Dictionary

All Word

49351 पटाइ ना. १. पानी पट्ने क्रिया वा प्रक्रिया। [पटाउ+आइ]
49352 पटाइ ना. २. पटाउने क्रिया वा प्रक्रिया।
49353 पटाइनु क.क्रि. १. पट्ने पारिनु; काम तामेल पारिनु।
49354 पटाइनु क.क्रि. २. खेत आदिमा पानी लगाइनु।
49355 पटाउनु स.क्रि. / प्रे.क्रि. १. खेत आदिमा पानी लगाउनु; बिरुवा आदिमा पानी सिञ्चन गर्नु।
49356 पटाउनु स.क्रि. / प्रे.क्रि. २. खाल्टो पुर्नु; सम्म तुल्याउनु।
49357 पटाउनु स.क्रि. / प्रे.क्रि. ३. काम सिद्ध गर्नु; कार्य पूरा गर्नु।
49358 पटाउनु स.क्रि. / प्रे.क्रि. ४. पट्ने पार्नु वा पार्न लगाउनु।
49359 पटाउनी ना. कपडाको मुख सिलाउने काम; बिट मार्ने काम।
49360 पटाउनु स.क्रि. कुनै कुरा आफ्नो पक्षमा पार्न सफल हुनु।
49361 पटाका ना. हे. पटका।
49362 पटाक्षेप ना. नाटकमा एक दृश्य देखाइसकेपछि अर्को दृश्य देखाउनुभन्दा पहिले पर्दा खसाल्ने काम; जवनिका खसाउने काम।
49363 पटाङ्गिनी ना. १. घरका दायाँबायाँ बनाइएको खुला मैदान; कोखे आँगन।
49364 पटाङ्गिनी ना. २. सम्म परेको फराकिलो चउर।
49365 पटाङ्गी ना. पटाङ्गिनी।
49366 पटापट क्रि.वि १. फुर्तीसाथ; धमाधम; चटाचट; छटाछट; फटाफट।
49367 पटापट क्रि.वि २. लगातार भाँचिने वा पड्कने गरी; पटपट।
49368 पटापट क्रि.वि ३. धमाधम पिट्ने किसिमले।
49369 पटापट क्रि.वि ४. एकपछि अर्को गर्दै मर्दै जाने गरी; भटाभट।
49370 पटार्नु स.क्रि. सिँगार गर्नु; सजाउनु; शृङ्गार पार्नु।
49371 पटार ना. १. पेटीजस्तो पारेर बुनिएको फित्ता।
49372 पटार ना. २. घोडाको काठी कस्ने पेटी।
49373 पटार ना. ३. लुगाफाटो आदिले सिँगारिने वा सुसज्जित हुने काम (जस्तो- सिँगारपटार)।
49374 पटाराइ ना. पटार्ने क्रिया वा प्रक्रिया।
49375 पटारिनु क.क्रि. पटार्ने काम गरिनु; सिँगारिनु।
49376 पटासी ना. रातो किनारा हुने, विशेष गरी ज्यापुनीहरूले लगाउने, कालो फरिया।
49377 पटाहा ना. १. घरका ढोकाको दायाँबायाँ बस्न बनाइएको ठाउँ।
49378 पटाहा ना. २. काठको फलैँचा।
49379 पटाहा ना. ३. जोतिएका खेतबारीमा उठेका डल्लाडुल्ली फुटाउने र सम्म्याउने काममा प्रयोग हुने एक किसिमको काठ; चौकी।
49380 पटिनु अ.क्रि. काम सिद्ध होइनु; पट्नु।
49381 पटु वि. १. कुशल; निपुण; दक्ष; सिपालु; प्रवीण।
49382 पटु वि. २. चलाक; चतुर।
49383 पटु वि. ३. स्पष्ट (वक्ता)।
49384 पटुका१ ना. रक्सी बनाउँदा खप्टिएका भाँडाका बिचबाट हावा जान बन्द गर्नका लागि गोबरले टालेको घेरो।
49385 पटुका२ ना. कम्मरमा बाँध्ने लामो खालको कपडा; कमरबन्दी।
49386 पटुकी ना. १. सानो खालको पटुका; कम्मरपेटीका रूपमा प्रयोग गरिएको ठिक्क लम्बाइ वा चौडाइको कपडा।
49387 पटुकी ना. २. पटुका (गीत, कविता वा लोकगीतमा)।
49388 पटुता/पटुत्व ना. १. विषयवस्तुप्रतिको दक्षता; कौशल; सिप।
49389 पटुता/पटुत्व ना. २. बाठोपना; चतुऱ्याइँ।
49390 पटुवा१ ना. १. दश फिटसम्म अग्लो हुने, भेट्नामा तीन/तीनवटा पात जोडिएर रहने, राता तथा फिका हरिया डाँठ हुने, फुल्ने बेलामा कानी छोड्ने र तिनुवा (वा सादा) तोसा (वा लक्खी)-जस्ता दुई भेदमा वर्गीकृत एक वनस्पति; सन।
49391 पटुवा१ ना. २. त्यसैको डाँठ कुहाई बोक्राबाट निकालिएको पाट; सनपाट।
49392 पटुवा२ ना. धागो, पोते, जरी आदिको काम गर्ने एक वर्ग वा जाति।
49393 पटुवारी ना. हे. पटवारी।
49394 पटेर१ ना. १. घुइँचो; भिड।
49395 पटेर१ ना. २. छिर्न नसकिने जङ्गल वा झाडी; काठी। (जस्तै- कालीपटेर)। वि.
49396 पटेर१ ना. ३. प्रशस्त; ज्यादा; धेरै। क्रि.वि.
49397 पटेर१ ना. ४. धेरै; प्रशस्त; पट्टेर।
49398 पटेर२ ना. बोझाको झैँ तर गन्धविहीन जरो हुने तथा जलाशयका निकटमा पैदा हुने, गुन्द्री आदि बुन्ने काममा समेत प्रयोगमा आउने, एक थरी उखुपाते वनस्पति।
49399 पटेला/पटेलो ना. १. एक जातको माछो।
49400 पटेला/पटेलो ना. २. मुडा, मुड्का वा केराका थाम आदिलाई एक-अर्कासँग बाँधेर बनाइएको खास प्रकारको डुङ्गा।