Dictionary

All Word

49101 पछुताउ ना. पश्चात्ताप; पछितो; पछुतो।
49102 पछुताउनु स.क्रि भुलचुकमा भए-गरेका कामकुरामा दुःख मान्नु; पछुताउ गर्नु; पछुतो मान्नु; चुकचुकाउनु; थकथकाउनु।
49103 पछुताहट ना. पछुताइ; पछुतो।
49104 पछुतो ना. पहिले आफूले गरेका भुलमा मानेको अफसोस; थकथकी; पश्चात्ताप; पछितो।
49105 पछुवा१ वि. १. पछाडि रहेको; पछाडि परेको; पछि भएको। ना.
49106 पछुवा१ वि. २. हात्तीका सवारीमा पछाडिपट्टि बस्ने (माहुतेभन्दा तल्लो दर्जाको) व्यक्ति।
49107 पछुवा१ वि. ३. पोइल जाँदा आफ्ना पछि लागेर आएको; पहिलो लोग्नेतिरको पछिल्लो सन्तान।
49108 पछुवा१ वि. ४. गोरुगाडा आदि सङ्कटमा पर्दा बैलवानलाई सहायता गर्न पछि लाग्ने व्यक्ति।
49109 पछुवा२ ना. पश्चिमतिरबाट पूर्वतिर बगेको हावा; लु।
49110 पछेउरा ना. हे. पछ्यौरो।
49111 पछेउरो ना. पछ्यौरी।
49112 पछेउरो ना. पछ्यौरो।
49113 पछेटा/पछेटो ना. पछि लाग्ने काम; पछ्‌याउने काम; पिछा; अनुसरण।
49114 पछेनी ना. १. पस्मिनाको फेटा।
49115 पछेनी ना. २. फेटा।
49116 पछोड ना. कडी लगाएर हात्तीका पछिल्तिर कसिने डोरी।
49117 पछौटे वि. १. पछि परेको; पछाडिको।
49118 पछौटे वि. २. अविकसित।
49119 पछौटे वि. ३. पछाडि पाक्ने वा पछाडि फल्ने (बाली, फल आदि); पछ् तिया।
49120 पछौटे वि. ४. पछि लाग्ने; पछ्याउने (व्यक्ति)।
49121 पछौटे वि. ५. पछि बियाउने (गाई आदि)।
49122 पछौटो ना. १. सबभन्दा पछि जन्मिएको सन्तान।
49123 पछौटो ना. २. कुनै काममा सबभन्दा पछि परेको व्यक्ति।
49124 पछौटो ना. ३. सबैभन्दा पछिको उब्जा।
49125 पछ् तिया वि. पछि पाक्ने वा तयार हुने (बाली, फल आदि)।
49126 पछ्‌याइ ना. पछ्याउने क्रिया वा प्रक्रिया।
49127 पछ्याइनु क.क्रि. पछ्‌याउने काम गरिनु; पछि लागिनु।
49128 पछ्याउनु स.क्रि. १. पछि लाग्नु; पिछा गर्नु।
49129 पछ्याउनु स.क्रि. २. केटाकेटी वा पशुले माया गरेर पछि लाग्नु; रत्तिनु।
49130 पछ्याउनु स.क्रि. ३. कसैका सँगसँगै काम गर्नु; पछिपछि गर्दै जानु।
49131 पछ्यौरा ना. पछ्‌यौरो; पछेउरा।
49132 पछ्‌यौरी ना. पछ्‌यौरो।
49133 पछ्यौरो ना. फेर मार्न वा फन्को मार्नसमेत हुने किसिमको ओढ्ने वस्त्र; दुपट्टा; उत्तरीय वस्त्र (खास्टो, बर्को आदि)।
49134 पजनी ना. सरकारी तहका कर्मचारीहरूको काम गराइको इमानदारी वा बेइमानीका आधारमा खारेजी, सरुवा, थमौती, बढुवा आदि गर्ने काम।
49135 पजनी कागज / कागत ना. सरकारी कर्मचारीको कामअनुसार थमौती, खारेजी, सरुवा, बढुवा आदिका निम्ति तिनले गरेका काम आदिको विवरणसमेत तयार पारिएको कागज।
49136 पजलो ना. १. सम्म परेको जमिन; समतल भूमि। वि.
49137 पजलो ना. २. समथर; पँजलो।
49138 पञ्च ना. १. पाँचको सङ्ख्या।
49139 पञ्च ना. २. पाँच वा त्यसभन्दा बढी भलादमीहरूको समुदाय; पञ्चभलादमी।
49140 पञ्च ना. ३. पञ्चभलादमीमध्ये एक।
49141 पञ्च ना. ४. पञ्चायतको सदस्य।
49142 पञ्चक ना. १. एकै प्रकारका पाँच वस्तुहरूको समुदाय।
49143 पञ्चक ना. २. धनिष्ठादेखि रेवतीसम्मका पाँच नक्षत्र।
49144 पञ्चक ना. ३. कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका पाँच दिन; यमपञ्चक।
49145 पञ्चक ना. ४. कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मका पाँच दिनको समय; भीष्मपञ्चक। वि.
49146 पञ्चक ना. ५. पाँच अङ्कको।
49147 पञ्च कचहरी ना. पञ्चभलादमीहरू बसेर गरिएको कुनै विषयको छलफल।
49148 पञ्चकन्या ना. अहल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरी गरी जम्मा पाँचवटी कन्याहरूको समुदाय।
49149 पञ्चकर्म ना. जप, होम, तर्पण, रुद्राभिषेक र ब्राह्मणभोजन यी पाँच पुण्य कर्म।
49150 पञ्चकिर्ती/किर्ते वि. पञ्चभलादमीले ठहराएको; पञ्चले निर्णय गरेको (मोल)।