Dictionary

All Word

47001 निमोठ्याइनु क.क्रि. निमठ्याइनु।
47002 निमोठ्याउनु प्रे. क्रि. निमठ्याउनु।
47003 निमोठ्याहट ना. निमोठ्याइ।
47004 निमोनियाँ ना. छातीभित्र चिसो पसेर फोक्सो सुनिई दम र ज्वर आउने कडा रोग; ठन्डी घुसेर ज्वर आउने रोगविशेष; दग्धी।
47005 निम्की ना. १. नुन मिलाई तयार गरिएको मैदाको रोटी वा कुट्के रोटी; नमकिन।
47006 निम्की ना. २. कागतीमा नुन; बिरेनुन र मसला हाली वा नहाली बनाइएको एक प्रकारको अचार।
47007 निम्छरो वि. १. धन, बुद्धि, विद्या आदि सबै कुराबाट नाजुक स्थितिको; कमजोर।
47008 निम्छरो वि. २. दुब्लो-पातलो; निर्बलियो।
47009 निम्जो ना. काम आदिको आरम्भ; थालनी; थाल्नी; श्रीगणेश; खेवारा।
47010 निम्ठिनु अ.क्रि. निम्ठो हुनु; भरिनु; पूरै भरिनु।
47011 निम्ठो ना. १. माना, पाथी, आदि नापोमा झुसी नभई केवल बिटसम्म पुगेको भराइ, भाँडामा चुलिएको अन्न आदिको भाग छप्का काटेर बिट बराबर रहेको नापो। वि.
47012 निम्ठो ना. २. उक्त नापो बराबरको।
47013 निम्ठ्याइ ना. निम्ठो पार्ने क्रिया वा प्रक्रिया।
47014 निम्ठ्याइनु क.क्रि. निम्ठो तुल्याइनु।
47015 निम्ठ्याउनु स.क्रि. / प्रे. क्रि. निम्ठो तुल्याउनु।
47016 निम्तारु/निम्तारो / निम्तालु वि. १. निम्तोमा आउने। ना.
47017 निम्तारु/निम्तारो / निम्तालु वि. २. निम्तोमा आउने व्यक्ति।
47018 निम्ति ना. यो. लागि; खातिर; निमित्त (उदा.- रामका निम्ति कृष्णले के पो गर्न बाँकी राख्यो र !)।
47019 निम्तिनु अ.क्रि. निम्तो पाइनु; निम्तोमा पारिनु; निम्त्याइनु।
47020 निम्तो ना. विवाह, धार्मिक यज्ञ आदि शुभ कार्य र अन्य कार्यमा सामेल हुनका लागि बोलाउने काम; निमन्त्रण।
47021 निम्तो पत्र ना. निमन्त्रणपत्र।
47022 निम्त्याइ ना. निम्त्याउने क्रिया वा प्रक्रिया।
47023 निम्त्याइनु क.क्रि. निम्तो गरिनु; निम्ता दिइनु।
47024 निम्त्याउनु स.क्रि. कुनै उत्सव वा कार्यमा बोलाउनु; निम्तो गर्नु; निम्तनु।
47025 निम्त्याहट ना. निम्त्याइ।
47026 निम्न वि. देहायको; तलतिरको; तल्लो।
47027 निम्नअनुसार क्रि.वि. तल भएबमोजिम।
47028 निम्नगा ना. तलतिर बग्ने नदी।
47029 निम्न पुरापाषाण ना. प्रागैतिहासिक पुरातत्त्वका अनुसार पुरापाषाणका तीन विभाजनमध्ये पहिलो विभाजन; प्राकचेलियन, चेलियन र अश्योल मानवले प्रयोग गरेका पाषाण-उपकरण पाइएको समय।
47030 निम्न माध्यमिक वि. प्राथमिक तहभन्दा माथिल्लो र माध्यमिक तहभन्दा तल्लो (पाठशाला आदि)।
47031 निम्न माध्यमिक विद्यालय ना. निम्न माध्यमिक तहसम्म पढाइ हुने विद्यालय; नि. मा. वि।
47032 निम्नलिखित वि. तल लेखिएको; निम्नाङ्कित।
47033 निम्नवर्ग ना. तल्लो वर्ग; धन वा जातको दृष्टिले पिछडिएको वर्ग।
47034 निम्नोदर वि. १. वृत्तको पेटको भाग भित्र पसेको; कोप्रिएको। ना.
47035 निम्नोदर वि. २. तल्लो पेट।
47036 निम्नोदर वि. ३. पाठेघर।
47037 निम्नोन्नत वि. होचो-अग्लो परेको; नमिलेको; उबडखाबड (जमिन )।
47038 निम्फु गुम्बा ना. नेपालको मुस्ताङ जिल्लामा अवस्थित, कालीगण्डकीको मुहानभन्दा तलतिर पूर्वपट्टिको उपत्यकाबाट ३०५ मिटरजति अग्लो डाँडामा रहेको एक गुम्बा।
47039 निम्ब ना. नगण, सगण र यगण भएको वार्णिक छन्दविशेष।
47040 निम्ब ना. ससाना पात हुने, तितो प्रकृतिको, प्रायः औषधीका लागि उपयुक्त रुख; निमको बोट।
47041 निम्बार्क ना. १. भारतको वृन्दावनमा रहने एक प्रसिद्ध वैष्णव आचार्य।
47042 निम्बार्क ना. २. उनैले चलाएको मत वा सम्प्रदाय।
47043 निम्बार्की वि. निम्बार्कको अनुयायी।
47044 निम्बू ना. १. निबुवा; अमिलो।
47045 निम्बू ना. २. कागती।
47046 निम्सरो वि. निम्नस्तर; धन, बल, स्वास्थ्य आदि दृष्टिले कमजोर; निर्धो; दुर्बल; निम्छरो।
47047 नियत ना. १. आन्तरिक लक्ष्य; भित्री उद्देश्य।
47048 नियत ना. २. इरादा; मनसुबा; मनसाय।
47049 नियत वि. १. नियम, कानुन, प्रथा वा बन्देज आदिद्वारा सीमित गरिएको; नियमबद्ध।
47050 नियत वि. २. तोकिएको; निश्चित; निर्धारित।