Dictionary

All Word

48701 पक्की वि. ३. रङ नखुइलिने; रङ नजाने।
48702 पक्की वि. ४. बलियो; मजबुत।
48703 पक्की घर ना. खरको सट्टा ढुङ्गा, टिन आदिले छाइएको घर; सिमेन्टले जोडेको गारो भएको र छड एवं सिमेन्टले ढलान गरिएको छत भएको घर।
48704 पक्की टाँका ना. लुगा आदि सिउँदा बराबरको फरक पारी बलियो किसिमले मिलाएर दिइने टाँका।
48705 पक्की नापो ना. वैज्ञानिक साधनद्वारा लिइएको नापो।
48706 पक्की पुल ना. सिमेन्ट, छड आदिले ढलान गरेर बनाइएको टिकाउ साँघु।
48707 पक्की बाटो ना. रोडा आदि बिछ्याएर अलकत्राले बलियो टिकाउ पारिएको बाटो।
48708 पक्की बात ना. हिन्दीभाषी इलाकाका भारतीयहरूका अनुसार स्तरीय हिन्दी भाषामा गरिने बातचित।
48709 पक्की भाषा ना. हिन्दी।
48710 पक्की रङ ना. धुँदा नजाने वा नखुइलिने रङ।
48711 पक्की सडक ना. कालोपत्र (अलकत्रा) बिछ्‌याएर बलियो र टिकाउ पारिएको बाटो।
48712 पक्कु ना. पकुवा; कबाफ।
48713 पक्कै क्रि.वि. अवश्य नै; निश्चय नै; निस्से; निधै।
48714 पक्को वि. १. फिक्का नभएको; खेर नजाने।
48715 पक्को वि. २. समर्थ; दह्रो ।
48716 पक्को वि. ३. पक्का; पाको।
48717 पक्क्याइ ना. पक्क्याउने क्रिया वा प्रक्रिया।
48718 पक्क्याइनु क.क्रि. धमाधम खाइनु; पक्क्याउने काम गरिनु।
48719 पक्क्याइलो वि. पक्क्याउन लायक; पक्क्याउन योग्य।
48720 पक्क्याउनु स.क्रि. धमाधम खानु; पकापक खानु; गफल्क्याउनु।
48721 पक्क्याहट ना. पक्क्याउने क्रिया वा प्रक्रिया।
48722 पक्डनु स.क्रि. समाउनु; अँठ्याउनु; पक्रनु; पक्रिनु; पक्डिनु।
48723 पक्डा ना. पक्रा; पक्राइ; पकडा ।
48724 पक्डाइ ना. पक्डने क्रिया वा प्रक्रिया।
48725 पक्डाइनु क.क्रि. पक्राइनु।
48726 पक्डाउनु प्रे. क्रि. पक्राउनु।
48727 पक्डाहट ना. पक्राइ; पक्राहट।
48728 पक्डिनु स.क्रि. / क.क्रि. पक्रिनु।
48729 पक्दो वि. १. पुरानो तथा छिप्पिएको।
48730 पक्दो वि. २. दिन धेरै खाएको; पाको।
48731 पक्रनु स.क्रि. १. बलियो गरी हातले केही कुरो समात्नु; समाउनु; पक्डनु; पकड्नु।
48732 पक्रनु स.क्रि. २. लिनु; ग्रहण गर्नु।
48733 पक्रनु स.क्रि. ३. बुझ्नु; बुद्धिद्वारा ग्रहण गर्नु।
48734 पक्रनु स.क्रि. ४. अपराध आदिको सिलसिलामा अभियुक्तलाई खोजेर नियन्त्रणमा राख्नु।
48735 पक्रनु स.क्रि. ५. उम्कन नदिनु।
48736 पक्रनु स.क्रि. ६. साथ दिनु वा साथ नछोड्नु।
48737 पक्रा ना. १. प्रहरी आदिद्वारा गरिएको पक्राइ; पक्राउ।
48738 पक्रा ना. २. पक्राउपुर्जी।
48739 पक्राइ ना. पक्रने क्रिया वा प्रक्रिया; पक्राउ।
48740 पक्राइनु क.क्रि. पक्रने पारिनु; पक्रन लाइनु।
48741 पक्राउ ना. पक्रा।
48742 पक्राउ पुर्जी ना. अभियुक्तलाई पक्रिने बेलामा दिइने पुर्जी; वारेन्ट; पक्रा।
48743 पक्राउनु प्रे. क्रि. पक्रने पार्नु; पक्रन लाउनु।
48744 पक्राहट ना. पक्राइ।
48745 पक्रिनु स.क्रि. १. पक्रनु। क.क्रि.
48746 पक्रिनु स.क्रि. २. पक्रामा पर्नु; पक्रा पर्नु।
48747 पक्लक्क क्रि.वि. १. पाप्रो, बोक्रो, माटामा गाडिएको ढुङ्गो आदि उप्कने किसिमले।
48748 पक्लक्क क्रि.वि. २. रुख, बिरुवा आदि जरैदेखि उखेलिने किसिमले।
48749 पक्लक्क क्रि.वि. ३. एकाएक मर्ने गरी; भुतुक्क।
48750 पक्व वि. १. पाकेको; परिपक्व। २ पकाइएको; पाक गरिएको।