Dictionary

All Word

49201 पञ्चमकार ना. वाममार्गीहरूका मतअनुसार मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन- यी पाँच शब्दका सुरुसुरुका पाँचोटा म; यी पाँच मकारबाट बन्ने वस्तु।
49202 पञ्चमहापातक ना. ब्रह्महत्या, सुरापान, चोरी, गुरुस्त्रीगमन र ती चार महापातकीको सहवास गरी पाँच किसिमका पातक वा पाप।
49203 पञ्चमहाभूत ना. पृथ्वी, जल, तेज, वायु र आकाश- यी पाँच तत्त्व; पञ्चतत्त्व।
49204 पञ्चमहायज्ञ ना. स्वाध्याय (ब्रह्मयज्ञ), होम (देवयज्ञ), वलवैश्वदेव (भूतयज्ञ), पिण्डक्रिया (पितृयज्ञ) र अतिथिपूजा (नृयज्ञ) गरी जम्मा पाँच किसिमका यज्ञ; गृहस्थीका घरमा नित्य रूपले गरिने उपर्युक्त पाँच महायज्ञ।
49205 पञ्चमहाव्याधि ना. अर्श, यक्ष्मा, कुष्ठ, प्रमेह र उन्माद गरी जम्मा पाँच किसिमका भयानक रोग।
49206 पञ्चमहाव्रत ना. अहिंसा, सुनृता (मिठो वा साँचो बोली), अस्तेय (चोरी नगर्नु), ब्रह्मचर्य र अपरिग्रह (दान नलिनु वा सङ्ग्रह नगर्नु) जस्ता मनुष्यलाई माथिल्ला तहमा पुऱ्याउने मानिएका योगशास्त्रमा उल्लिखित जम्मा पाँचोटा महाव्रत।
49207 पञ्चमाङ्ग ना. १. आधुनिक राजनीतिमा शत्रुका राज्यमा उपद्रव मच्चाउन र त्यहाँको गोप्य रहस्य थाहा पाउनका निम्ति तयार पारिएको वा नियुक्त गरिएको विशेष प्रकारको दल।
49208 पञ्चमाङ्ग ना. २. स्वदेशका विरुद्ध विदेशको दलाली गर्ने दल वा व्यक्ति।
49209 पञ्चमाङ्गी वि. १. पञ्चमाङ्गको; पञ्चमाङ्गसम्बन्धी। ना.
49210 पञ्चमाङ्गी वि. २. पञ्चमाङ्ग।
49211 पञ्चमी ना. चान्द्र मासका आधारमा प्रत्येक मासमा आउने शुक्ल एवं कृष्ण दुवै पक्षको पाँचौँ तिथि; चौथीपछिको तिथि; शुक्ल वा कृष्ण पञ्चमी।
49212 पञ्चमी विभक्ति ना. व्याकरणमा देखि, देखिन्, बाट आदि विभक्ति।
49213 पञ्चरङ्ग ना. १. पाँच प्रकारका रङ वा वस्तु। वि.
49214 पञ्चरङ्ग ना. २. पाँच रङ वा वस्तुले युक्त।
49215 पञ्चरङ्ग ना. ३. धेरै प्रकारका रङले युक्त; रङ्दार।
49216 पञ्चरत्न ना. १. नीर, हीरा, पद्मरागमणि, मोती र मुगा गरी जम्मा पाँच रत्न।
49217 पञ्चरत्न ना. २. सुन, चाँदी, तामा, पित्तल र फलाम गरी जम्मा पाँच धातुहरूको संयोग ।
49218 पञ्चराशिक ना. जानिएका चार राशिहरूद्वारा नजानिएको पाँचौँ राशि पत्ता लगाउन सकिने एक खालको हिसाब।
49219 पञ्चलौह ना. १. सुन, चाँदी, तामा, फलाम र पित्तल - यी पाँच धातु।
49220 पञ्चलौह ना. २. ती पाँच धातुका योगबाट बनेको धातु।
49221 पञ्चवर्षीय वि. पाँच वर्षमा हुने वा गरिने; पाँच वर्षको अवधिमा पूरा हुने।
49222 पञ्चवर्षीय योजना ना. खास-खास योजना वा लक्ष्यको पूर्ति र समस्याहरूको समाधानका निम्ति पाँच वर्षको अवधिभित्र सम्पन्न गरिने कार्यक्रम।
49223 पञ्चबलि ना. कुनै किसिमको भाकल पूरा गर्नका निम्ति देव- देवीलाई दिइने पाँच जातका पशुपक्षीहरूको बलि।
49224 पञ्चशस्य ना. धान, मुगी, तिल, मास र जौ- यी पाँच अन्न।
49225 पञ्चशील ना. १. हिंसा नगर्नू, चोरी नगर्नू, झुट्टो नबोल्नू, रक्सी आदि नखानू, ब्रह्मचर्यमा रहनू भनी बौद्ध धर्मअनुसार गृहस्थीमा रहेका बौद्ध उपासकहरूले पालन गर्नुपर्ने पाँच नियम।
