Dictionary

All Word

48451 नैरन्तर्य ना. लगातार भइरहने स्थिति वा भाव; अविच्छिन्नता; निरन्तर हुनाको भाव; सातत्य; निरन्तरता।
48452 नैराश्य ना. आशा क्षीण हुनाको भाव; निराशा भएको स्थिति; निराशा।
48453 नैर्ऋत वि. १. निर्ऋतिसम्बन्धी। ना.
48454 नैर्ऋत वि. २. नैर्ऋत्य।
48455 नैर्ऋती ना. नैर्ऋत्य-कोण।
48456 नैर्ऋत्य ना. १. दश दिशामध्ये एक; दक्षिण-पश्चिम बिचको कुनो; नैर्ऋत्य दिशा।
48457 नैर्ऋत्य ना. २. नैर्ऋत्य दिशाको अधिष्ठाता देवता; निऋति।
48458 नैवेद ना. देवतालाई अर्पिएको खाद्य वस्तु; भगवान्लाई भोग लगाइएको खाद्य पदार्थ; नैवेद्य।
48459 नैवेद्य ना. नैवेद।
48460 नैषध ना. १. निषध देशका भारतीय राजा; नल राजा।
48461 नैषध ना. २. कवि श्रीहर्षद्वारा रचित प्रसिद्ध महाकाव्य।
48462 नैषध ना. २. निष्काम भावले गरिएको कर्म।
48463 नैसर्गिक वि. स्वभावसिद्ध; स्वाभाविक; प्राकृतिक।
48464 नैष्ठिक वि. निष्ठा भएको; ईश्वरीय पूजाआजा गर्ने; स्वधर्मनिर्देशित आचरणको अनुसरण गर्ने; निष्ठाकर्म गर्ने; निष्ठावान्।
48465 नोकर ना. १. कुनै सानोतिनो घरायसी काम गराउन मासिक तलब दिएर वा खानपिन गराएर राखिएको व्यक्ति।
48466 नोकर ना. २. सेवक; चाकर।
48467 नोकर ना. ३. कमारो; दास।
48468 नोकरचाकर ना. नोकरहरूको जत्था वा समूह; नोकरीमा लाग्ने र चाकरी गर्ने व्यक्ति; सेवकगण।
48469 नोकरसाही ना. १. वेतनभोगी कर्मचारीहरूद्वारा नै सञ्चालित शासन-प्रबन्ध
48470 नोकरसाही ना. २. आश्रयदाता व्यक्तिविशेषको पूर्णत: चाकरी गर्ने प्रवृत्ति।
48471 नोकरान ना. नोकरहरूको समुदाय; सेवकगण।
48472 नोकरी ना. १. तलब लिएर गरिने काम; जागिर।
48473 नोकरी ना. २. सेवा।
48474 नोकरी कर ना. नोकरी पाएबापत वा नोकरीमा रहेसम्म तलबको प्रतिशतको रूपमा लाग्ने शुल्क।
48475 नोक्सान ना. १. हानि; क्षति; न्यूनता।
48476 नोक्सान ना. २. कमी।
48477 नोक्सान ना. ३. घाटा; ड्याक।
48478 नोकसानी ना. १. नोक्सान; टुट्टा; घाटा। वि.
48479 नोकसानी ना. २. नोक्सान भएको।
48480 नोजल ना. १. पानी भर्ने ट्याङ्कीमा हुने प्वाल भएको एक यन्त्र।
48481 नोजल ना. २. पम्पिङ सेट, गाडी आदिमा तेल हाल्ने चुच्चे अङ्ग।
48482 नोट ना. १. अधिकृत पुँजी धरौटी सुरक्षित राखी अधिकारप्राप्त ब्याङ्क वा सरकारबाट चलाइएको कागजी मुद्रा।
48483 नोट ना. २. कुनै कुराको सम्झनाका लागि लेखिएको छोटकरी लेख; टिप्पणी।
48484 नोट ना. ३. कुनै ग्रन्थ, वाक्य वा शब्दबारे लेखिएको सरलीकृत अर्थ; टीका।
48485 नोट बुक ना. महत्त्वपूर्ण कार्य वा घटनाको टिपोट गर्ने सानो कापी; टिपोट-पुस्तिका।
48486 नोबटाँ ना. डकर्मी र सिकर्मीले गारो अथवा थामको कोण मिलाउन प्रयोग गर्ने साधन; बटाम।
48487 नोबेल पुरस्कार ना. भौतिक विज्ञान, रसायनशास्त्र, अर्थशास्त्र, शरीरविज्ञान, औषधविज्ञान, साहित्य र शान्तिजस्ता क्षेत्रमा उल्लेखनीय योगदान गर्ने, विश्वका जुनसुकै व्यक्तिलाई प्रतिवर्ष छुट्टाछुट्टै प्रदान गरिने स्विडेनका नागरिक अल्फ्रेड वर्नहार्ड नोबेलद्वारा सन् १९०१ मा स्थापित विश्वप्रसिद्ध पुरस्कार।
48488 नोभेम्बर ना. ग्रेगोरी पात्रोअनुसार वर्षचक्रको एघारौँ महिना; कार्तिक आधाआधीदेखि मङ्सिर आधाआधीसम्ममा पर्ने इस्वी संवत्को तिस दिनको महिना।
48489 नोल ना. १. दुई टुप्पामा खर्पन वा त्यस्तै अरू भारी झुन्ड्याई काँधमा बोकिने काठ वा बाँसको मोटो दण्डी।
48490 नोल ना. २. लिउन, वज्र आदि लगाएका ठाउँमा सम्म्याउने वा घोट्ने काठको साधन।
48491 नौ ना. १. आठ र एक जोड्दा हुने सङ्ख्या; ९ को अङ्क। वि.
48492 नौ ना. २. नौ सङ्ख्यामा पर्ने वा आठपछिको अङ्कको।
48493 नौ ना. १. नाउ; डुङ्गा।
48494 नौ ना. २. पानीजहाज; नौका।
48495 नौका ना. १. नाउ; डुङ्गा।
48496 नौका ना. २. पोत; पानीजहाज।
48497 नौकाश्रय ना. जहाज अड्याउने जलाशय; बन्दरगाह; घाट।
48498 नौकरी ना. बत्तीमा होमिन आउने किरो; मोथ।
48499 नौगङ्गा ना. चाहिएजति; प्रशस्त; धेरै।
48500 नौगजा वि. १. नौ गज भएको; अठार हात भएको (कपडा)। ना.