Dictionary

All Word

48651 पकड ना. ३. सङ्गीतमा रागको स्वरूप प्रदर्शित गर्ने केही मुख्य स्वरको समुदाय; स्वरलहरी।
48652 पकडा ना. पक्रा; पक्राइ।
48653 पकडाइ ना. पक्डने काम वा ढाँचा; पकड।
48654 पकडाइनु क.क्रि. पक्राइनु।
48655 पकडाउ ना. १. कुनै वस्तु हातले अँठ्‌याउने काम; पक्डने काम; समात्ने क्रिया।
48656 पकडाउ ना. २. कुनै अपराधीलाई पुलिस वा सुरक्षकले गिरफ्तार गर्ने काम; पक्राउ; गिरफ्तारी।
48657 पकडाउनु प्रे. क्रि. पक्राउनु।
48658 पकपक क्रि.वि. १. भोक, प्यास, कष्ट हुँदा मुख बाउने किसिमले; प्याकप्याक।
48659 पकपक क्रि.वि. २. कुनै काम धमाधमसँग गर्ने गरी; खुरुखुरु।
48660 पकपक क्रि.वि. ३. लगातार उखेलिने, मर्ने वा ढल्ने गरी।
48661 पकपक क्रि.वि. ४. पाप्रो, बोक्रो आदि खुरुखुरु उप्कने गरी। ना.
48662 पकपक क्रि.वि. ५. पकपक हुने स्थिति, क्रिया-प्रक्रिया।
48663 पकपकती / पकपकी क्रि.वि. अझै पकपक हुने गरी।
48664 पकला ना. गोबर सुकेर बनेको साह्रो डल्लो; बनगुइँठो।
48665 पकवान ना. गतिलो मिठो भोजन; मिष्टान्न।
48666 पकाइ ना. १. पाक्ने क्रिया वा प्रक्रिया। [पकाउ+आइ]
48667 पकाइ ना. २. पकाउने क्रिया-प्रक्रिया।
48668 पकाइनु क.क्रि. १. पाक्ने पारिनु; परिपक्व पारिनु।
48669 पकाउनु स.क्रि. / प्रे. क्रि. १. अन्न आदिलाई पानीका साथमा भाँडामा राखेर आगाका आँचमा गलाउनु; खान लायक बनाउनु; परिपक्व पार्नु।
48670 पकाउनु स.क्रि. / प्रे. क्रि. २. आलु, तरुल आदिलाई आगाका कोइला वा भुतभुतेमा घुसारेर गलाउनु।
48671 पकाउनु स.क्रि. / प्रे. क्रि. ३. फलफूल आदिलाई खान योग्य तुल्याउनु; पाक्ने पार्नु।
48672 पकाउनु स.क्रि. / प्रे. क्रि. ४. खटिरा, फोका आदिलाई उपचारद्वारा पिपभरिने पार्नु।
48673 पकाउनु स.क्रि. / प्रे. क्रि. ५. नोकरी वा कुनै किसिमको कामद्वारा पारिश्रमिक वा ज्याला आर्जन गर्नु।
48674 पकाउनु स.क्रि. / प्रे. क्रि. ६. आलाकाँचा व्यक्तिलाई शिक्षा, उपदेश आदिद्वारा प्रबुद्ध वा पाको गराउनु।
48675 पकापक क्रि.वि. १. एकपछि अर्को पक्कु वा गाँस हालेर; कपाकप; खपाखप।
48676 पकापक क्रि.वि. २. केही कुरो गर्दा एकछिन पनि नरोकिईकन; धमाधम।
48677 पकापक क्रि.वि. ३. लगातार एकपछि अर्को ढल्ने वा मर्ने गरी।
48678 पकापक क्रि.वि. ४. लगातार पाप्रो, बोक्रो आदि उप्कने किसिमले।
48679 पकापकी क्रि.वि. पकापक।
48680 पकार ना. 'प' अक्षर; पवर्गको पहिलो वर्ण; पाटी प।
48681 पकुवा वि. १. पाकेको; पकाएको (मासु आदि खाद्य पदार्थ)।
48682 पकुवा वि. २. पाक्ने किसिमको (लुतो, मासु आदि )। ना.
48683 पकुवा वि. ३. विशेष प्रकारले पकाएको मासु आदिको प्रकार; पक्कु; कवाफ।
48684 पकुवान ना. पक्वान्न; पकवान।
48685 पकौडी ना. बेसन (चना, मास, फापर आदिको पिठो)पानीमा मुछेर साग, आलु, प्याज आदि लटपट्याएर घिउ वा तेलमा फुराएर पकाएको वस्तु; फुरौलाको एक प्रकार।
48686 पक्क क्रि.वि. १. हेर्दा आश्चर्यचकित भएर वा अज्ञानतावश टोलाएर; जिल्ल।
48687 पक्क क्रि.वि. २. पाप्रो, बोक्रो, भुईंमा दबिएको ढुङ्गो आदि सजिलैसित उक्कने किसिमले; पक्लक्क।
48688 पक्क क्रि.वि. ३. मुख बाउने गरी।
48689 पक्क क्रि.वि. ४. बोल्दा सोचविचारै नगरीकन।
48690 पक्क क्रि.वि. ५. एकाएक मर्ने वा ढल्ने गरी।
48691 पक्क क्रि.वि. ६. डल्ला आदिले बिस्तारै हिर्काउने किसिमले; प्वाक्क।
48692 पक्क क्रि.वि. ७. खाद्य पदार्थ हलुका तवरले मुखमा हालेर क्वाप्प; ख्वाप्प।
48693 पक्कण ना. जङ्गली वा चाण्डाल जातिको घर वा गाउँ; पख्यान।
48694 पक्का ना. १. कुनै काम वा विषयप्रति गरिएको वा भएको सङ्कल्प; निधो; अठोट; निश्चय। वि.
48695 पक्का ना. २. पाकेको; पाको।
48696 पक्का ना. ३. होसियार; सिपालु।
48697 पक्का ना. ४. बलियो; मजबुत (घर इत्यादि)।
48698 पक्की ना. कुनै काम वा विषयबारे गरिएको वा भएको खसोखास निधो; पूरै आधारयुक्त निर्णय।
48699 पक्की वि. १. पाको; अनुभवी।
48700 पक्की वि. २. स्थायित्व प्राप्त गरेको; स्थायी; नियत।