49226 पञ्चशील ना. २. इन्डोनेसिया देशको बाङ्डुङ नामक सहरमा अप्रिल, १९५५ इ. मा भएको एसिया र अफ्रिकाका अनेक राष्ट्रको सम्मेलनमा राष्ट्रका पारस्परिक हितका लागि स्वीकार गरिएका, क्षेत्रीय अक्षुण्णता र सार्वभौमिकताको पारस्परिक सम्मान, पारस्परिक अनाक्रमण, एक अर्काका देशीय समस्याहरूमा हस्तक्षेप नगर्ने, समानता र पारस्परिक हित तथा शान्तिपूर्ण सहअस्तित्त्व जस्ता महत्त्वपूर्ण पाँच सिद्धान्त।
49227 पञ्चसन्धि ना. १. व्याकरणअनुसार स्वर, व्यञ्जन, विसर्ग, स्वादि र प्रकृतिभाव- यी पाँच किसिमका सन्धि।
49228 पञ्चसन्धि ना. २. नाटकका मुख, प्रतिमुख, गर्भ, विमर्श र निर्वहण गरी जम्मा पाँच किसिमका सन्धि।
49229 पञ्चसुगन्ध धूप ना. श्रीखण्ड, कस्तूरी, अगरु, कुमकुम, केसरीसमेत पाँचवटा वस्तु मिसाई बनाइएको सुगन्धित धूप।
49230 पञ्चस्कन्ध ना. बौद्ध धर्मअनुसार रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान गरी जम्मा पाँच गुणहरूको समुदाय।
49231 पञ्चस्नान ना. १. दुई हात, दुई गोडा र मुखमण्डल गरी जम्मा पाँच अङ्गहरूको स्नान।
49232 पञ्चस्नान ना. २. स्नानको साटो मुख, हात मात्रै धुने कार्य।
49233 पञ्चाक्षर वि. १. पाँच अक्षर भएको। ना.
49234 पञ्चाक्षर वि. २. 'नमः शिवाय'- यी पाँच अक्षरको मन्त्र।
49235 पञ्चाक्षरी वि. १. पाँच अक्षर भएको। ना.
49236 पञ्चाक्षरी वि. २. पाँच अक्षर मात्र हुने मन्त्र।
49237 पञ्चाग्नि ना. १. अग्निहोत्रीहरूद्वारा प्रयोग गरिने अन्वाहार्य (पितृकार्यका निम्ति ), गार्हपत्य (दैवीवाक्का निम्ति ), आहवनीय (हवनका निम्ति), आवसथ्य (गृहकार्यका निम्ति) र पचन (मरणोपरान्त आत्मदाहका निम्ति) गरी पाँच प्रकारका अग्नि।
49238 पञ्चाग्नि ना. २. तपस्या गर्दा प्रयोग गरिने आफ्ना चारैतिर बालिएका चार अग्नि र आफूमाथिका सूर्यसमेत जम्मा पाँच अग्निको समुदाय।
49239 पञ्चाङ्ग ना. १. पाँच अङ्ग भएको वस्तु।
49240 पञ्चाङ्ग ना. २. आयुर्वेदअनुसार जरो, बोक्रो, पात, फूल र फल गरी पाँच अङ्गहरूको समूह।
49241 पञ्चाङ्ग ना. ३. ज्योतिषशास्त्रअनुसार प्रत्येक दिनमा पर्ने तिथि, वार, नक्षत्र, योग तथा करण- यी पाँच अङ्ग भएको पुस्तिका; पात्रो; क्यालेन्डर।
49242 पञ्चामृत ना. १. गाईको दुध, दही, घिउ र मह तथा चिनी मिलेर बनेको वस्तु।
49243 पञ्चामृत ना. २. पाँच प्रकारका अमृतहरूको समुदाय।
49244 पञ्चायत ना. १. नेपालको सं. २०१९ को पञ्चायतकालीन संविधानअनुसार गाउँ, नगर, जिल्ला तथा राष्ट्रको सञ्चालनका निमित्त चुनिएका वा निर्वाचित भएका पञ्चहरूको सङ्गठन; त्यसको पद्धति वा व्यवस्था; पञ्चहरूको सभा।
49245 पञ्चायत ना. २. कुनै विवाद वा मुद्दामामिलामा समुचित निर्णय दिनका निम्ति जम्मा भएका वा चुनिएका व्यक्तिहरूको व्यवस्था एवं कार्य।
49246 पञ्चायत उपसमिति ना. तत्कालीन पञ्चायतद्वारा कुनै कार्य सम्पन्न गर्न गठित समितिभित्रको अर्को समिति।
49247 पञ्चायत समिति ना. तत्कालीन राष्ट्रिय पञ्चायतमा नियमानुसार गठित हुने विभिन्न समितिमध्ये गृह पञ्चायत तथा स्थानीय विकास, कानुन तथा न्याय, रक्षा, सामान्य प्रशासन र लोकसेवा आयोगको वार्षिक प्रतिवेदनविषयक कार्यसँग सम्बन्ध राखी कार्यसम्पन्न गर्ने तत्कालीन समिति।
49248 पञ्चायती वि. १. पञ्चायतको वा पञ्चायतसम्बन्धी।
49249 पञ्चायती वि. २. धेरै जनाको; साझा; गोस्वाराको; सर्वसाधारणको।
49250 पञ्चायती अदालत ना. गाउँ पञ्चायतका पञ्चभलादमीहरू मिली सानातिना स्थानीय झगडाहरू टुङ्गो लाउनका निम्ति गठन गरिएको अदालत।