Dictionary

All Word

46601 निगड ना. २. कैदीका गोडामा लगाइने एक किसिमको फलामे कडा; नेल।
46602 निगम ना. १. वेद वा वेदको कुनै अंश।
46603 निगम ना. २. बाटो; मार्ग।
46604 निगम ना. ३. बजार; हाट।
46605 निगम ना. ४. सरकारी नियम कानुनअनुसार चल्ने गरी मान्यताप्राप्त स्वतन्त्र अस्तित्व भएको सहकारी संस्था।
46606 निगम ना. ५. सङ्घ।
46607 निगमकर ना. कुनै निगमले आफ्नातर्फबाट लगाएको कर।
46608 निगमन ना. गणित वा भौतिक शास्त्रका सूत्रको समुचित निराकरण।
46609 निगम सचिव ना. कुनै निगमको सचिव।
46610 निगमित वि. निगमका रूपमा परिणत भएको; निगमको रूप दिइएको।
46611 निगरानी ना. कुनै व्यक्ति वा वस्तु नबिग्रियोस्,नमासियोस् वा अरूद्वारा जथाभावी नहोस् भन्ने उद्देश्यले रेखदेख गर्ने काम; हेरविचार; निरीक्षण; रेखदेख।
46612 निगार ना. छानेको जाँड; चुहाएको जाँड।
46613 निगाले वि. १. निगालोसम्बन्धी; निगालाको।२. निगालोजस्तो।
46614 निगाले उखु ना. एक प्रकारको झिनो उखु।
46615 निगाले चितुवा ना. सानो जातको चितुवा; चरीबाघ।
46616 निगाले झाँप्रो ना. निगालाको जस्तो पात हुने एक प्रकारको जङ्गली घाँस।
46617 निगालो ना. कलम, नली आदि बनाइने, प्राय: लेकमा हुने एक जातको मसिनो बाँस; शर।
46618 निगाह ना. १. दुःखी-दरिद्री व्यक्तिका उपर गरिने कृपा; दया।
46619 निगाह ना. २. दयादृष्टि; मेहरबानी।
46620 निगुरो ना. हे. निहुरो।
46621 निगूढ वि. १. मुस्किलले मात्र जान्न सकिने; रहस्यपूर्ण; अति गुप्त। ना.
46622 निगूढ वि. २. जङ्गली मुगी।
46623 निगूढार्थ वि. अर्थ स्पष्ट नभएको; अर्थ लुकेको।
46624 निगृहीत वि. १. अपराधको आशङ्कामा वा अन्य कुनै कारणले समातिएको; पक्रिएको; पक्राउ परेको।
46625 निगृहीत वि. २. घेरिएको।
46626 निगृहीत वि. ३. पीडित; दण्डित।
46627 निग्रह ना. १. मन, इन्द्रिय आदिलाई छाडा हुन नदिएर आफ्नो वशमा राख्ने काम रोक्ने काम; नियन्त्रण; रोक।
46628 निग्रह ना. २. उच्छृङ्खल काम-कुरा गर्ने व्यक्तिलाई दिइने दण्ड वा सजाय; यातना; पीडा।
46629 निग्रह ना. ३. दान दिइएको वस्तु फिर्ता लिँदा दिइने मूल्य।
46630 निग्रहण ना. १. रोक्ने काम; रोक; अवरोध।
46631 निग्रहण ना. २. दण्ड; सजाय।
46632 निग्रहस्थान ना. वाद-विवाद वा शास्त्रार्थमा असङ्गत कुरो झकी जित्न खोज्नेलाई मूर्ख साबित गरी चुप लाग्न वाध्य गराउने स्थान।
46633 निग्रही वि. निग्रह गर्ने; दमनकर्ता।
46634 निग्रो ना. अफ्रिकामा रहने कालो छाला भएको एक जाति; हब्सी।
46635 निघण्टु ना. १. संस्कृत भाषाको शब्दका पर्यायहरूको सङ्ग्रह भएको प्राचीन कोश।
46636 निघण्टु ना. २. वैदिक शब्दकोश।
46637 निघण्टु ना. ३. शब्दकोश।
46638 निचर्नु स.क्रि. हे. निचोर्नु।
46639 निचराइ ना. हे. निचोराइ।
46640 निचराइनु क.क्रि. निचोराइनु।
46641 निचराउनु प्रे. क्रि. निचोराउनु।
46642 निचो वि. १. अपेक्षाकृत तल रहेको; होचो; गहिरो।
46643 निचो वि. २. तुच्छ; चुत्थो।
46644 निचोड ना. सारांश; निष्कर्ष।
46645 निचोर्नु स.क्रि. १. हातले वा अन्य कुनै साधनले दुईतिरबाट च्यापेर वा अँठ्‌याएर कुनै वस्तुको रस चुहिने गरी निकाल्नु।
46646 निचोर्नु स.क्रि. २. बेसरी थिच्नु।
46647 निचोर्नु स.क्रि. ३. भएजति सबै झक्नु; निथार्नु।
46648 निचोर्नु स.क्रि. ४. कुनै जुक्ति-बुद्धिले अर्काको मनको कुरा लिनु।
46649 निचोर्नु स.क्रि. ५. माड्नु; मिच्नु।
46650 निचोर ना. १. कुनै वस्तु वा कुराको सार; सारांश।