Dictionary

All Word

48501 नौगजा वि. २. नौ गज परिमाणको कपडाको टुक्रो।
48502 नौगेडी ना. नौवटा वा त्योभन्दा कमबेसी सुन वा मुगाका गेडी पोते, धागो आदिका बिचबिचमा उनिएको माला।
48503 नौजवान वि. १. चढ्दो उमेरको; तरुनो; पट्ठो। ना.
48504 नौजवान वि. २. नवयुवक; तरुनो मान्छे।
48505 नौजवानी ना. तरुनो अवस्था; नवयौवन।
48506 नौटङ्की ना. मेला, पर्व र हाटबजार आदिमा जनसाधारणलाई देखाइने हल्का किसिमको मनोरञ्जन गराउने नाचगान, नाटक आदि।
48507 नौतिरी ना. १. बालकहरू समूहमा मिलेर खेल्ने एक खेल।
48508 नौतिरी ना. २. पासाको खेलमा नौ (छ-तीन र चरीपन्जा) परेमा तिर्ने र तेह्र (एघार-दुई र पोट बाह्र ) परेमा खाने दाउको खेल।
48509 नौनाडी / नौनारी ना. १. शारीरिक शक्ति।
48510 नौनाडी / नौनारी ना. २. शरीरका सबै अङ्ग।
48511 नौनी ना. दही वा दुध मथेर निकालिएको सार; मक्खन; नतताइएको घिउ।
48512 नौपोके ना. गाईभैँसी बियाएपछि पहिलो छाकको बिगौती ठुला पातमा बेरेर नौ पोका पारी दलिन वा निदालको खाँदमा घुसारेर देउतालाई छुट्ट्याइने भाग।
48513 नौबङ्गी ना. नयाँ बाली पाकेपछि पूर्वी तराईका धिमाल जातिले मनाउने एक उत्सव; न्वागी।
48514 नौबत ना. १. कुनै अवाञ्छित घटना घट्ने वा घटेको स्थिति; अनिष्ट स्थिति।
48515 नौबत ना. २. खराब हालत; दुर्दशा।
48516 नौबत ना. ३. दरबार वा मन्दिरको मूल ढोकामा प्रतिदिन नियमित रूपले बजाइने माङ्गलिक बाजा; नौमती बाजा।
48517 नौबतखाना ना. दरबार वा मन्दिरको मूल ढोकामाथि रहेको दिनहुँ माङ्गलिक बाजा बजाइने कोठा।
48518 नौबिसे वि. १. नौबिस मुरी माटो भएको (आबादी जग्गा)।
48519 नौबिसे वि. २. एक सय असी सङ्ख्याको। ना.
48520 नौबिसे वि. ३. त्रिभुवन राजपथमा पर्ने एक स्थान।
48521 नौबोडी ना. १. सवा बिसौली; सवा धार्नी।
48522 नौबोडी ना. २. पाँच सेर बराबरको नापो।
48523 नौमती ना. १. नौबत।
48524 नौमती ना. २. भारतका प्रसिद्ध वाद्यवादक नौबत खाँको सम्झनामा नामकरण गरिएका केही बाजाहरू (ढोलक, ट्याम्को, सनही, तुरही, कर्नाल इ.)।
48525 नौमुरी वि. धेरै; प्रशस्त; थुप्रै।
48526 नौरङ्गी वि. १. नौ वा त्योभन्दा धेरै रङ भएको; अनेक रङ्गको।
48527 नौरङ्गी वि. २. धेरै किसिमको। ना.
48528 नौरङ्गी वि. ३. टाउको कुखुराको, हात मान्छेको, पुच्छर सर्पको र यस्तै विभिन्न अङ्ग मिसिएर बनेको काल्पनिक प्राणी; नवकुञ्जर।
48529 नौरङ्गे ना. १. नेपालको राष्ट्रिय पन्छी; डाँफे। वि.
48530 नौरङ्गे ना. २. नौ रङ्ग भएको।
48531 नौरथा ना. आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मका दिन; विजया दशमीपूर्वका नौ दिन; नवरथा।
48532 नौलखा वि. नौ लाख रुपियाँ पर्ने वा बहुमूल्य।
48533 नौलखा मणि ना. एक बहुमूल्य मणि।
48534 नौलखा हार ना. एक बहुमूल्य हार।
48535 नौलाखी वि. नौ लाख रुपियाँ पर्ने; बहुमूल्य।
48536 नौली वि. १. भर्खर घरमा आएकी; नयाँ (स्त्री)।
48537 नौली वि. २. भर्खरै परिचित भएकी (स्त्री)।
48538 नौली वि. ३. अपरिचित; नचिनेकी (स्त्री)।
48539 नौलो वि. १. पहिले नदेखेको; भर्खरै मात्र आएको (पुरुष )।
48540 नौलो वि. २. नयाँ; नवीन।
48541 नौलो वि. ३. हालसालै चिनजान भएको; भर्खरै परिचित।
48542 नौलो वि. ४. अपरिचित; चिनजान नभएको। ना.
48543 नौलो वि. ५. धामीका एक देउता।
48544 नौलोपौलो वि. नयाँ; भर्खरको।
48545 नौल्याइँ ना. नौलोपन; नवीनता।
48546 नौशक्ति ना. नौसेनाको शक्ति; समुद्री अभियानको शक्ति।
48547 नौसादर ना. एक प्रकारको फस्को र कडा क्षार पदार्थ।
48548 नौसिन्दा ना. अड्डाअदालतको तल्लो दर्जाको कारिन्दा कर्मचारी।
48549 नौसेना ना. समुद्री जहाजको माध्यमबाट युद्ध गर्ने फौज; जलसेना।
48550 नौसेना सेनापति ना. नौसेनाको हाकिम।