Dictionary

All Word

47601 निर्लेप वि. निर्लिप्त।
47602 निर्लोभ वि. लोभ नभएको; सन्तोषी; लालच नगर्ने।
47603 निर्वंश वि. वंश वा कुल नभएको; निस्सन्तान।
47604 निर्वचन वि. १. वचन वा बोली नभएको; चुप रहने; मौन। ना.
47605 निर्वचन वि. २. शब्द वा वाक्यबारे व्याकरणअनुसार गरिने व्युत्पत्ति; भाष्य।
47606 निर्वस्त्र वि. कुनै पनि वस्त्र नपहिरेको; लुगा नलगाएको; नाङ्गो।
47607 निर्वहण सन्धि ना. संस्कृत साहित्यशास्त्रअनुसार नाटक आदिमा कार्य र फलागमको योगबाट बीज सफलीभूत भई प्रयोजन सिद्ध भएका अवस्थाको भाग।
47608 निर्वाचक वि. १. छानबिन गरेर चाहिएको व्यक्ति वा वस्तु चुन्ने; निर्वाचन गर्ने। ना.
47609 निर्वाचक वि. २. चुन्ने व्यक्ति; निर्वाचन गर्ने वा गराउने अधिकारी।
47610 निर्वाचक मण्डल ना. राष्ट्रपति वा यस्तै महत्त्वपूर्ण पदमा आसी हुने व्यक्तिको चुनाउ गर्न आम जनताबाट चुनिएका व्यक्तिहरूको समूह।
47611 निर्वाचन ना. १. प्रायः प्रजातान्त्रिक मुलुकको विधायिकाका विभिन्न निकायमा प्रतिनिधित्व गर्ने व्यक्ति वा व्यक्तिहरूलाई त्यसै मुलुकका आम बालिग जनताले मतदानद्वारा चुन्ने काम; कुनै काम वा पदका लागि मतदान गरेर चाहेअनुसारको व्यक्ति छान्ने काम; चुनाउ; चुनाव; चयन; छनोट।
47612 निर्वाचन ना. २. धेरैमा ठिक बेठिक छुट्ट्याएर गरिने छनोट; विवेचन।
47613 निर्वाचन अधिकारी ना. निर्वाचन आयोगबाट चुनाव गराउन तथा विशेष रेखदेख गर्न खटिएको व्यक्ति।
47614 निर्वाचन अपराध ना. निर्वाचन नियमावलीअनुसार चुनावका सम्बन्धमा निषेध गरिएका काम वा कुरा।
47615 निर्वाचन आयोग ना. संविधानअनुसार राष्ट्रिय विधायिकाको चुनाव सम्पन्न गराउने कार्यालय (इलेक्सन कमिसन)।
47616 निर्वाचन उम्मेदवार ना. निर्वाचन वा चुनाव लड्ने उम्मेदवार।
47617 निर्वाचन एजेन्ट ना. निर्वाचन वा चुनावका काममा उम्मेदवारले आफ्नो हितको हेरविचार गर्न खटाएर पठाउने आफ्नो प्रतिनिधि।
47618 निर्वाचन क्षेत्र ना. चुनाव गराइने ठाउँको सीमाक्षेत्र।
47619 निर्वाचन परिणाम ना. कुनै क्षेत्रको प्रतिनिधित्व गराउने गरी भएको चुनावको नतिजा; चुनावमा हारजितको निर्णय।
47620 निर्वाचित वि. मतद्वारा छानिएको; निर्वाचन भएको; चुनिएको।
47621 निर्वाण ना. १. आत्माले जन्ममरणको चक्रबाट छुटकारा पाउने कार्य; मोक्ष; मुक्ति।
47622 निर्वाण ना. २. निभ्ने काम। वि.
47623 निर्वाण ना. ३. मरेको; मृत।
47624 निर्वाण ना. ४. निभेको; बल्न छाडेको।
47625 निर्वाण ना. ५. मोक्ष प्राप्त भएको; मुक्त।
47626 निर्वास ना. आफ्नो मुलुकबाट निकाल्ने काम; देशनिकाला।
47627 निर्वासन ना. देशनिकाला; कुनै मुलुक वा राष्ट्रबाट निकाल्ने काम; निर्वास।
47628 निर्वासित वि. निर्वासन गरिएको; देशबाट निकालिएको; मुलुकबाट धपाइएको।
47629 निर्वास्य वि. देशनिकाला गर्न लायक; निर्वासनयोग्य।
47630 निर्वाह ना. १. गाँस, बास र कपासको न्यूनतम आवश्यकताको जसोतसो पूर्ति हुँदै गएको अवस्था; तडकभडक नगरीकन सामान्य रूपले चलेको जीविका।
47631 निर्वाह ना. २. कामचलाउ स्थिति; गुजारा।
47632 निर्वाह ना. ३. पालनपोषण; आश्रय।
47633 निर्वाह भत्ता ना. सामान्य आजीविका चलाउन लगातार दिइने निर्धारित रकम।
47634 निर्विकल्प वि. १. अवान्तर भेद नभएको; विकल्प नहुने।
47635 निर्विकल्प वि. २. निश्चित; अपरिवर्तनीय।
47636 निर्विकल्पक ना. वेदान्त दर्शनअनुसार ज्ञाता र ज्ञेयको भेद नभई दुवै एक हुने स्थिति; तत्त्वज्ञान।
47637 निर्विकल्पक समाधि ना. वेदान्तका अनुसार ज्ञान, ज्ञाता, ज्ञेय आदि भेद नभई ज्ञानात्मक सच्चिदानन्द ब्रह्मबाहेक अरू केही प्रत्यक्ष हुने समाधिविशेष।
47638 निर्विकार वि. १. विकार नहुने; बाह्य प्रभाव परे पनि कुनै विकृति देखा नपर्ने।
47639 निर्विकार वि. २. रूपान्तरमा नजाने; नबदलिने; अपरिवर्तित।
47640 निर्विघ्न वि. १. बिचमा कुनै बाधा अड्को नपरेको; विघ्नरहित; निर्बाध। क्रि.वि.
47641 निर्विघ्न वि. २. कुनै किसिमको विघ्नबाधा नपरीकन; सजिलैसित।
47642 निर्विचार वि. १. विचार नभएको; सोचविचार गर्न नसक्ने। ना.
47643 निर्विचार वि. २. योगशास्त्रका अनुसार सूक्ष्म आलम्बनमा तन्मय हुँदा आलम्बनको नाम र सङ्केत आदिको समेत ज्ञान नभई आकारको मात्र ज्ञान हुने सबीज समाधि।
47644 निर्वितर्क वि. कुनै पनि तर्क गर्न नसकिने; विवाद गर्न नसकिने; निर्विवाद।
47645 निर्विद्य वि. विद्या नपढेको; अनपढ; अपठित; मूर्ख; स्वाँठ।
47646 निर्विरोध वि. १. विरोध नभएको; कहीँ कुनै पक्षबाट पनि आपत्ति नउठाइएको। क्रि.वि.
47647 निर्विरोध वि. २. बिना कुनै विरोध; विरोध नभईकन।
47648 निर्विवाद वि. १. विवाद नभएको; कुनै प्रकारको झैझगडा नभएको।
47649 निर्विवाद वि. २. सबैद्वारा स्वीकृत; सर्वमान्य। क्रि.वि.
47650 निर्विवाद वि. ३. विवाद नभईकनै।