Dictionary

All Word

49051 पच्छिमा वि. २. पच्छिम दिशातिर रहने; पश्चिमी प्रदेशको।
49052 पच्छिमा वि. ३. काठमाडौँदेखि पश्चिमतिरको। ना.
49053 पच्छिमा वि. ४. नेपाली बाहुनहरूको गढकुमाउँबाट आएको वा आदिथलो डोटी भएको एक शाखा।
49054 पच्छिमे वि. पच्छिमको (उपेक्षार्थमा)।
49055 पच्छिमेली वि. पच्छिमको; पाश्चात्य।
49056 पच्छे ना. १. कृष्णपक्ष वा शुक्लपक्ष।
49057 पच्छे ना. २. पक्षपात; तरफदारी; पनपच्छे; पनपक्ष।
49058 पच्छेपात ना. पक्षपात।
49059 पच्छेपाती वि. पक्षपाती।
49060 पच्याङ ना. होचाअग्ला ढुङ्गाहरू भएको असजिलो बाटो; राम्ररी बनेको उबडखाबड परेको बाटो।
49061 पछबार ना. १. नाउलाई यताउता घुमाउन नाउका पछिल्तिर लगाइने साधन; पतवार।
49062 पछबार ना. २. पछुवा।
49063 पछाइ ना. १. पछाउने क्रिया वा प्रक्रिया। [√ पाछ् (+आइ)]
49064 पछाइ ना. २. पाछ्ने क्रिया वा प्रक्रिया।
49065 पछाइनु अ.क्रि. १. पछि होइनु; पछाडि परिनु।
49066 पछाइनु अ.क्रि. २. पाछ्न लाइनु।
49067 पछाउनु अ.क्रि. १. पछि हुनु; पछाडि पर्नु।
49068 पछाउनु अ.क्रि. २. ढिलो हुनु; विलम्ब हुनु।
49069 पछाउनु अ.क्रि. ३. पछि लाग्नु; पछेटा लाग्नु।
49070 पछाउनु अ.क्रि. ४. बालीनाली पाक्न पछि हुनु। प्रे. क्रि. [सं. प्रवेश+आउ+नु]
49071 पछाउनु अ.क्रि. ५. पाछ्न लगाउनु; खोपाउनु; माईको टीका दिन लाउनु।
49072 पछाड ना. १. शरीरको पछिल्लो अवयव।
49073 पछाड ना. २. हात्ती, घोडा, गाई आदिका पछाडिका खुट्टा बाँध्ने डोरी।
49074 पछाडि ना. यो. १. पछिल्तिर; पछि; पश्चात् (उदा.- राम- पछाडि श्याम छ)। क्रि.वि.
49075 पछाडि ना. यो. २. पछि (उदा.- म अगाडि थिएँ ऊ पछाडि थियो। ना.
49076 पछाडि ना. यो. ३. पछाड।
49077 पछाडि ना. यो. ४. जुत्ताको खुरातिर पर्ने कुर्कुच्चानेरको भाग।
49078 पछाडिनु अ.क्रि. १. पछाडि पर्नु; पछि हुनु।
49079 पछाडिनु अ.क्रि. २. लड्नु; पछाड खानु।
49080 पछार्नु स.क्रि. १. भुईँमा लडाउनु; गिराउनु; लोटाउनु; ढाल्नु।
49081 पछार्नु स.क्रि. २. साबुन, सोडा आदि नलगाईकन पानीमा मात्र लुगा आदि धुनु; मल फाल्न लुगा आदिलाई भिजाएर ढुङ्गा, काठ, सिमेन्टको ढलान आदिमा बजार्नु।
49082 पछार्नु स.क्रि. ३. जित्नु; पराजित गर्नु।
49083 पछार ना. १. पछार्ने काम; लडाउने काम।
49084 पछार ना. २. सफा गर्नका निम्ति लुगाफाटो ढुङ्गामा बजार्ने काम।
49085 पछारपुछुर ना. राम्ररी पछार्ने काम (लुगा)।
49086 पछाराइ ना. १. पछार्ने क्रिया वा प्रक्रिया।
49087 पछाराइ ना. २. पछारिने क्रिया वा प्रक्रिया।
49088 पछारिनु अ.क्रि. १. भुईँमा लड्नु; लोट्नु। क.क्रि.
49089 पछारिनु अ.क्रि. २. भुईँमा लडाइनु।
49090 पछारिनु अ.क्रि. ३. भिजेका लुगा ढुङ्गा आदिमा बजार्ने काम गरिनु।
49091 पछि ना. यो. १. पछिल्तिर; पछाडि। क्रि.वि.
49092 पछि ना. यो. २. समय बिताएर; पछिबाट; ढिलो; पछाडि।
49093 पछिउँ डै/उँडो क्रि.वि. पछिबाट समय बिताएर; पश्चात्।
49094 पछितो ना. पश्चात्ताप; पछुताउ; पछुतो।
49095 पछिया ना. पच्छिमतर्फबाट आउने बतास वा हावा।
49096 पछिल्तिर क्रि.वि. १. पछाडिपट्टि; पिठिउँतिर। ना. यो.
49097 पछिल्तिर क्रि.वि. २. पछि; पछाडि।
49098 पछिल्लो वि. पछाडिपट्टिको; पछिल्तिरको; पिठिउँतिरको।
49099 पछुताइ ना. पछुताउने भाव, क्रिया वा प्रक्रिया।
49100 पछुताइनु क.क्रि. पछुताउने काम गरिनु; पछुताउने पारिनु।