Dictionary

All Word

48951 पङ्गु वि. ३. विनाकामको (व्यक्ति)।
48952 पङ्गुता/त्व ना. पङ्गु गराउने वा हुने भाव वा अवस्था।
48953 पच्नु अ.क्रि. १. खाएको कुराले शरीरमा बिगार नगरी तागत आदि दिएर अनावश्यक भाग मलमूत्रका रूपमा परिणत भई मलद्वार वा मूत्राशय आदिबाट जान लायक हुनु; हजम हुनु।
48954 पच्नु अ.क्रि. २. लिएको वस्तु फर्काउन नपर्ने हुनु; पच हुनु।
48955 पच्नु अ.क्रि. ३. कुनै वस्तु अर्का वस्तुमा गाभिएर समाप्त हुनु; लीन हुनु।
48956 पच१ ना. १. पच्ने काम; पाचन।
48957 पच१ ना. २. अर्कासँग लिएको धनमाल फिर्ता नगरी आफैँले उपभोग गर्ने नियतले गरिने अधिकरण; लिएको लियै पार्ने काम।
48958 पच२ वि. पाँच (पचभैया, पचहत्तर, पचासी आदि शब्दको आरम्भमा प्रयुक्त)।
48959 पच३ वि.बो. नारिएका गोरुलाई पछाडि सार्न वा फर्काउनका निम्ति हलीले भन्ने शब्द (जस्तै- होरी पच)।
48960 पचका ना. १. पानी आदि पन्यालो पदार्थ भरेर टाढासम्म पुग्ने गरी छर्कने ढुङ्ग्राका आकारको बाँस, फलाम, पित्तल आदिको साधन; पिचकारी।
48961 पचका ना. २. स्प्रे गर्ने मेसिनको तरल पदार्थ फाल्ने टुँडोदार अवयव; पच्का।
48962 पचका ना. ३. पम्प सेटको डेलिभरी पाइपको टुप्पाको निपल; सो निपलसहितको डेलिभरी पाइप।
48963 पचक्क क्रि.वि. १. कमसल धातु आदिको भाँडालाई दाब्दा आउने झैँ शब्द निस्कने गरी।
48964 पचक्क क्रि.वि. २. रसिलो पदार्थ किचिँदा वा दाबिँदा झैँ शब्द आउने किसिमले।
48965 पचन ना. १. पकाउने काम।
48966 पचन ना. २. पकाउने साधन। ३ पकाउने व्यक्ति।
48967 पचन ना. ४. अग्नि; आगो।
48968 पचनागार ना. भान्साघर।
48969 पचनी ना. पचाउने काम; पच; हजम; दमपच।
48970 पचनीय वि. १. पचाउन लायक; पकाउन सकिने खालको।
48971 पचनीय वि. २. पचाउन योग्य।
48972 पचपच क्रि.वि. १. रुघा, खोकी आदिका कारणले गर्दा मुख नमिठो भई थुक वा थुकथुकी निकालिरहेर।
48973 पचपच क्रि.वि. २. जे पायो त्यही शब्द मुखबाट निकालेर।
48974 पचपचती क्रि.वि. १. अझै पचपच हुने गरी। ना.
48975 पचपचती क्रि.वि. २. त्यसरी थुक्ताको आवाज।
48976 पचपचती क्रि.वि. ३. त्यस्तो बोलाइ वा किरिया।
48977 पचपचाइ ना. पचपच गर्ने क्रिया वा प्रक्रिया; पचपचाहट।
48978 पचपचाइनु अ.क्रि. पचपचाउँदो होइनु।
48979 पचपचाउँदो वि. १. पचपचाएको; नमिठो स्वादको।
48980 पचपचाउँदो वि. २. पानी, पिप (घाउ, खटिरा आदिबाट ) बगिरहने खालको।
48981 पचपचाउँदो वि. ३. फतफते।
48982 पचपचाउनु अ.क्रि. १. मुखमा खल्लोपनको अनुभव हुनु; मुखको स्वाद बिग्रनु।
48983 पचपचाउनु अ.क्रि. २. पानी, पिप आदि बगिरहने हुनु।
48984 पचपचाउनु अ.क्रि. ३. जे पायो त्यही बोल्नु।
48985 पचपचाहट ना. पचपचाउने भाव, स्थिति वा क्रिया- प्रक्रिया।
48986 पचपचाहा वि. पचपचाउने खालको; पानी, पिप आदि (घाउ, खटिराबाट) बगिरहने।
48987 पचपची क्रि.वि. पचपचती।
48988 पचपन्न ना. १. पचास र पाँचको योगबाट बन्ने सङ्ख्या; चवन्नपछि र छपन्नअघि आउने सङ्ख्या; ५५ को सङ्ख्या। वि.
48989 पचपन्न ना. २. गणनाका क्रमले चवन्नभन्दा पछि आउने सङ्ख्यामा पर्ने; सो सङ्ख्याका क्रममा आउने।
48990 पचपन्नौँ वि. गणनाका क्रमले पचपन्न सङ्ख्यामा परेको; पचपन्न सङ्ख्याका क्रमको।
48991 पचभैया ना. १. एकसाथ हिँड्छन् भनी लोकले विश्वास गरेको पाँचवटा भूतहरूको समुदाय।
48992 पचभैया ना. २. सुदूरपश्चिमी नेपालतिर पूजा गरिने पाँच आत्माहरूको संयुक्त स्वरूप।
48993 पचमेल ना. पाँच थोक मिसाएर बनाइएको मिठाई वा मसला।
48994 पचरङ्गी वि. १. पाँच प्रकारका रङ वा बुट्टा मिलेको (वस्तु); पञ्चरङ्ग; पञ्चरङ्गी।
48995 पचरङ्गी वि. २. रङबिरङको; बहुरङ्गी।
48996 पचहत्तर ना. १. सत्तरी र पाँचका योगबाट बन्ने सङ्ख्या; चौहत्तरपछि र छयहत्तरअघि आउने सङ्ख्या; ७५ को अङ्क। वि.
48997 पचहत्तर ना. २. गणना गर्दा सत्तरीभन्दा पाँच बेसी हुने; चौहत्तरपछिका सङ्ख्याको।
48998 पचहत्तरौँ वि. गणनाका क्रमले पचहत्तर सङ्ख्यामा पर्ने; पचहत्तर सङ्ख्याका क्रमको।
48999 पचाइ ना. पच्ने भाव, क्रिया वा प्रक्रिया।
49000 पचाइनु क.क्रि. पचाउने काम गरिनु; हजम पारिनु।