Dictionary

All Word

49151 पञ्चकिर्ते मोल ना. पञ्चभलादमीले ठहराएको वा निर्णय गरेको मोल।
49152 पञ्चकृति वि. पञ्चकिर्ते।
49153 पञ्चक्लेश ना. योगशास्त्रअनुसार अविद्या, अस्मिता, राग, द्वेष र अभिनिवेश गरी जम्मा पाँच प्रकारका क्लेशहरू।
49154 पञ्चखत ना. साबित भएमा ज्यान सजाय हुने, दामल हुने, मुडिने, घटी जातमा मिलाई खोपिने र जात पतित हुने- यी पाँच किसिमका दण्ड हुने खत वा अपराध।
49155 पञ्चगव्य ना. गाईको दुध, दही, घिउ, गउँत र गोबर मिलाई पूजादि कार्यका निम्ति बनाइएको पवित्र वस्तु।
49156 पञ्चगुण ना. १. शब्द, स्पर्श, रूप, रस र गन्ध- यी पाँच प्रकारका गुण। वि.
49157 पञ्चगुण ना. २. पाँच गुना; पाँच दोब्बर।
49158 पञ्चगौड ना. विन्ध्याचलका उत्तरी भागमा बस्ने सारस्वत, कान्यकुब्ज, गौड, मैथिल र औत्कल गरी ब्राह्मणका पाँच वर्ग।
49159 पञ्चचामर ना. प्रत्येक चरणमा लघुगुरु मात्रा हुने सोह्र-सोह्र अक्षरका चार चरण हुने वार्णिक छन्द।
49160 पञ्चतत्त्व ना. १. पृथ्वी, जल, तेज, वायु र आकाश गरी जम्मा पाँच प्राकृतिक तत्त्व।
49161 पञ्चतत्त्व ना. २. पञ्चमकार।
49162 पञ्चतन्त्र ना. नीतिसम्बन्धी उपदेशप्रद कथाहरूलाई पाँचोटा मूल कथामा उनेर लेखिएको प्रसिद्ध ग्रन्थ।
49163 पञ्चतारा ना. १. ध्यानी बुद्धका पाँच शक्ति।
49164 पञ्चतारा ना. २. पञ्चबोधिसत्त्वकी माता।
49165 पञ्चतारा ना. ३. वज्रधात्वीश्वरी, लोचना, मामकी, पाण्डुरा र तारा गरी जम्मा पाँच बौद्ध शक्ति।
49166 पञ्चताल ना. मादलसँग मिल्दो एक नेपाली बाजा।
49167 पञ्चदश ना. दश र पाँचको योगबाट बनेको सङ्ख्या; पन्ध्रको सङ्ख्या।
49168 पञ्चदशी ना. १. पूर्णिमा तिथि।
49169 पञ्चदशी ना. २. वेदान्तको एक प्रसिद्ध ग्रन्थ।
49170 पञ्चद्रविड ना. १. विन्ध्यापर्वतका दक्षिण भागमा बस्ने, महाराष्ट्र, तैलङ्ग, गुर्जर र द्रविड गरी जम्मा पाँच ब्राह्मणवर्गको समुदाय।
49171 पञ्चद्रविड ना. २. विन्ध्यापर्वतभन्दा दक्षिणतिर बोलिने तामिल, कन्नड, तेलगु, मलयालम र सिंहली झैँ पाँच प्रधान भाषा।
49172 पञ्चध्यानी बुद्ध ना. वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धि गरी जम्मा पाँच बुद्ध।
49173 पञ्चनख वि. १. पाँच नङ हुने (जीव )।
49174 पञ्चनख वि. २. हात्ती।
49175 पञ्चनख वि. ३. कछुवा।
49176 पञ्चनख वि. ४. बाघ।
49177 पञ्चनद ना. १. पन्जाब प्रदेशमा बग्ने झेलम, व्यास, राबी, चिनाव र सतलज- यी पाँच नदीहरूको समूह।
