Dictionary

All Word

46951 निमठ्याउनु प्रे. क्रि. निमठ्न लाउनु; निमोठ्याउनु।
46952 निमठ्याहट ना. निमठिने भाव, अवस्था वा क्रिया; निमठ्याइ।
46953 निमन ना. १. औषधीको प्रभाव आदिले शारीरिक रोग कम हुँदै गएको अवस्था; निको; सन्चो। वि.
46954 निमन ना. २. असल; बेस।
46955 निमन ना. ३. सफा; शुद्ध; चोखो।
46956 निमन्त्रक वि. १. विवाह वा अन्य यस्तै उत्सवमा बोलाउने; निम्तो दिने; निमन्त्रणा गर्ने। ना.
46957 निमन्त्रक वि. २. निम्त्याउने व्यक्ति।
46958 निमन्त्रण ना. कुनै उत्सव आदिमा सामेल हुन बोलाउने काम; निमन्त्रणा।
46959 निमन्त्रण पत्र ना. निम्तो पठाउने कार्ड वा चिठी।
46960 निमन्त्रणा ना. भोज, विवाह, उत्सव आदि कार्यमा कुनै व्यक्तिलाई निर्धारित समय र स्थानमा उपस्थित हुन गरिने अनुरोध; निम्तो; निमन्त्रण।
46961 निमन्त्रणा पत्र ना. निम्तो पठाउने कार्ड वा चिठी; निमन्त्रणपत्र।
46962 निमन्त्रित वि. निम्त्याइएको; बोलाइएको; निम्तो गरिएको।
46963 निमारो ना. तिमिलो; नेभारो; निबारो; बेडु।
46964 निमिट्यान्न वि. १. जो भएको सबै सकिएको; पूरै समाप्त। ना.
46965 निमिट्यान्न वि. २. पूर्ण समाप्ति।
46966 निमित्त ना. १. कुनै घटना वा कार्यको आदि हेतु; कारण।
46967 निमित्त ना. २. उत्तेजना।
46968 निमित्त ना. ३. ध्येय; लक्ष्य; उद्देश्य।
46969 निमित्त ना. ४. लक्षण; प्रतिक्रिया।
46970 निमित्त ना. ५. भाग्यअनुसारको अन्तिम परिणाम। ना. यो.
46971 निमित्त ना. ६. निम्ति; लागि (यसनिमित्त, त्यसनिमित्त आदि)। क्रि.वि.
46972 निमित्त ना. ७. लागि (उदा.- ऊ मेरा निमित्त काम गर्छ )।
46973 निमित्त कारण ना. कार्यसँगै नगाँसिने तर सो कार्यका लागि आवश्यक कारण (जस्तै- घडा बनाउने चक्का, कुमाले आदि)।
46974 निमिष ना. १. आँखा झिम्क्याउने प्रक्रिया; पलक; निमेष।
46975 निमिष ना. २. आँखा झिम्म गर्दा लाग्ने समय; क्षण; समयको ज्यादै सानो एकाइ।
46976 निमीलन ना. १. परेला ढप्काउने वा पलक झुकाउने काम; आँखाचिम्लाइ।
46977 निमीलन ना. २. निमिष।
46978 निमीलन ना. ३. मरण; मृत्यु।
46979 निमीलित वि. १. परेला ढप्किएको; आँखा चिम्लिएको।
46980 निमीलित वि. २. मरेको; बितेको।
46981 निमुखा/निमुखो वि. १. अज्ञान, धक, लाज आदिका कारणले मौकामा बोल्न नसक्ने; सिधासाधा।
46982 निमुखा/निमुखो वि. २. अशक्त; निर्धो।
46983 निमुखा/निमुखो वि. ३. साधनहीन; शक्तिहीन।
46984 निमुखा/निमुखो वि. ४. अनाथ।
46985 निमेक ना. १. नुन; लवण।
46986 निमेक ना. २. पारिश्रमिक; ज्याला; मजुरी।
46987 निमेक ना. ३. मेलो; लग।
46988 निमेक हराम ना. हे. निमक हराम।
46989 निमेकी वि. १. पारिश्रमिक लिएर काम गर्ने; ज्यालादार; ज्यामी।
46990 निमेकी वि. २. निमेकको सोझो गर्ने; इमान्दार।
46991 निमेष ना. हे. निमिष।
46992 निमोठ्नु स.क्रि. हे. निमठ्नु।
46993 निमोठनामोठ ना. १. जहीँतहीँबाट निमोठ्ने काम; बटारबुटुर।
46994 निमोठनामोठ ना. २. ससाना रुख-बिरुवाका मुना वा आँकुरालाई चुँड्ने-भाँच्ने काम।
46995 निमोठाइ ना. निमठाइ।
46996 निमोठानिमोठ ना. १. आपसमा एकले अर्कालाई निमोठ्ने वा अँचेट्ने काम; परस्परमा पाखुरा निमोठ्ने काम।
46997 निमोठानिमोठ ना. २. बारम्बार बटार्ने वा भाँच्ने काम।
46998 निमोठिनु क.क्रि. १. निमोठाइमा पारिनु। अ.क्रि.
46999 निमोठिनु क.क्रि. २. निमोठाइमा पर्नु।
47000 निमोठ्याइ ना. निमठ्याइ।