी।
48440 नैनु ना. परेवाआँखे बुट्टा भएको एक जातको कपडा।
48441 नेपाल वि. १. नेपालको। ना.
48442 नेपाल वि. २. नेपाल देश।
48443 नैपालिक वि. १. नेपालको; नेपालमा तयार भएको। ना.
48444 नैपालिक वि. २. तामा धातु।
48445 नैपालिक वि. ३. राडी; पाखी।
48446 नैपुण्य ना. सिपालुपन; निपुणता; कुशलता; कौशल।
48447 नैमित्तिक वि. १. कुनै विशेष निमित्तसँग सम्बन्धित; प्रयोजनविशेषले गरिने ( काम, उत्सव आदि)।
48448 नैमित्तिक वि. २. आकस्मिक; अचानक घट्ने।
48449 नैयायिक ना. १. न्यायशास्त्रमा पारङ्गत; न्यायविद्याको विद्वान्; न्यायवेत्ता।
48450 नैयायिक ना. २. तर्कशास्त्रको विद्वान्; तार्किक व्यक्ति।