Dictionary

All Word

49001 पचाउनु स.क्रि १. खाएको वस्तुलाई पाकयुक्त गराउनु; परिपक्व तुल्याउनु; पौष्टिक तत्त् लाई आत्मसात् गर्नु।
49002 पचाउनु स.क्रि २. कसैको माल वा सम्पत्ति फिर्ता नदिने नियतले गायब तुल्याउनु वा लिनु।
49003 पचाउनी ना. १. पचाउने काम वा वस्तु।
49004 पचाउनी ना. २. खान काटेका पशुको भित्री अङ्ग (भित्र्याँस, भुँडी, आन्द्रो आदि)।
49005 पचाउरे वि. चाउरे शब्दकै अर्थमा त्यसका पछाडि प्रयोग हुने शब्द। (उदा.- चाउरेपचाउरे खुर्पाको बिँड, के खान्छस् चाउरे सुँगुरको लिँड। - लोककविता)।
49006 पचापच क्रि.वि. १. कत्ति पनि धक नमानी धमाधम शब्द उच्चारण गरेर।
49007 पचापच क्रि.वि. २. लगातार पचका चलाएर।
49008 पचापच क्रि.वि. ३. थुक्दा स्पष्टसँग ध्वनि उत्पन्न गरेर।
49009 पचास ना. १. चालिस र दशको योगबाट बन्ने सङ्ख्या; ५० को सङ्ख्या; उनन्चासपछि आउने सङ्ख्या। वि.
49010 पचास ना. २. गणनाका क्रमले उनन्चासपछिको सङ्ख्यामा पर्ने; सङ्ख्याका दृष्टिले चालिस र दशका योगको।
49011 पचासिऔँ / पचासियौँ वि. गणनाका क्रमले पचासी सङ्ख्यामा पर्ने; पचासी सङ्ख्याका क्रमको।
49012 पचासी ना. १. असी र पाँचका योगबाट बन्ने सङ्ख्या; ८५ को सङ्ख्या; चौरासीपछि आउने सङ्ख्या। वि.
49013 पचासी ना. २. गणनाका क्रमले उनासीपछि आउने सङ्ख्या बराबरको।
49014 पचासीऔँ/पचासीयौँ वि. हे. पचासिऔँ।
49015 पचासौँ वि. गणनाका क्रमले पचास सङ्ख्यामा आउने; पचाससङ्ख्याका क्रमको; उनन्चासपछिको प्रथम।
49016 पचाहा वि. १. अर्काको धनमाल लिएर फिर्ता नदिने स्वभावको; पचाउने खालको।
49017 पचाहा वि. २. जानेका कुरालाई पनि नजाने झैँ गर्ने; बुझपचाहा; बुझपेलाहा; हेपाहा।
49018 पचिनु अ.क्रि. १. हजम होइनु; पच्ने होइनु।
49019 पचिनु अ.क्रि. २. पच्नु।
49020 पची ना. आची; गुहु।
49021 पचेटा / पचेडा ना. १. केही कुराको पछि लाग्दा हुने धपेडी; धामा।
49022 पचेटा / पचेडा ना. २. झन्झट; झमेला।
49023 पच्का ना. हे. पचका।
49024 पच्कार्नु स.क्रि १. समाजमा धक नमानीकन अर्काका दोष वा गुण स्पष्ट रूपमा भन्नु; भन्न नहुने कुरो पनि प्याच्च भन्नु।
49025 पच्कार्नु स.क्रि २. तोकेर भन्नु; औँल्याएर भन्नु।
49026 पच्कार्नु स.क्रि ३. अश्लील कुरो वा शब्द बोल्नु।
49027 पच्कार/पच्काराइ ना. पच्कार्ने क्रिया वा प्रक्रिया।
49028 पच्कारिनु क.क्रि. १. पच्कार्ने पारिनु। अ.क्रि.
49029 पच्कारिनु क.क्रि. २. पच्कार्ने होइनु।
49030 पच्चर ना. ठुलो काठ, आरा आदिले चिर्दै गरेको बेला सजिलाका लागि चिरिएका ठाउँतिर ठोकिने फेसो।
49031 पच्चिस ना. १. बिस र पाँचको योगबाट बन्ने सङ्ख्या; चौबिसपछि लगत्तै आउने सङ्ख्या।
49032 पच्चिस ना. २. चारैतिर फिँजिएका आठ/आठ कोठा हुने, तीन/तीन लहरका चारवटा पाटा भएको थर्कीमा विभिन्न चार रङका चारचारवटा गोटी लिएर सातवटा कौडाले खेलिने एक खेल। वि.
49033 पच्चिस ना. ३. बिस र पाँचका योगको; चौबिसपछिको सङ्ख्यामा पर्ने।
49034 पच्चिस गन्डा ना. सय पैसा; थुप्रो; धेरै।
49035 पच्चिस गन्डी वि. पच्चिस गन्डाको।
49036 पच्चिसा वि. १. सयमा पच्चिस; पच्चिसको।
49037 पच्चिसा वि. २. राम शाहले बसालेको सोअनुसार अन्नको ब्याज लिने थिति।
49038 पच्चिसौँ वि. गणनाका क्रमले पच्चिस सङ्ख्यामा पर्ने; पच्चिस सङ्ख्याको; पच्चिस सङ्ख्याका क्रमको।
49039 पच्चीस ना. हे. पच्चिस।
49040 पच्चीसा वि. हे. पच्चिसौँ।
49041 पच्चु वि. १. पचेको; पाक भएको।
49042 पच्चु वि. २. प्रौढ भएको; पोख्त भएको।
49043 पच्छिनु अ.क्रि. पछि पर्ने होइनु; पछौटे हुनु।
49044 पच्छिउँ ना. हे. पश्चिम।
49045 पच्छिम ना. पूर्व दिशाको विपरीत दिशा; घाम, जून, तारा आदि अस्ताउने दिशा।
49046 पच्छिम एक नम्बर ना. काठमाडौँदेखि पच्छिमतिरका नुवाकोट, लामीडाँडा, धादिङ, सल्यान आदि क्षेत्र पर्ने एक इलाका।
49047 पच्छिम चार नम्बर ना. पच्छिम तीन नम्बर इलाकादेखि पच्छिमपट्टिका भिर्कोट; गह्रौँ, सतौँ, स्याङ्जा आदि क्षेत्र भएको इलाका।
49048 पच्छिम तीन नम्बर ना. पच्छिम दुई नम्बर इलाका र तीन नम्बर इलाकाका बिचमा पर्ने लम्जुङ, कास्की, तनहुँ आदि क्षेत्र भएको इलाका।
49049 पच्छिम दुई नम्बर ना. पच्छिम एक नम्बर इलाका र तीन नम्बर इलाकाका बिचमा पर्ने (मुख्य बस्ती गोर्खा भएको) एक इलाका।
49050 पच्छिमा वि. १. पच्छिमसम्बन्धी; पच्छिमको; पश्चिमी; पाश्चात्य।