Dictionary

All Word

46501 निकासी ना. १. कुनै वस्तु स्वदेशबाट विदेश पठाउने काम।
46502 निकासी ना. २. निकासाको आदेश।
46503 निकासी ना. ३. लुकेर बसेको वा रोकिइरहेको कुनै वस्तुलाई निकाल्ने वा बाहिर पठाउने काम।
46504 निकासीकर्ता ना. कुनै मालसामान वा अन्य कुनै कुराको निकासी गर्ने व्यक्ति।
46505 निकासी पिकासी ना. हे. निकासीपुकासी।
46506 निकासी पुकासी ना. निकासा गर्ने वा गराउने काम; निकासीको आदेश दिने वा लिने काम।
46507 निकासी पुर्जी ना. एक ठाउँबाट अर्को ठाउँमा मालसामान निकासी गर्ने आदेशपत्र; निकासीका निम्ति दिइएको पुर्जी।
46508 निकासी पैठारी ना. व्यापारिक मूल्यका मालसामान आफ्नो देशबाट अर्को देशमा पठाउने र अर्को देशबाट आफ्नो देशमा झकाउने काम; निकासी र पैठारी; आयात-निर्यात।
46509 निकुञ्ज ना. १. लहराहरू र बाक्लो रुखहरू भएको ठाउँ।
46510 निकुञ्ज ना. २. लतामण्डप; लतागृह।
46511 निकुञ्ज ना. ३. बोट-बिरुवा, जनावर आदि। वन्य सम्पदाको सुरक्षाका उद्देश्यले निर्माण गरिएको स्थल; आरक्षण।
46512 निकुञ्जिका ना. सानो निकुञ्ज।
46513 निकृष्ट वि. १. सामान्य स्थितिभन्दा ज्यादै तल गिरेको; एकदमै तल्लो तहको।
46514 निकृष्ट वि. २. नीच प्रवृत्तिको; नीच; अधम; तुच्छ; हेय।
46515 निकृष्टता ना. निकृष्ट हुनाको गुण वा भाव; नीचता; तुच्छता; हीनता।
46516 निकेत / निकेतन ना. १. घर; वासस्थान; निवास। निकै- वि. [निको+ ऐै]
46517 निकेत / निकेतन ना. १. प्रशस्त मात्रामा भएको; धेरै प्रशस्त; मनग्गे।
46518 निकेत / निकेतन ना. २. आरामै; सन्चै। क्रि.वि.
46519 निकेत / निकेतन ना. ३. धेरै नै; प्रशस्त मात्रामा; खुबै; प्रशस्तै।
46520 निको वि. १. राम्रो बानीबेहोरा भएको; असल चालचलन वा बढिया स्वभावको; जाती; बेस।
46521 निको वि. २. मन परेको; रुचिकर; मनपर्ने।
46522 निको वि. ३. थाकेको; चाउरी परेको ( घाउ आदि )।
46523 निको वि. ४. जाती भएको (रोग आदि)। ना.
46524 निको वि. ५. सुब्बेफाप्पे; कुशल- मङ्गल; क्षेमकुशल।
46525 निकोर्सि क्रि.वि. जुन दिनदेखि गन्ती गरिएको हो त्यसलाई समेत लिएर त्यसपछि आउने चौथो दिन पर्सिको भोलिपल्टको दिन; निपर्सि।
46526 निक्खर / निक्खरा वि. १. अरू कुनै कुरा नमिसिएको; अरू रङ वा जात नभएको; चोखो; शुद्ध; निखर।
46527 निक्खर / निक्खरा वि. २. कुनै दोष, दाग नभएको; निखरा; निखुर।
46528 निक्लनु अ.क्रि. १. भइरहेको देश, ठाउँ, गरिरहेको काम आदिबाट बाहिर हुनु।
46529 निक्लनु अ.क्रि. २. नदेखिएको वा लुकेर बसेको वस्तु बाहिर आउनु; निस्कनु; देखा पर्नु।
46530 निक्लनु अ.क्रि. ३. अप्ठ्यारो पार गर्नु।
46531 निक्लनु अ.क्रि. ४. बन्धनबाट मुक्त हुनु।
46532 निक्लनु अ.क्रि. ५. उत्पन्न हुनु; पैदा हुनु; उम्रनु।
46533 निक्लाइ ना. निक्लने क्रिया वा प्रक्रिया।
46534 निक्लिनु अ.क्रि. हे. निक्लनु।
46535 निक्षिप्त वि. १. फालिएको; फ्याँकिएको; मिल्काइएको।
46536 निक्षिप्त वि. २. धरोट राखिएको। ३ ब्याङ्क आदिमा जम्मा गरिएको।
46537 निक्षेप ना. १. कुनै वस्तुलाई फ्याँक्ने काम; मिल्काउने काम।
46538 निक्षेप ना. २. कुनै वस्तुलाई कतै राख्ने काम; थन्क्याइ।
46539 निक्षेप ना. ३. चाहिएको बेलामा फिर्ता लिने गरी विश्वासपूर्वक कसैलाई कुनै वस्तु राख्न दिने काम; धरोट; नासो।
46540 निक्षेप ना. ४. आर्थिक कारोबार गर्ने कुनै संस्थाको सेयर वा हिस्सा किनेर पैसा हाल्ने काम; लगानी।
46541 निक्षेप ना. ५. ब्याङ्कको खातामा जम्मा गरिने रकम वा धन।
46542 निक्षेपक वि. १. कुनै वस्तुलाई फ्याँक्ने वा फाल्ने; मिल्काउने।२. कुनै वस्तुलाई जम्मा राख्ने; धरौटी राख्ने।
46543 निक्षेपक वि. ३. आर्थिक कारोबार गर्ने; कुनै संस्थाको सेयर किन्ने। ना.
46544 निक्षेपक वि. ४. निक्षेप गर्ने साधन वा व्यक्ति।
46545 निक्षेपण ना. निक्षेप गर्ने कार्य वा प्रणाली।
46546 निक्षेपित वि. निक्षेप गरिएको।
46547 निक्षेपी वि. / ना. निक्षेपक।
46548 निक्षेप्ता वि. / ना. निक्षेपी।
46549 निक्सारी ना. १. निकासा गर्ने काम।
46550 निक्सारी ना. २. राणा शासनकालमा बिन्तीपत्र वा उजुरीको निकासा दिने अड्डा वा फाँट।