Dictionary

All Word

48751 पक्व वि. ३. कुनै विषयको विशेष अनुभवी; भुक्तभोगी।
48752 पक्व वि. ४. पक्का; दृढ; निश्चित।।
48753 पक्व वि. ५. पूर्ण रूपले विकसित; पुष्ट।
48754 पक्व वि. ६. फुलेको वा रौँ कालोबाट सेतो भएको। ना.
48755 पक्व वि. ७. पकाइएको खानेकुरो; पक्वान्न।
48756 पक्वता ना. पक्क हुनाको भाव वा अवस्था; पाको अवस्था; पाकोपन।
48757 पक्वान्न ना. १. पकाइएको अन्न; पकाइएको खानेकुरो।
48758 पक्वान्न ना. २. आगामा पकाइएको खानेकुरो (भात, रोटी आदि)।
48759 पक्वाशय ना. खाएको कुरो पेटमा गएर पाक्ने थैलो; पाकस्थली; पाकाशय; आँत।
48760 पक्ष ना. १. उड्ने जीवजन्तुहरूको शरीरका दुवैपट्टि रहेका, उड्न मद्दत गर्ने प्रायः भुत्लावाल अङ्ग; पखेटा।
48761 पक्ष ना. २. ढोकाका फग्लेँटा वा खापा; द्वार।
48762 पक्ष ना. ३. कुनै वस्तुका दायाँ-बायाँ रहने अवयव; पार्श्व।
48763 पक्ष ना. ४. कुनै वस्तुको आधा भाग।
48764 पक्ष ना. ५. प्रतिपदादेखि औँसी वा पूर्णिमासम्मका पन्ध्र दिन; चान्द्रमासको आधा महिना।
48765 पक्ष ना. ६. कुनै विषयका अनेक तत्त्व वा दल।
48766 पक्ष ना. ७. झगडा वा विवाद गर्नेहरूमध्ये कुनै एक व्यक्ति वा दल।
48767 पक्ष ना. ८. सहायक वा समान वर्गको जमात।
48768 पक्ष ना. ९. बाणका फेदमा लागेको प्वाँख। १०. नदीको किनारा; तट।
48769 पक्ष ना. ११. जमिनको भिरालो भाग; पाखो।
48770 पक्ष ना. १२. छानाका दुई भिराला पाटा। ना. यो.
48771 पक्ष ना. १३. तिर; तर्फ; पट्टि।
48772 पक्षग्रहण ना. १. कुनै विषयका अनेक पक्षमध्ये एक पक्षतिर लाग्ने काम; पक्षपात।
48773 पक्षग्रहण ना. २. एकै महिनाका शुक्ल र कृष्ण दुवै पक्षमा लागेको ग्रहण।
48774 पक्षद्वार ना. मूलढोकादेखि बाहेकको अर्को ढोका; जस्केलो; पार्श्वद्वार।
48775 पक्षधर ना. विभिन्न पक्षमध्ये एक पक्षतिर लाग्ने व्यक्ति; पक्षपाती।
48776 पक्षपात ना. औचित्य वा न्यायको विवेक नगरी कुनै एक पक्षमा मात्र लाग्ने प्रवृत्ति; एक पक्षको समर्थन; तरफदारी; पनपच्छे।
48777 पक्षपालिता ना. पक्षपातको प्रवृत्ति वा अवस्था; तरफदारी; पक्षग्रहण।
48778 पक्षपाती वि. पनपच्छेमा लाग्ने; पक्षपात गर्ने; तरफदारी।
48779 पक्षपोषण वि. १. कुनै पक्षको समर्थन; तरफदारी। ना.
48780 पक्षपोषण वि. २. विवादमा आफ्ना पक्षका कुराको पुष्टि गर्ने काम।
48781 पक्षवात ना. शरीरको दायाँ वा बायाँ आधा अङ्ग नचल्ने वा निश्चेष्ट हुने एक रोग; लकुवा; पक्षाघात।
48782 पक्षाघात ना. शरीरको दायाँ वा बायाँ अङ्ग चेतनहीन हुने एक किसिमको वातरोग; वायुविकार वा रक्तचापको कारणबाट शरीरको दायाँ वा बायाँ भाग निश्चेष्ट हुने क्रिया; पक्षवात।
48783 पक्षान्तर ना. १. अर्को पक्ष; दोस्रो पक्ष; भिन्न पक्ष; अलग पक्ष।
48784 पक्षान्तर ना. २. पक्षमा आएको वा आउने परिवर्तन।
48785 पक्षाभास ना. हेत्वाभासयुक्त तर्क; सिद्धान्तको आभास हुने क्रिया।
48786 पक्षिणी ना. १. दुई दिनका बिचको रात।
48787 पक्षिणी ना. २. पूर्णिमा।
48788 पक्षिणी ना. ३. पोथी चरो; चरी।
48789 पक्षी ना. १. आकाशमा उड्ने, पखेटा भएको प्राणी; चरो; पङ्खी।
48790 पक्षी ना. २. पक्ष लिने व्यक्ति; तरफदार। वि.
48791 पक्षी ना. ३. पक्षसम्बन्धी; पक्षको।
48792 पक्षी ना. ४. पखेटा हुने।
48793 पक्षीराज ना. विष्णुको वाहन मानिएको एक पक्षी; गरुड।
48794 पक्षीविज्ञान ना. पक्षीका हरेक पक्ष वा विषयको विवेचना वा विश्लेषण गरिएको शास्त्र; पक्षीशास्त्र।
48795 पक्षीशाला ना. चिडियाखाना।
48796 पक्षीशास्त्र ना. पक्षीविज्ञान।
48797 पक्षीसिंह ना. चिलको टाउको र सिंहको शरीर भएको कल्पित पशु।
48798 पक्षीय वि. १. पक्षसम्बन्धी; पक्षको। ना.
48799 पक्षीय वि. २. कुनै शब्दका पछाडि रहेर कुनै पक्षतर्फ लागेको भन्ने बुझाउने शब्द (उग्रपक्षीय, मध्यमपक्षीय इ.)।
48800 पक्ष्म ना. १. आँखाका परेला।