Dictionary

All Word

49451 पट्टा२ ना. २. साहुमहाजनको एक प्रकारको व्यापार।
49452 पट्टा२ ना. ३. तरबार राख्ने खोल; म्यान।
49453 पट्टा२ ना. ४. तरबार चलाएर दुई प्रतिद्वन्द्वीका बिच हुने खेल वा युद्धको अभ्यास गरिने एक प्रकारको लट्ठी।
49454 पट्टा२ ना. ५. छालाको पेटी।
49455 पट्टा२ ना. ६. छाला, धातु, कपडा आदिको फित्ताजस्तो वस्तु।
49456 पट्टा२ ना. ७. विशेष पहिरनका अवस्थामा दायाँ र बायाँ कुमदेखि कम्मरसम्म पुग्ने गरी प्रालम्बिका लुर्काउन पहिरिने विशेष प्रकारको पट्टी।
49457 पट्टाइ ना. पट्टाउने क्रिया वा प्रक्रिया; उराठलाग्दोपन; उच्चाट।
49458 पट्टाइनु अ.क्रि. उराठ लाग्ने होइनु।
49459 पट्टाइलो वि. पट्टाइलाग्दो; उराठिलो।
49460 पट्टाउनु अ.क्रि. १. एकै ठाउँ धेरै बेर बसिरहँदा, एकनाससित काम गरिरहँदा वा हिँडिरहँदा उच्चाट लाग्नु; उराठ लाग्नु।
49461 पट्टाउनु अ.क्रि. २. आलस्य लाग्नु; अल्छी लाग्नु।
49462 पट्टा कबुलियत ना. ठेकदारले ठेक्कापट्टाको काम तोकिएको समयभित्र गर्नेछु भनी गरिदिएको लिखत।
49463 पट्टाभिषेक ना. राज्याभिषेक।
49464 पट्टि ना. यो. १. तिर; तर्फ। (जस्तो- त्यतापट्टि, यतापट्टि, बाटापट्टि इ.)।
49465 पट्टि ना. यो. २. पक्षमा। (जस्तो- न्यायपट्टि लाग, शत्रुपट्टि नलाग इ.)।
49466 पट्टिका ना. १. लेख्ने सानो पट वा सिलोट; पाटी।
49467 पट्टिका ना. २. कपडाको टुक्रो वा धरो।
49468 पट्टिका ना. ३. प्रमाणपत्र।
49469 पट्टिका ना. ४. विभूषण आदि लुर्काउन प्रयोग गरिने विशेष किसिमको फित्ता।
49470 पट्टी१ ना. १. लेख्ने काठ वा ढुङ्गाको पाटी।
49471 पट्टी१ ना. २. छाला, कपडा आदिको टुक्रो।
49472 पट्टी१ ना. ३. घाउखटिरामा औषधी लगाई बाँधिने वा टाँसिने कपडा; ब्यान्डेज।
49473 पट्टीलेपन ना. घाउखटिरा, चोटपटक, भाँचिएको ठाउँ आदिमा पट्टी बाँध्ने क्रिया।
49474 पट्टी२ ना. सैनिकको सुबेदारका मातहतको स्यानो टोली।
49475 पट्टु१ ना. एक प्रकारको ऊनी कपडा।
49476 पट्टु२ ना. १. एक जातको मिठो बोल्ने सुगा।
49477 पट्टु२ ना. २. सुगा।
49478 पट्टेर वि. / क्रि.वि. प्रशस्त; धेरै; पटेर; बाक्लो घम्सी।
49479 पट्टो ना. बालख सुताउने सानो बिछ्याउना; एक किसिमको चकटी; डफलो।
49480 पट्ट्याइ ना. पट्ट्याउने क्रिया वा प्रक्रिया।
49481 पट्ट्याइनु क.क्रि. कागज, कपडा आदि तहैतह पारेर दोब्य्राइनु ।
49482 पट्ट्याउनु स.क्रि. लुगा, कागत आदिलाई तहैतह पारेर देब्य्राउनु; तहतह पार्नु ।
49483 पट्ट्यार ना. हे. पट्यार।
49484 पट्ट्याहट ना. पट्ट्याउने भाव, क्रिया वा प्रक्रिया।
49485 पट्ठा१ ना. सुनौला वा रूपौला रङका तारले बनेको फित्ता।
49486 पट्ठा२ वि. हे. पट्ठो।
49487 पट्ठापट्ठी वि. पट्ठो र पट्ठी; युवा-युवती।
49488 पट्ठी वि. तरुनी; युवती।
49489 पट्ठो वि. १. युवा; तरुनो; जवान। ना.
49490 पट्ठो वि. २. जवान हात्ती।
49491 पट्ना ना. १. मालाको रूपमा लगाइने कम्पनी रुपियाँहरूको ठिँगुराझैं उनेको माला; पटनामाला; कम्पनीमाला।
49492 पट्ना ना. २. कम्पनी मुद्रा।
49493 पट्याँस१ ना. चामल आदि निफन्दा औंलाले हान्दा नाङ्लाबाट निस्कने शब्द।
49494 पट्याँस२ ना. बाँसका हरेक आँख्लामा बेरिएर पलाउने झुसैझुस भएको, फुकाएर फराकिलो पारी लेख्ने काममा र पङ्खा आदि बनाउने काममा प्रयोग गर्न सकिने वस्तु; बाँसको खपटा।
49495 पट्याइ ना. पट्याउने भाव, क्रिया वा प्रक्रिया; पट्ट्याइ।
49496 पट्याइनु क.क्रि कागज, कपडा आदि तहैतह पारी दोब्य्राइनु; पट्याइनु; पट्याउने काम गरिनु।
49497 पट्याउनु स.क्रि. कागज, कपडा आदि तहैतह पारेर दोब्य्राउनु; दोबर-तेबर आदि पार्दै तह लगाउनु; पट्ट्याउनु।
49498 पट्याक ना. पड्कने वा भाँचिने चाल।
49499 पट्याकपुटुक ना. १. कडा र साना काठ भाँच्दा आउने शब्द। क्रि.वि.
49500 पट्याकपुटुक ना. २. त्यस्ता काठहरू भाँच्दा शब्द गर्ने किसिमले।