Dictionary

All Word

46701 निजी वि. ३. आफ्नो मात्र हकको वा हक भोगेको।
46702 निजी उद्योग ना. व्यक्तिविशेषको अधीनमा रही सञ्चालन गरिने उद्योग।
46703 निजी क्षेत्र ना. सरकारी नियन्त्रणमा नरहेको स्वतन्त्र अर्थतन्त्र।
46704 निजी व्यवसायी वि. आफ्नै उद्योगधन्दामा लागेको; व्यक्तिगत रूपमा व्यवसाय गर्ने।
46705 निजी सहायक ना. विशिष्ट धिकारी वा विशिष्ट व्यक्तिका अधीनमा रही त्यस्तो अधिकारी वा व्यक्तिलाई निजको काममा सहायता पुऱ्याउने व्यक्ति।
46706 निजु क्रि.वि. १. हरहमेसा; हमेसा ; सधैं; नित्य; निम। वि.
46707 निजु क्रि.वि. २. उपस्थित; हाजिर।
46708 निजोर वि . कमजोर; निर्धो।
46709 निट्ठा वि . १. एकरङ्गे; एकछायाँ।
46710 निट्ठा वि . २. कोरा। (उदा.- ऊ निट्ठा मूर्ख रहेछ)।
46711 निट्ठा वि . ३. एकसरे।
46712 निट्ठै क्रि.वि. अलिकति पनि; थोरै पनि; निमिट्यान्न।
46713 निठुर/निठुरी वि. दयामाया नभएको; निष्ठुर; क्रूर।
46714 निठुर्‍याइँ ना. निठुर हुनाको भाव वा अवस्था; निष्ठुरता।
46715 निडर वि. मनमा डर नभएको; कसैको भय नमान्ने; कोहीदेखि नडराउने; सूरो, शूर, निर्भय।
46716 नित क्रि.वि. नित्य; सधैँ।
46717 नितम्ब ना. कम्मरमुनिको पृष्ठ भाग; फिलो; पुट्ठा; चाक।
46718 नितम्बकस ना. चाक टिमिक्क कसिने गरी लगाइने लुगा वा त्यस्तो पहिरन।
46719 नितम्बबिम्ब ना. बाटुलो चाक।
46720 नितम्बास्थि ना. नितम्ब वा फिलाको हाड; पुट्ठाको हाड।
46721 नितम्बिनी ना. १. ठुलो र आकर्षक नितम्ब भएकी स्त्री।
46722 नितम्बिनी ना. २. तरुनी राम्री आइमाई।
46723 नितम्बिनी ना. ३. स्त्री; आइमाई। वि.
46724 नितम्बिनी ना. ४. ठुलो नितम्ब हुने; चाके (स्त्री)।
46725 नितम्बी वि. ठुलो नितम्ब हुने; चाके (पुरुष)।
46726 नितान्त क्रि.वि. १. एकदम; बिलकुल।
46727 नितान्त क्रि.वि. २. अत्यन्त; सर्वथा। वि.
46728 नितान्त क्रि.वि. ३. पूरै।
46729 नित्य क्रि.वि. १. कहिल्यै नबिराईकन; अटुट रूपमा; लगातार; सधैँ; निरन्तर, अनवरत; दिनदिनै; प्रतिदिन। वि.
46730 नित्य क्रि.वि. २. कहिल्यै नाश नहुने; सधैँ रहिरहने; अविनाशी।
46731 नित्यकर्म/कृत्य/क्रिया ना. दिनदिनै गरिने काम; प्रतिदिनको काम; दैनिक कर्म (शौच, स्नान, पूजापाठ आदि दैनिक क्रिया)।
46732 नित्यता/त्व ना. १. नित्य हुनाको भाव वा अवस्था; निरन्तरता।
46733 नित्यता/त्व ना. २. अविनाशिता; शाश्वतता।
46734 नित्यदान ना. प्रत्येक दिन एकै विधिका साथमा गरिने दान।
46735 नित्यप्रति क्रि.वि. प्रतिदिन; दिनहुँ; सधैँ।
46736 नित्ययज्ञ ना. सधैँ गरिने यज्ञ।
46737 नित्यशः क्रि.वि. सधैँभरि; सधैँ।
46738 नित्यसन्धि ना. वैकल्पिक रूपमा नहुने सन्धि; हुने र नहुने विकल्प नभएको सन्धि।
46739 नित्यसंज्ञा ना. १. सधैँ एउटै रहिरहने संज्ञा; स्थायी रूपमा रहिरहने संज्ञा।
46740 नित्यसंज्ञा ना. २. अविनाशी नाम।
46741 नित्यानन्द ना. १. अविरल रूपमा भइरहने आनन्द।
46742 नित्यानन्द ना. २. भगवान्। वि.
46743 नित्यानन्द ना. ३. सधैँ आनन्दपूर्वक रहने; सदानन्द।
46744 नित्रेनी ना. धेरै हिँड्दा; कुनै अप्ठ्यारो काम गर्दा वा लामो समयसम्म काम गर्दाको परिश्रमले हुने शारीरिक शिथिलता; शारीरिक ग्लानि; थकावट।
46745 नित्र्यान्न क्रि.वि. थकाइले शरीर शिथिल भएर; लस्त हुँदै; थाक्ने किसिमले।
46746 निथाचुर/निथाचूर्ण क्रि.वि. पूरै भिज्ने गरी; निथ्रुक्क; सतचूर्ण।
46747 निथार्नु स.क्रि. १. पानी आदि तरल पदार्थ राखिएको वा भएको ठाउँबाट नसिद्धिएसम्म चुहाउनु वा बगाउनु; पानी आदि तरल पदार्थ अलि-अलि गरेर चुहाउँदै वा बगाउँदै सिद्ध्याउनु।
46748 निथार्नु स.क्रि. २. कुनै पनि कुरो सक्नु; सिद्ध्याउनु।
46749 निथार ना. १. चुहिएर वा बगेर बाँकी रहेको वस्तु; निथ्रेर बाँकी रहेको वस्तु।
46750 निथार ना. २. अवशेष।