Dictionary

All Word

49301 पटपट ना. १. केराका पातको डाँख्लो बिचमा केही भाग राखेर दुईतिर चिरी हल्लाएर बजाउँदाको शब्द।
49302 पटपट ना. २. त्यस्तो शब्द निकालेर खेलिने खेल।
49303 पटपट ना. ३. हाँडीमा भुटिएका मकै आदि पड्कँदा आउने शब्द।
49304 पटपट ना. ४. लट्ठी आदि बारबार भाँचिरहँदा आउने शब्द।
49305 पटपट ना. ५. कुनै वस्तु लगातार फुट्दा आउने शब्द।
49306 पटपट ना. ६. केही पड्कँदा आउने शब्द। क्रि.वि.
49307 पटपट ना. ७. त्यस्तो शब्द निस्कने गरी।
49308 पटपटती क्रि.वि. १. अझै पटपट हुने गरी।
49309 पटपटती क्रि.वि. २. भकाभक एकपछि अर्को ढल्ने वा मर्ने गरी।
49310 पटपटाइ ना. पटपट गर्ने क्रिया वा प्रक्रिया।
49311 पटपटाइनु अ.क्रि. १. पटपट शब्द निस्किनु। क.क्रि.
49312 पटपटाइनु अ.क्रि. २. पटपट शब्द उत्पन्न गराइनु।
49313 पटपटाउनु अ.क्रि. १. पटपट शब्द उत्पन्न हुनु; पट्कनु।
49314 पटपटाउनु अ.क्रि. २. भटभटाउनु; फलाक्नु।
49315 पटपटाउनु अ.क्रि. ३. अस्पष्ट शब्द बोल्नु।
49316 पटपटाहट ना. पटपटाउने भाव, अवस्था वा क्रियाप्रक्रिया; पटपटाइ।
49317 पटपटाहा वि. पटापट शब्द निकाल्ने; पटपटे; फटफटे।
49318 पटपटिनु अ.क्रि. पटपटाउनु।
49319 पटपटी क्रि.वि. पटपटती; पटपट।
49320 पटपटे ना. १. मोटो जातको दुबो; घोडेदुबो।
49321 पटपटे ना. २. खुकुरीको बिँड आदि बनाउने काममा आउने एक जातको रुख; भालुकाठ।
49322 पटपटे ना. ३. बलियो तथा नझर्ने, दाँती परेका किनारा भएको साधारण पात हुने, पहेँला वा सेता ससाना आकारका फूल फुल्ने बोटविशेष।
49323 पटपटे ना. ४. केराका पातका डाँख्लाबाट बनाइने र पटपट बजाउँदै खेलिने केटाकेटीको एक खेलौना। वि.
49324 पटपटे ना. ५. पटपट शब्द गर्ने; पटपट शब्द निकाल्ने।
49325 पटपटे ना. ६. भटभटाउने; फटफटे।
49326 पटपट्याइ ना. पटपटिने वा पटपटाउने क्रिया वा प्रक्रिया।
49327 पटपट्याइनु क.क्रि. पटपट पारिनु; पटपट शब्द निकालिनु।
49328 पटपट्याउनु प्रे. क्रि. पटपट पार्नु; पटपट शब्द निकाल्नु वा निकाल्न लाउनु।
49329 पटपट्याहट ना. पटपटिने भाव, स्थिति, क्रिया वा प्रक्रिया; पटपट्याइ।
49330 पटबन्धा ना. कुनै पनि अधिराज्यका अधिराजकी प्रमुख विवाहिता महारानी; पटरानी।
49331 पटबाँझो ना. १. कहिले पनि खनजोत नगरिएको बाँझो र साह्रो जमिन। वि.
49332 पटबाँझो ना. २. एकदम बाँझो; पट्टबन्ध्य।
49333 पटमिरो/पटमेरो ना. बडहरका जस्ता तर केही चिल्ला पात हुने, सेता फूल र काला फल फल्ने र पात गाईबस्तुले खाने एक प्रकारको रुख; कुटमिरो।
49334 पटमैदान ना. १. सम्म परेको फराकिलो मैदान; खुला रुखहरू केही पनि नभएको उधारो मैदान।
49335 पटमैदान ना. ३. खुला, फराकिलो र समथर बाँझो जग्गा; पर्ती।
49336 पटरानी ना. राजाका साथमा शुभराज्याभिषेक भएकी रानी; महारानी; पट्टमहिषी।
49337 पटरी१ ना. १. रेलका लिकमुन्तिर बिछ्याइएको काठ वा फलाम; रेल आदिको लिक।
49338 पटरी१ ना. २. फल्याक।
49339 पटरी१ ना. ३. इन्च आदिका नापको चिह्न भएको काठ आदिको नाप्ने साधन।
49340 पटरी१ ना. ४. राजमार्गका दुवैतिर पैदल हिँड्न बनाइएको बाटो।
49341 पटरी१ ना. ५. नदी आदिका पुलका दुवैतिर हिँड्न बनाइएको पेटी।
49342 पटरी२ ना. मेल; मिलाप; बानीमा समानता (उदा.- हरिको त उससँग पटरी नै खाँदैन)।
49343 पटल ना. १. घर आदिको छानो; छत; छादन।
49344 पटल ना. २. कुनै वस्तुलाई ढाक्ने वा छोप्ने साधन; पर्दा; आवरण।
49345 पटल ना. ३. तह; पत्र।
49346 पटल ना. ४. आँखाको फलक वा ढकनी।
49347 पटल ना. ५. ग्रन्थको अध्याय; परिच्छेद।
49348 पटल ना. ६. समूह; जमात; हुल।
49349 पटवन्ध्या ना. निःसन्तान आइमाई (टकाराँड, बुढी कन्ने वा बैला)।
49350 पटवारी ना. तराईका मौजाको जमिन र त्यसका उठतीको हिसाब राख्ने जिम्दारभन्दा तलको एक पदाधिकारी; जिम्दारको सहायक; पटुवारी; पटवारी।