Dictionary

All Word

48901 पग्लाही वि. पागल भएकी; बौलाएकी; हावा खुस्केकी; छटाएकी।
48902 पग्लिँदो वि . १. पग्लिन लागेको; पग्लँदो।
48903 पग्लिँदो वि . २. पित्तल, तामा आदिका भाँडामा राखिएको दही, मही आदि ज्यादै अमिलो भएर बिग्रँदो; तमतमिँदो।
48904 पग्लिनु अ.क्रि. पग्लनु।
48905 पग्ल्याइँ ना. बहुलट्टीपना; पागलपन।
48906 पग्ल्याइ ना. पग्लिने क्रिया वा प्रक्रिया।
48907 पग्ल्याहट ना. पग्ल्याइ।
48908 पघार्नु स.क्रि. १. गाई- भैँसीका थुनबाट सजिलोसँग दुध आउने पार्नु; थुनबाट कमलोसँग दुध झर्ने पार्नु; पगार्नु।
48909 पघार्नु स.क्रि. २. कठोर मनको व्यक्तिको हृदयलाई प्रार्थना आदिद्वारा दयालु बनाउनु।
48910 पघार्नु स.क्रि. ३. लोभीलाई दानी तुल्याउनु।
48911 पघार ना. १. गाईभैँसीका थुनबाट खुलस्त रूपमा दुध झर्ने क्रिया।
48912 पघार ना. २. गोरस।
48913 पघार ना. ३. दुहुनो गाई वा भैँसी।
48914 पघारा ना. थुनबाट सजिलैसित दुध झर्ने पार्नका निम्ति पाडो वा बाछालाई चुस्न लगाउने काम।
48915 पघाराइ ना. पघार्ने भाव, क्रिया वा प्रक्रिया; पगाराइ।
48916 पघारिनु क.क्रि पघार्ने काम गरिनु; पगारिनु।
48917 पघारो ना. दुध पगार्नका निम्ति गाई-भैँसीका थुनमा दलिने नौनी, घिउ आदि चिप्लो पदार्थ; पगारो।
48918 पघितो वि. हे. पगितो।
48919 पघ्रनु अ.क्रि हे. पग्रनु।
48920 पघ्राइ ना. पघ्रने क्रिया वा प्रक्रिया।
48921 पघ्राइनु क.क्रि. पघ्रने पारिनु।
48922 पघ्राउनु प्रे. क्रि पघ्रने पार्नु।
48923 पघ्रिनु अ.क्रि. पग्रिनु।
48924 पघ्य्राइ ना. पग्राइ।
48925 पघ्य्राहट ना. पग्ऱ्याहट।
48926 पङ्क ना. १. पानीले गलेको माटाको लेदो; हिलो।
48927 पङ्क ना. २. धाप; दलदल; भास।
48928 पङ्क ना. ३. दबदबे पदार्थ; लेप।
48929 पङ्क ना. ४. पाप; कलङ्क।
48930 पङ्कज ना. १. कमल वा त्यसको फूल। वि.
48931 पङ्कज ना. २. हिलामा उत्पन्न हुने वा हिलामा उत्पन्न भएको।
48932 पङ्कजासन ना. १. ब्रह्मा।
48933 पङ्कजासन ना. २. योगका चौरासी आसनमध्ये एक; कमलासन।
48934 पङ्कनरवानर ना. अश्मीभूत अस्थिअवशेषका रूपमा केन्यामा पाइएको, मानवजस्तो देखिने एक प्रकारको वानर; केन्यामानव।
48935 पङ्किल वि. १. हिलो भएको; हिले; पङ्कयुक्त।
48936 पङ्किल वि. २. मैलो; फोहोर।
48937 पङ्की ना. हिमाली प्रदेशमा प्रचलित भोटे समाजका नारीले लगाउने उनीद्वारा तयार गरिएको लुगाविशेष।
48938 पङ्क्ति १. कुनै जन्तु वा वस्तुको लाम; हार; लहर; ताँती; पाँती।
48939 पङ्क्ति २. अक्षरको लहर; हरफ।
48940 पङ्क्ति ३. दश सङ्ख्यालाई बुझाउने शब्द।
48941 पङ्क्तिबद्ध वि. लाम लागेको; ताँती लागेको; लस्कर लागेको।
48942 पङ्क्ति बीजारोपण ना. हार मिल्ने हिसाबले बिउ रोप्ने काम।
48943 पङ्क्तिरोपण ना. हार मिलाएर बोटबिरुवा रोप्ने काम; पङ्क्तिबद्ध बीजारोपण।
48944 पङ्ख ना. १. पखेटा।
48945 पङ्ख ना. २. प्वाँख।
48946 पङ्खा ना. प्वाँख, पत्र, कागज, कपडा, धातु आदिद्वारा निर्मित, हावाको वेग पैदा गर्ने वा बढाउने उपकरण; हम्कने साधन।
48947 पङ्खा फूल ना. एक मिटर अग्लो ठुलठुला भालाआकारको लामो भेटनापट्टि फुकेको हरिया पात हुने, पहेँलो फुल्ने, घोगा झैँ फल्ने र आयुर्वेदमा दाहक, पुष्टिकारक, पेटको रोग, कफ, पित्त, बान्ता, घाउ, सर्पले टोकेको आदिमा हित गर्ने बताइएको बुटीविशेष।
48948 पङ्खी ना. पक्षी; चरो; पखेरु।
48949 पङ्गु वि. १. गोडाले हिँड्न नसक्ने; लङ्गडो।
48950 पङ्गु वि. २. परिस्थितिवश नराम्रो चाल चल्न बाध्य भएको।