Dictionary

All Word

47451 निर्णयात्मकता ना. निर्णयात्मक हुनाको भाव, क्रिया वा स्थिति।
47452 निर्णायक वि. १. कुनै दुई पक्षका बिच टुङ्गो लगाउने; निर्णयमा पुऱ्याउने (शक्ति, मत इ.)।
47453 निर्णायक वि. २. निर्णय गर्ने; निश्चय गरिदिने।
47454 निर्णीत वि. निर्णय गरिएको; निश्चित; टुङ्गो लागेको।
47455 निर्णेता वि. निर्णय दिने; निर्णायक (व्यक्ति)।
47456 निर्दन्त वि. १. दाँत झरेको; दाँत नभएको।
47457 निर्दन्त वि. २. पूर्ण दशमासा।
47458 निर्दम्भ वि. सेखी नगर्ने; दम्भ नभएको; निरभिमानी।
47459 निर्दय वि. दया नभएको; अर्काको दुःख हटाउन नचाहने; निठुरी।
47460 निर्दयता ना. निठुरीपन।
47461 निर्दयी वि. दया नभएको।
47462 निर्दल वि. १. कुनै पार्टी नभएको; दलविहीन।
47463 निर्दल वि. २. पात नभएको।
47464 निर्दलीय वि. कुनै राजनीतिक दल वा पार्टी नभएको; दलविहीन।
47465 निर्दलीयता ना. निर्दलीय हुनाको भाव, अवस्था वा स्थिति; दल वा पार्टीको अभाव; दलविहीनता।
47466 निर्दलीय व्यवस्था ना. कुनै राजनीतिक दल नभएको व्यवस्था वा शासन-प्रणाली (पञ्चायती व्यवस्था)।
47467 निर्दिष्ट वि. १. निर्देश गरिएको; बताइएको; तोकिएको।
47468 निर्दिष्ट वि. २. निर्णय दिइएको; निश्चित।
47469 निर्देश ना. १. अह्रोट; आज्ञा; आदेश।
47470 निर्देश ना. २. कुनै कामकुराबारे विशेष रूपले दिइने आदेश।
47471 निर्देश ना. ३. उल्लेख; उल्लिखित।
47472 निर्देश ना. ४. वर्णन; वृत्तान्त।
47473 निर्देश पत्र ना. कुनै आदेश वा निर्देशन पालना गर्न लेखिएको पत्र; औषधी सेवन गर्ने तरिका लेखिएको कागज (प्रेस्त्रिकप्सन)।
47474 निर्देशक वि. १. निर्देशन दिने; काममा खटाउने। ना.
47475 निर्देशक वि. २. कुनै विभाग वा कार्यालयको प्रमुख सञ्चालक; कुनै संस्थाको मुख्य अधिकारी; डाइरेक्टर।
47476 निर्देशक समिति ना. कुनै कार्यबारे निर्देशन दिन गठित समिति।
47477 निर्देशक सिद्धान्त ना. प्रशासनिक नीतिसम्बन्धी सिद्धान्त।
47478 निर्देशन ना. १. निर्देश गर्ने काम; कुनै काममा कुशलतापूर्वक प्रवृत्त गराउने कार्य।
47479 निर्देशन ना. २. अह्रोट; आज्ञा।
47480 निर्देशनालय ना. कुनै कार्यका निम्ति निर्देशन दिने ठाउँ वा कार्यालय; निर्देशकको कार्यालय।
47481 निर्देशन विभाग ना. निर्देशन दिने विभाग।
47482 निर्देशित वि. निर्देश गरिएको; निर्दिष्ट।
47483 निर्देष्टा वि. अह्राउने; निर्देशन गर्ने; कुनै काममा सक्रिय गराउने।
47484 निर्दो वि. हे. निर्धो।
47485 निर्दोष वि. १. दोष नभएको; निष्कलङ्क; गल्ती नभएको।
47486 निर्दोष वि. २. अपराध नगरेको; निरपराध।
47487 निर्दोषता ना. दोष वा अपराधको अभाव।
47488 निर्दोषी वि. निर्दोष।
47489 निर्द्वन्द्व वि. १. कुनै प्रतिद्वन्द्वी नभएको विरोधी नभएको; द्वन्द्वहीन।
47490 निर्द्वन्द्व वि. २. आफूखुसी गर्ने; स्वच्छन्द।
47491 निर्द्वन्द्व वि. ३. राग, द्वेष, मान,अपमान आदि सांसारिक क्रियाकलापदेखि निवृत्त भएको।
47492 निर्द्वन्द्व वि. ४. चिसो- तातो; सुख-दुःख आदि द्वन्द्वात्मक धारणाको प्रभावदेखि मुक्त भएको; वीतराग।
47493 निर्धक्क वि. १. डर वा त्रास नभएको; धक नमान्ने; सङ्कोच नमान्ने।
47494 निर्धक्क वि. २. निश्शङ्क। क्रि.वि.
47495 निर्धक्क वि. ३. कुनै धक नमानीकन; निस्फिक्रीसँग।
47496 निर्धन वि. धन नभएको; कुनै जायजेथा नदेखिएको; गरिब; दरिद्र।
47497 निर्धनता ना. दरिद्रता; गरिबी।
47498 निर्धनी वि. दरिद्र।
47499 निर्धारक वि. १. कुनै विषयबारे यही हो भनी किटान गर्ने; तोक्ने; निर्धारण गर्ने।
47500 निर्धारक वि. २. निर्णायक।