49178 पञ्चनद ना. २. पन्जाब प्रदेश।
49179 पञ्चनद ना. ३. किरण, धूतपापा, सरस्वती, गङ्गा र यमुना- यी पाँच नदीहरूको समुदाय।
49180 पञ्चनिर्णय ना. पञ्चद्वारा गरिएको निर्णय।
49181 पञ्चन्यायाधिकरण ना. पञ्चभलादमीहरूद्वारा गठन गरिएको तल्लो तहको अदालत; पञ्चायती अदालत।
49182 पञ्चपखान ना. छताछुल्ल भएर छरिएको वा पोखिएको वस्तु।
49183 पञ्चपखाल ना. १. ज्यादै पातलो दिसा; पखाला।
49184 पञ्चपखाल ना. २. छताछुल्ल भएर छरिएको वा पोखिएको पन्यालो वस्तु; पञ्चपखान।
49185 पञ्चपर्व ना. अष्टमी, चतुर्दशी, पूर्णिमा, अमावास्या र रविसङ्क्रान्ति गरी पाँचवटा पर्व।
49186 पञ्चपाण्डव ना. पाण्डुका पाँच छोराहरू; युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल र सहदेव गरी महाभारतप्रसिद्ध पाँच पुरुष।
49187 पञ्चपात्र ना. देवादिको कार्यमा प्रयोगमा ल्याइने दुई जलपात्र, दुई आचमनी र एक थाली गरी जम्मा पाँच पात्र।
49188 पञ्चपाला ना. १. प्रायः पाँचदेखि सात खण्डसम्म भएको पूजाको सामग्री हाल्ने, धातुबाट बनेको विशेष प्रकारको थाली।
49189 पञ्चपाला ना. २. धेरै खण्ड भएको काठ, माटो आदिबाट बनेको मरमसला राखिने भाँडो; सन्जोगे।
49190 पञ्चपिता ना. जन्म दिने (बाबु), मन्त्र दिने (गुरु), कन्या दिने (ससुरो), अन्न दिने (किसान) र भय हर्ने (राजा) गरी जम्मा पाँच प्रकारका पिता।
49191 पञ्चप्राण ना. प्राण, अपान, व्यान, उदान र समान गरी जम्मा पाँच प्रकारका वायु; शरीरमा रहने पञ्चवायु।
49192 पञ्चबुद्ध ना. १. वैरोचन, अक्षोभ्य, अमिताभ, रत्नसम्भव र अमोघसिद्धि गरी अलौकिक शक्ति भएका जम्मा पाँच बुद्ध।
49193 पञ्चबुद्ध ना. २. पुराणप्रसिद्ध पाँच बुद्धहरूको समूह (विपस्वी, शिखी, क्रकुच्छन्द, कनकमुनि र काश्यप)।
49194 पञ्चबोधिसत्त्व ना. १. समन्तभद्र, वज्रपाणि, रत्नपाणि, पद्मपाणि र विश्वपाणि गरी जम्मा पाँच बोधिसत्त्व।
49195 पञ्चबोधिसत्त्व ना. २. पञ्चध्यानी बुद्धका छोरा।
49196 पञ्चबोधिसत्त्व ना. ३. पञ्चताराका छोरा।
49197 पञ्चभलादमी ना. गाउँका पाँच वा त्यसभन्दा बढी गण्यमान्य व्यक्तिहरूको समुदाय।
49198 पञ्चभेला ना. पञ्चायतका सबै तहका सदस्यहरूको एकत्रित समूह, जमघट वा महासम्मेलन।
49199 पञ्चम वि. १. पाँचौँ। ना.
49200 पञ्चम वि. २. सङ्गीतका सात स्वरमध्ये एक। (यसलाई सङ्क्षेपमा 'प' भनिन्छ र यसमा ३६० नादलहरी रहेका हुन्छन्)।