Dictionary

All Word

48201 नीलाम्बर ना. १. निलो कपडा।
48202 नीलाम्बर ना. २. बलराम। वि.
48203 नीलाम्बर ना. ३. निलो कपडा पहिरने।
48204 नीलाम्बुज ना. नीलकमल।
48205 नीलाम्मे वि. सम्पूर्ण निलो भएको; निलैनिलो।
48206 नीलालु ना. कालीढकायो ( एक बुटी)।
48207 नीलिम वि. निलो-निलो वर्णको।
48208 नीलिमा ना. १. निलोपन; निलो भएको अवस्था।
48209 नीलिमा ना. २. निलो।
48210 नीलो तुथो ना. हे. निलोतुथो।
48211 नीलो वि. हे. निलो।
48212 नीलोपल ना. नीलमणि।
48213 नीवार ना. १. तिना धान; मुनिधान्य।
48214 नीवार ना. २. नाभोबाट उत्पन्न धान।
48215 नीवार ना. ३. वनजङ्गलमा खेती नै नगरी उब्जेको धान।
48216 नीवी ना. १. धोती वा फरियाको मुजो।
48217 नीवी ना. २. धोती वा फरियाको मुजो बाँध्ने डोरी; इँजार।
48218 नीवी ना. ३. गुठीका रूपमा राखिएको सम्पत्ति।
48219 नीहार ना. कुहिरो।
48220 नीहारिका ना. १. कुहिरो।
48221 नीहारिका ना. २. बादल।
48222 नीहारिका ना. ३. आकाशगङ्गा; घाङ बादल।
48223 नुकता ना. तलथोप्ली (उदा.- व, आदि वर्णको पुछारको थोप्लो)।
48224 नुगाइ ना. नुगाउने क्रिया-प्रक्रिया।
48225 नुगाइनु क.क्रि. झुकाइनु।
48226 नुगाउनु स.क्रि. झुकाउनु; नुहाउनु; निहुराउनु।
48227 नुगिनु अ.क्रि. झुकिनु; झुक्ने होइनु।
48228 नुत वि. १. नमस्कार गरिएको; ढोगिएको।
48229 नुत वि. २. प्रशंसा गरिएको; स्तुत्य।
48230 नुति ना. १. नमस्कार; प्रणाम।
48231 नुति ना. २. प्रशंसा; स्तुति।
48232 नुन ना. प्राय: दाल, तरकारी आदिलाई स्वादिष्ट बनाउन प्रयोग गरिने, समुद्री पानीबाट वा खानीबाट निस्कने एक प्रकारको क्षार पदार्थ; निमक; लवण।
48233 नुनचुक ना. १. नुन र चुकको सम्मिश्रण।
48234 नुनचुक ना. २. कुनै वेदना वा चोटमाथि थपिएको चोट।
48235 नुनढिकी ना. १. नुनको डल्लो।
48236 नुनढिकी ना. २. टुप्पातिर फराकिलो लाम्चा पात हुने पहेँला फूल फुल्ने र हरिया साना फल फल्ने, आयुर्वेदमा आँखाको रोग, खटिरा र कुष्ठरोग नाश गर्ने भनी बताइएको एक जातको भुईँझार।
48237 नुनतेल छुवाइ ना. विशेष गरेर मरणको आशौचमा दिन पुगेपछि शुद्धिका लागि नुनतेल छोएर तामाङहरूको चोखिने कर्म।
48238 नुनिया ना. चिसोको प्रभावले माटोबाट निस्कने एकथरी सेतो नुनिलो पदार्थ; सोडा।
48239 नुनिलो वि. नुन हालिएको; नुन भएको; नुनको स्वाद आएको।
48240 नुनु ना. निदाउने काम; सुत्ने काम; निनी; चिउँ।
48241 नुने वि. १. नुन हालिएको; नुन बढी भएको; चर्को।
48242 नुने वि. २. नुनसम्बन्धी; नुनको।
48243 नुने जाउलो ना. प्रायः केटाकेटी र बिरामीले खाने नुन, बेसार, अदुवा आदि हाली गिलो गरी पकाइएको जाउलो वा भात।
48244 नुने ब्याज ना. एक रुपियाँ साँवाको प्रतिमहिना एक माना नुन लिने, म्याद नाघेमा डबलिँदै जाने पुरानो रीतिअनुसारको ब्याज।
48245 नुप्से ना. नेपालको सोलुखुम्बु जिल्लामा पर्ने ७,८७९ मिटर अग्लो एक हिमाली पर्वतश्रेणी।
48246 नुवाकोट ना. १. नेपालको बाग्मती अञ्चलमा पर्ने एक जिल्ला।
48247 नुवाकोट ना. २. त्यस जिल्लाको सदरमुकाममा रहेको एक ऐतिहासिक किल्ला भएको ठाउँ।
48248 नुवाकोट ना. ३. गण्डकी अञ्चलको स्याङ्जा जिल्लामा पर्ने एक पुरानो ऐतिहासिक किल्ला।
48249 नुवागी ना. हरेक वर्ष नयाँ धानबाली पाकेपछि काँचो चामल र दही, केरा आदि एकै ठाउँ मिलाई मुछेर देवता तथा पितृहरूलाई चढाई पछि आफूले खाइने दही-चामल; नवान्न-प्राशनको वस्तु; न्वागी।
48250 नुहाइ ना. १. नुहाउने कार्य; स्नान।