Dictionary

All Word

48551 नौसेना नौसैनिक ना. नौसेनाको सिपाही।
48552 न्यग्रोध ना. १. वरको रुख।
48553 न्यग्रोध ना. २. विष्णु।
48554 न्यग्रोध ना. ३. शिव।
48555 न्यग्रोध परिमण्डला ना. स्तन, नितम्ब, कम्मर आदि सबै शारीरिक लक्षण आकर्षक भएकी स्त्री।
48556 न्यस्त वि. १. सम्भार गरिएको; राखिएको।
48557 न्यस्त वि. २. मिल्किएको; फालिएको।
48558 न्यस्तदेह वि. मरेको।
48559 न्याउँ ना. १. बिरालो, न्याउलो, मजुर आदि कराउँदा सुनिने ध्वनि; म्याउँ।
48560 न्याउँ ना. २. बिरालो (बालबोलीमा); ङ्याउँ।
48561 न्याउ ना. माछा मार्ने ढुङ्गाको पासो; माछा मार्ने ढुङ्गे साधन।
48562 न्याउरी ना. सर्प र मुसा खोजीखोजी खाने एक जातको जङ्गली मुसो।
48563 न्याउरी मुसो ना. न्याउरी।
48564 न्याउरो ना. बिरालाको सानो छाउरो; बिरालाको नौमती-न्यायाधीश बच्चो।
48565 न्याउली ना. १. पहेँलो चुच्चो, निलो टाउको, हरियो पुच्छर र रातो भुँडी हुने एक जातको चरो।
48566 न्याउली ना. २. तीनवटा बाँसका वा यस्तै नलीबाट स्वर निस्किरहने, चौथो नलीमा बाँसुरीका जस्ता विभिन्न स्वरका प्वालहरू हुने र पाँचौँ नलीबाट फुकेर छाला आदिको खलाँतीजस्तो थैलीमा हावा भरी बजाइने एक किसिमको बाजा।
48567 न्याउलो ना. न्याउली चरो।
48568 न्याकन्याक ना. १. रिसाएको बेला पशुपक्षीले निकाल्ने आवाज; ङ्याकङ्याक।
48569 न्याकन्याक ना. २. असन्तोष।
48570 न्याकन्याक नुकनुक ना. १. पशुपक्षीबाट निस्कने एक प्रकारको आवाज; ङ्याकङ्याकङुकङुक।
48571 न्याकन्याक नुकनुक ना. २. कुनै काम अह्राउँदा आलटाल गर्ने बानी।
48572 न्याकन्याक नुकनुक ना. ३. असन्तोष।
48573 न्यातपोल ना. १७६५ सालमा राजा भूपतीन्द्र मल्लले बनाएको, भक्तपुर जिल्लाको टौमढी टोलमा अवस्थित नेपालको एक प्रसिद्ध पाँचतले देवल।
48574 न्यानु / न्यानो वि. १. जाडाको बेलामा गरम बनाउने (स्थल, कोठा आदि); आरामदायी। ना.
48575 न्यानु / न्यानो वि. २. ठिक्कको तातो भएर जाडामा शरीरले अनुभव गर्ने आनन्द।
48576 न्याय ना. १. सुहाउँदो वा उचित कुरो; मनासिब तथ्य; इन्साफ; निसाप; नियाँ।
48577 न्याय ना. २. मुद्दामामिलामा विभिन्न प्रमाण बुझी वादी वा प्रतिवादी कुनै एकका पक्षमा गरिएको निर्णय; फैसला।
48578 न्याय ना. ३. कुनै विषयबारे तर्कपूर्ण विवेचना गर्ने छ दर्शनमध्ये एक दर्शन।
48579 न्याय ना. ४. नीति।
48580 न्यायकर्ता वि. न्याय गर्ने; निसाफी।
48581 न्यायतः क्रि.वि. न्यायद्वारा।
48582 न्यायपरक वि. न्यायसम्बन्धी।
48583 न्यायपरायण वि. न्यायप्रेमी।
48584 न्यायपरायणता ना. न्यायप्रतिको प्रेम।
48585 न्यायपालिका ना. सरकारका तीन अङ्गमध्ये देशको कानुनलाई कार्यान्वित गर्ने तथा त्यसकै आधारमा जनताका हक र हितको सुरक्षाका साथै न्याय दिने दिलाउने संवैधानिक अङ्ग।
48586 न्यायप्रणाली ना. न्याय प्रदान गर्ने प्रबन्ध।
48587 न्यायप्रशासन ना. न्यायविभागको प्रशासन; न्यायसेवा।
48588 न्यायप्रिय वि. न्यायपरायण।
48589 न्यायप्रेमी वि. न्यायलाई मन पराउने।
48590 न्यायशील वि. न्याय गर्ने खालको।
48591 न्यायशुल्क ना. न्यायालयमा वादी वा प्रतिवादीले तिर्नुपर्ने शुल्क।
48592 न्यायसङ्गत वि. न्यायोचित; न्यायका दृष्टिले उचित।
48593 न्यायसभा ना. १. न्यायालय; अदालत।
48594 न्यायसभा ना. २. कुनै विषयको निर्णयका निम्ति बसेको सभा।
48595 न्यायसेवा अदालततर्फको सेवा; न्यायालयको जागिर।
48596 न्यायसेवा आयोग ना. न्यायसेवाको सरुवा, बढुवा, बहाली र खोसुवाको नियन्त्रण गर्ने आयोग।
48597 न्यायाधिकरण ना. निर्धारित अख्तियार लिएर कुनै विशेष मामिलाको बारेमा निर्णय गर्न नियुक्त व्यक्ति वा व्यक्तिहरूको इजलास (ट्रिब्युनल)।
48598 न्यायाधीश ना. अदालत वा न्यायालयको प्रमुख अधिकारी; अदालतमा परिआएका मुद्दामामिला वा विवादबारे यथार्थ निर्णय दिने वा टुङ्गो लगाइदिने व्यक्ति; श्रीमान्; न्यायकर्ता (जज)।
48599 न्यायालय ना. साधारण जनताले अन्याय परेको बखत न्यायनिसाफका लागि धाउने ठाउँ; न्यायाधीशले मुद्दामामिला हेरेर छानबिन गर्ने कार्यालय; अदालत।
48600 न्यायी वि. न्यायमा चल्ने; न्यायअनुसार आचरण गर्ने; निष्पक्ष व्यवहार गर्ने; न्यायप्रेमी।