Dictionary

All Word

48801 पक्ष्म ना. २. फूलको केसर।
48802 पक्ष्म ना. ३. पखेटा।
48803 पक्ष्म ना. ४. प्वाँख।
48804 पक्ष्म ना. ५. भुत्ला।
48805 पक्ष्मयूका ना. चमजम्रो।
48806 पक्ष्मल वि. लामा र राम्रा परेला भएको; झमझमपरेले।
48807 पक्ष्य वि. १. कुनै एक पक्षमा लागेको; तरफदार; पक्षी।
48808 पक्ष्य वि. २. कुनै एक पक्षको।
48809 पख् वि.बो. कसैलाई तर्साएर वा दागा धरेर भनिने शब्द; पखेस्। (उदा.- पख तँलाई नचुटी कहाँ छाड्छु!)
48810 पख्नु अ. क्रि. पर्खनु; कुर्नु।
48811 पख क्रि.वि. १. पक्षमा; याममा; ताक। ना.
48812 पख क्रि.वि. २. दिनभित्रको कुनै समय बुझाउने र शब्दका पछाडि गाँसिएर त्यसका आसपासमा भन्ने बुझाउने शब्द (बिहानीपख, साँझपख आदि)।
48813 पख क्रि.वि. ३. समय; बेला।
48814 पख क्रि.वि. ४. पक्ष।
48815 पखबाज/पखाबाज ना. सानो मृदङ्गजस्तो बाजा; पखाबाज।
48816 पखबाजी ना. पखबाज बजाउने कलाकार।
48817 पखाल्नु स.क्रि. १. फोहोर मैला आदिलाई पानीले सफा गर्नु; धुनु वा खकाल्नु।
48818 पखाल्नु स.क्रि. २. कसैका कुरा काट्नु; बदनाम गर्नु।
48819 पखाल्नु स.क्रि. ३. अवशेष मेटाउनु; बिउसमेत नरहने गरी सखाप पार्नु।
48820 पखालपुखुल ना. १. पखाल्ने र खकाल्ने काम; धुने वा सफा गर्ने काम।
48821 पखालपुखुल ना. २. दहीमा पानी हालेर बनाइएको महीजस्तो पातलो वस्तु; पखाले; दहीमहीको अवशेष।
48822 पखाला ना. १. ज्यादै पातलो दिसा।
48823 पखाला ना. २. त्यस्तो दिसा लाग्ने रोग; डायरिया।
48824 पखालाइ ना. पखाल्ने क्रिया वा प्रक्रिया; प्रक्षालन।
48825 पखालिनु क.क्रि. पखाल्ने काम गरिनु; खकालिनु।
48826 पखाले ना. दहीमा पानी हालेर पातलो पारिएको पेय; विनामसलाको राइता।
48827 पखिनी ना. १. असभ्य (स्त्री); पखेनी।
48828 पखिनी ना. २. पाखापर्वतमा रहने स्त्री; पाखेकी स्वास्नी।
48829 पखुवा वि. १. पाखासँग सम्बन्धित; पाखामा पाइने वा रहेको। ना.
48830 पखुवा वि. २. भोजपुर जिल्लाअन्तर्गत तीनतले भन्ने ठाउँको नजिकमा रहेको एक तीर्थस्थल।
48831 पखेटा ना. १. चराचुरुङ्गीका शरीरको दायाँ र बायाँ रहने, उड्दा फिँजिने र साधारण अवस्थामा जिउमै लेप्सिने, विशेष प्रकारको अङ्ग; पक्षीको उड्ने काममा सहायक अङ्ग।
48832 पखेटा ना. २. पार्श्व।
48833 पखेटा ना. ३. दुईपाखे छानु भएको घरका छानाको कुनै एक पाखो।
48834 पखेटा ना. ४. पहाडका दुईतिरका पाखामध्ये कुनै एक पाखो।
48835 पखेटा लाग्नु टु. १. हराउनु।
48836 पखेटा लाग्नु टु. २. उड्न सक्ने हुनु; सक्षम हुनु।
48837 पखेटो ना. १. चराका दुई पखेटामध्येको एक।
48838 पखेटो ना. २. भिरालो परेको जमिन; पखेरो।
48839 पखेनी वि. हे. पाखिनी।
48840 पखेरा ना. पखेरो।
48841 पखेरा पखेरी ना. सानाठुला पाखाहरूको समूह।
48842 पखेरी ना. १. भिरालो परेको सानो खालको पखेरो।
48843 पखेरी ना. २. पखेरो (गीत, लोकगीत, कविता आदिमा प्रयुक्त)।
48844 पखेरु ना. १. चरो; पक्षी।
48845 पखेरु ना. २. आत्मा।
48846 पखेरु ना. ३. प्राण; हंस।
48847 पखेरो ना. भिरालो परेको पहाडी जमिन; पाखो।
48848 पखेस् वि.बो. कसैलाई दागा धरेर भनिने शब्द; लाखेस्। (उदा.- पखेस्, भोलि त तेरो जात्रा नदेखाई छाड्दिनँ )।
48849 पख्यान ना. १. पाखेहरूको बस्ती; पाखे गाउँ।
48850 पख्यान ना. २. पाखो; पखेरो।