Dictionary

All Word

49251 पञ्चायती प्रजातन्त्र ना. नेपालको सं. २०१९ को संविधानअनुसार पञ्चायतका नीतिनियमहरूका आधारमा चलेको शासनव्यवस्था।
49252 पञ्चायती व्यवस्था ना. नेपालको सं. २०१९ को संविधानअनुसार गाउँ, नगर, जिल्ला तथा राष्ट्रिय पञ्चायत आदिका क्रमले गठित एक विशेष प्रकारको राजनीतिक व्यवस्था।
49253 पञ्चायती सभा ना. कुनै कार्य सम्पन्न गर्नका लागि र सोका सम्बन्धमा विचारविमर्श गर्नका निम्ति बस्ने तत्कालीन पञ्चहरूको सभा।
49254 पञ्चेन्द्रिय ना. १. बाह्य जगत्‌को ज्ञान गराउने आँखा, कान, नाक, जिब्रो तथा छाला गरी जम्मा पाँच इन्द्रियको समुदाय।
49255 पञ्चेन्द्रिय ना. २. बोली, हात, खुट्टा, गुदद्वार तथा मूत्रद्वार गरी जम्मा पाँच कर्मेन्द्रियको समुदाय।
49256 पञ्चोपचार ना. चन्दन, फूल, धूप, बत्ती र नैवेद- यी पाँच थोकबाट तयार गरिएको पूजाको सामग्री।
49257 पञ्जर ना. १. चराचुरुङ्गी पाल्ने खोर; पिँजरा।
49258 पञ्जर ना. २. शरीरका हाडहरूको आकृति; कङ्काल।
49259 पञ्जर ना. ३. शरीर; देह।
49260 पञ्जिका ना. १. कार्यालयहरूमा ठाउँठाउँबाट आएका मिसिल वा त्यसमा लेखिएका हरेक किसिमका कागजपत्र स्रेस्तामा चढाएर दर्ता गरी राख्ने र पठाइने कागजको दर्ताकापी; पुस्तिका वा दर्ताको नम्बरबमोजिमका कागजको विवरण।
49261 पञ्जिका ना. २. प्रत्येक पद वा शब्दको अर्थ खुलाएको टीका; विशद टीका।
49262 पञ्जिका ना. ३. पञ्चाङ्ग; पात्रो।
49263 पञ्जिका ना. ४. विषयसूची।
49264 पञ्जिकाधिकारी ना. जन्म, विवाह, मृत्यु आदि दर्ता गरी दुरुस्त राख्ने काममा खटिएको कर्मचारी।
49265 पञ्जिकाध्यक्ष ना. रजिस्ट्रार।
49266 पञ्जी ना. हिसाब वा विवरण लेखिने पुस्तिका; बही।
49267 पञ्जीबद्ध वि. अभिलिखित; खातामा चढाइएको; तालिकाबद्ध।
49268 पञ्जीयन ना. १. घर, जग्गा आदिको बिक्री वा हस्तान्तरण गर्दा वा कुनै पार्सल, चिठी आदि पठाउनु पर्दा सम्बन्धित व्यक्तिहरूको नाम, ठेगाना आदि खातामा चढाएर अभिलेखका रूपमा राख्ने काम।
49269 पञ्जीयन ना. २. निवेदकको नाम, निवेदन, दर्खास्त पञ्च शस्य आदि र निवेदन गरिएको विषय आदि दर्ता गराउने काम।
49270 पञ्जीपत्र ना. पञ्जीयन कार्यका लागि भर्नुपर्ने पूर्वनिर्धारित तालिकायुक्त कागज।
49271 पट्नु१ अ.क्रि. १. कुनै काम बन्नु वा तामेल हुनु; सिद्ध हुनु; निब्टनु।
49272 पट्नु१ अ.क्रि. २. भेटघाट हुनु; मेल हुनु; मिलाप हुनु।
49273 पट्नु२ अ.क्रि. खेतबारीमा पानी पुग्नु; सिञ्चित हुनु।
49274 पट१ ना. १. कपडा; लुगा; वस्त्र।
49275 पट१ ना. २. चित्र लेख्ने कपडा, कागज, फलेक आदि वस्तु।
49276 पट१ ना. ३. पर्दा। ४ तस्बिर; चित्र।
49277 पट२ वि. १. केही नजान्ने; मूर्ख; अज्ञानी कोरा।
49278 पट२ वि. २. समतल (मैदान)। क्रि.वि.
49279 पट२ वि. ३. एकदम; धेरै (पटमूर्ख, पटबाँझो इ.)।
49280 पट३ ना. घाउ, खटिरा चिरेपछि पिप तथा रगत सफा गर्ने काममा प्रयोग गरिने वस्तु।
49281 पटक क्रि.वि. चोटि; पल्ट; बाजि; फेर।
49282 पटकथा ना. दृश्यावली र छायाङ्कनका लागि निर्देशसहितको संवादात्मक आलेख (स्क्रिप्ट)।
49283 पटका ना. १. बारुद र गन्धकबाट तयार गरिएको; पट्याक-पट्याक गरी पड्काइने वस्तु; पटाका।
49284 पटका ना. २. भुईँमा बजार्दा वा आगो सल्काउँदा बम, गोला आदि झैँ पड्कने एक किसिमको आतसबाजी।
49285 पटके वि. १. एक पटक मात्र हुने; एक चोटि मात्र हुने।
49286 पटके वि. २. एक वा धेरै पटक कुनै अपराधमा साबित भइसकेको वा सजाय पाएको।
49287 पटके वि. ३. पटकपटक गरी गरिने। ना.
49288 पटके वि. ४. एकै चोटिका निम्ति भनी तोकिएर निकासा भएको रकम।
49289 पटके चोर ना. एकपल्ट चोरीमा समातिइसकेको।
49290 पटक्क क्रि.वि. १. काठ आदि भाँचिँदा झैँ शब्द आउने गरी।
49291 पटक्क क्रि.वि. २. भुतुक्कसँग मर्ने किसिमले।
49292 पटक्क क्रि.वि. ३. केही पनि हुँदै नहुने किसिमले।
49293 पटक्क क्रि.वि. ४. ठ्याम्मै; बिलकुल; कत्ति पनि। (उदा.-ऊ मैले भनेको पटक्क मान्दैन)।
49294 पटटट क्रि.वि. १. पटका आदि एकपछि अर्को पड्कँदाको झैँ शब्द आउने गरी।
49295 पटटट क्रि.वि. २. पड्कारो किसिमले; सुनिने गरी उच्चारण गरेर।
49296 पटना ना. १. भारतको विहारप्रान्तको राजधानी; पटना सहर।
49297 पटना ना. २. अङ्ग्रेज सरकारले इस्ट इन्डिया कम्पनीमार्फत चलाएको मुद्रा; कम्पनी।
49298 पटना ना. ३. अङ्ग्रेजले चलाएको भारतीय मुद्रा।
49299 पटनामाला ना. पटना जडेर गहनाका रूपमा बनाएको माला; टक्काहार; कम्पनीमाला।
49300 पटनी ना. खेत आदिमा पानी पटाउने काम; सिँचाइ।