Dictionary

All Word

48601 न्यायोचित वि. न्यायसुहाउँदो; न्यायअनुसारको; न्यायबमोजिम ठिक भएको।
48602 न्यास ना. १. राख्ने काम; स्थापना।
48603 न्यास ना. २. धरौट; निक्षेप।
48604 न्यास ना. ३. सुरक्षित गरी राखिदिनुपर्ने अर्काको माल; नासो।
48605 न्यास ना. ४. तान्त्रिक पद्धतिका अनुसार देवताका विभिन्न अङ्ग सम्झेर मन्त्र पढ्दै आफ्ना शिर, काँध आदि अङ्ग छुने काम।
48606 न्यास ना. ५. गायनको समाप्तिमा प्रयुक्त हुने स्वर।
48607 न्यास ना. ६. छोड्ने काम; त्याग।
48608 न्यासधारी वि. धरौटी राख्ने; नासो राख्न दिने।
48609 न्यासध्यान ना. पूजा आदि धार्मिक अनुष्ठानमा कर्ताबाट गरिने न्यास क्रिया र देवताको ध्यान।
48610 न्यासी ना. १. सन्न्यासी; जोगी। वि.
48611 न्यासी ना. २. त्याग गर्ने; त्यागी।
48612 न्यासे वि. लोतोपोतो वा नखरा पार्ने; चिप्लो घस्ने; ठिक्क पारेर लहसिन खोज्ने।
48613 न्यास्रिनु अ.क्रि. एक्लो भई खल्लो अनुभव हुनु; न्यास्रो लाग्नु; नियाँस्रो मान्नु।
48614 न्यास्रो ना. १. आफ्नो हितचिन्तक व्यक्ति वा कुनै आत्मीयको बिछोडबाट हुने उराठलाग्दो स्थिति; शून्यलाग्दो अवस्था।
48615 न्यास्रो ना. २. कुनै साथी नहुँदा हुने खिन्नता।
48616 न्याहुर ना. कस्तूरी मृगको जस्तो भुत्ला हुने, भुकुल्ले खालको एक थरी हिउँभेडो।
48617 न्याहुले ना. देउडा जस्तै एक नेपाली लोकगीत।
48618 न्यून वि. १. थोरै; कम; नपुग।
48619 न्यून वि. २. क्षुद्र; नीच।
48620 न्यूनतम वि. सबभन्दा थोरै परिमाणको; अपेक्षाकृत कम नापोको; सबभन्दा सानो।
48621 न्यूनता ना. कमी; नपुग्दो; हीनता।
48622 न्यूनाधिक वि. कमबेसी; धेरथोर; थोरबहुत।
48623 न्यूनाधिक्य ना. घटीबढी भएको स्थिति।
48624 न्यौको ना. हे. नेउको।
48625 न्वागी ना. हे. नुवागी।
48626 न्वाइन्वाइ ना. नुहाउने काम; स्नान; हरहर।
48627 न्वारन / न्वारान ना. १. बालक जन्मेको तीनदेखि एघारौँ दिनसम्ममा बिजोडी दिन पारी राशिअनुसार बालकको नाम राख्न गरिने संस्कार।
48628 न्वारन / न्वारान ना. २. द्विजातिका षोडश संस्कारमध्ये एक संस्कार।
48629 देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये एक्काइसौँ व्यञ्जन; ओष्ठ्य, स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जन ध्वनि; पवर्गको पहिलो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; पकार; पाटी प।
48630 पँजाइ ना. पाँज्ने क्रिया वा प्रक्रिया।
48631 पँज्याइ ना. पँज्याउने क्रिया-प्रक्रिया।
48632 पँज्याइनु क.क्रि. पँज्याउने पारिनु; पँज्याउन लाइनु; पँजाइनु।
48633 पँज्याइलो वि. पाँजिएको वा पँज्याइएको; पाँजिलो।
48634 पँज्याउनु स.क्रि. / प्रे. क्रि. १. धान, कोदो आदिको बिउ उखेलेर वा नल काटेर साना-साना थुप्रा पार्नु; पाँजा बनाउनु।
48635 पँज्याउनु स.क्रि. / प्रे. क्रि. २. पाँजा बनाउन लगाउनु वा पाँजिने पार्नु।
48636 पँदाइ ना. पँजाइ।
48637 पँदाइनु क.क्रि. पँजाइनु।
48638 पँदाउनु स.क्रि. / प्रे. क्रि. पँज्याउनु।
48639 पँधालो ना. १. पानी थाप्नाका निम्ति खोलेको बाँस तेर्स्याएर त्यसमाथि पानीढलो पारी चित्रो राखेर बनाइएको एक प्रकारको छाप्रो।
48640 पँधालो ना. २. कुलो वा धाराको पानी ल्याउनाका निम्ति बनाइएको भूमिगत काठ आदिको डुँड ।
48641 पँधेरी ना. पँधेरो वा पनेरो (लोकगीत, गीत वा कवितामा पाइने प्रयोग)।
48642 पँधेरो ना. १. खाने पानी लिन जाने कुवा आदि सार्वजनिक ठाउँ; पानीघाट; जलाशय; पनेरो।
48643 पँधेरो ना. २. धान, सागसब्जी आदिमा लागी तिनलाई बिगार्ने एक प्रकारको दुर्गन्धित किरो।
48644 पँधेर्नी ना. पानी भर्न पँधेरामा जाने स्त्री।
48645 पउन ना. १. सनई, मुरली आदि बजाउँदा रोकिने वा फेरिने सास।
48646 पउन ना. २. सास; श्वास; प्राणवायु।
48647 पउल वि. १. चाहिएभन्दा धेरै; प्रशस्त; पर्याप्त; मनग्गे; पौल। ना.
48648 पउल वि. २. प्रशस्तता; पर्याप्तता; छेलोखेलो; पौलो।
48649 पकड ना. १. पक्डने क्रिया वा प्रक्रिया; पक्राउ; समाताइ।
48650 पकड ना. २. हठ; जिद्दी।