Dictionary

All Word

46351 नाव्य वि. १. नाउद्वारा पार गर्नुपर्ने; डुङ्गाद्वारा तर्नुपर्ने।
46352 नाव्य वि. २. नाउ वा डुङ्गा चलाउन हुनेसम्म पानी भएको।
46353 नाश ना. १. भइरहेको वा देखिइरहेको कुनै वस्तु नहुने वा नदेखिने स्थिति; अस्तित्वविहीन बन्ने स्थिति; विनाश; सत्यानाश; विध्वंश; बरबादी।
46354 नाश ना. २. धामीझाँक्रीका अनुसार बोक्सी आदिको कुदृष्टि परी खानामा उत्पन्न हुने अरुचि वा त्यसरी अरुचि उत्पन्न गराउने कुदृष्टि; नाश-बिगार।
46355 नाशक वि. १. भइरहेको वस्तुलाई नहुने वा नरहने स्थितिमा पुऱ्याउने; नाश गर्ने; नष्ट पार्ने; सत्यानाश पार्ने; बिगार्ने।
46356 नाशक वि. २. मार्ने।
46357 नाशक वि. ३. हटाउने।
46358 नाशकारी वि. नाश गर्ने; नाशक।
46359 नाशबिगार ना. १. नाश गर्ने र बिगार गर्ने; नाश र बिगार; हानिनोक्सानी; बरबादी।
46360 नाशबिगार ना. २. खाने कुरामा अरुचि पैदा हुने बेथा वा रोग; नाश।
46361 नाशवान् वि. धेरै समयसम्म नटिक्ने; नाश हुने; अनित्य; अस्थायी।
46362 नास्नु स.क्रि. १. भइरहेको वा देखिइरहेको वस्तुलाई नहुने वा नदेखिने स्थितिमा पुऱ्याउनु; नाश गर्नु; विध्वंश गर्नु।
46363 नास्नु स.क्रि. २. बनेको वस्तुलाई बिगार्नु; भत्काउनु; लथालिङ्ग पार्नु।
46364 नास्नु स.क्रि. ३. खर्च गर्नु; मास्नु।
46365 नास्नु स.क्रि. ४. खेर फाल्नु।
46366 नास्नु स.क्रि. ५. मार्नु।
46367 नास्नु स.क्रि. ६. तुहाउनु।
46368 नासत्य ना. सूर्यकी विवाहिता पत्नी संज्ञाका एक पुत्र; अश्विनीकुमार।
46369 नासमझ वि. जान्ने र बुझ्ने शक्ति नभएको; समझ नभएको; विवेकविचार नभएको; बुद्धिहीन; मूर्ख।
46370 नासमझी ना. मूर्खता; बेबुझक्याइँ।
46371 नासलचोक ना. हनुमानढोकाभित्र रहेको नाट्यशाला भएको पुराना राजाहरूका पालाको चोक।
46372 नासा ना. नाक।
46373 नासापुट ना. नाकका दुई प्वाल; नाकका पोहरा।
46374 नासारन्ध्र ना. नासापुट।
46375 नासिका ना. नाक।
46376 नासिका विवर ना. नाके टोड्की।
46377 नासिकी वि. १. नासिकाबाट उत्पन्न; नासिक्य। ना.
46378 नासिकी वि. २. नासिका; नाक।
46379 नासिकीकरण ना. अनुनासिक ध्वनि नासिक बन्ने भाषावैज्ञानिक प्रक्रिया; नासिक्यीभवन (उदा.- काशी > काँसी)।
46380 नासिकीभवन ना. अनुनासिक ध्वनिलाई नासिक बनाउने भाषावैज्ञानिक प्रक्रिया; नासिक्यीकरण।
46381 नासिक्य वि. १. कुनै दुइटा उच्चारण अवयव परस्पर जोडिँदा श्वासप्रवाहमा बाधा भएपछि किलकिलेसहित कोमलतालु तल झुकी मुखतिरको बाटो बन्द गरेर नाकेओढारतिरबाट सास बाहिर निस्कँदा उत्पत्ति हुने (ध्वनि)। ना.
46382 नासिक्य वि. २. नासिका; नाक।
46383 नासिक्यीकरण ना. नासिकीकरण। नासिक्यीभवन- ना. नासिकीभवन।
46384 नासिनु क.क्रि. १. नष्ट पारिनु। अ.क्रि.
46385 नासिनु क.क्रि. २. नष्ट हुनु।
46386 नासो ना. चाहिएका बेलामा फिर्ता लिने गरी कसैलाई विश्वासपूर्वक राख्न दिइएको वस्तु; धरौटी; धरोट।
46387 नास्ति वि. बो. १. बिलकुल नभएको वा छैन भन्ने बुझाउने शब्द (उदा.- तिमी सँग होला, आफ्नो त केही पनि नास्ति )। वि.
46388 नास्ति वि. बो. २. नभएको; अभाव भएको।
46389 नास्तिक वि. १. ईश्वर, देवता, परलोक, पुनर्जन्म आदिको अस्तित्व नमान्ने; परलोक छैन भन्ने।
46390 नास्तिक वि. २. वैदिक धर्ममा विश्वास नराख्ने; वेदलाई नमान्ने वा वेदको निन्दा गर्ने।
46391 नास्तिकता ना. १. नास्तिक हुनाको भाव वा अवस्था।
46392 नास्तिकता ना. २. ईश्वर, परलोक, पुनर्जन्म आदि नमान्ने मत वा सिद्धान्त।
46393 नास्तिकतावादी ना. नास्तिक दर्शनको अनुयायी।
46394 नास्तिकत्व ना. नास्तिकता।
46395 नास्तिक दर्शन ना. नास्तिक रूपमा लिइने कुनै एक दर्शन ( चार्वाक, साङ्ख्य, बौद्ध, जैन, द्वन्द्वात्मक भौतिकवाद इ.)।
46396 नास्तिवाद ना. नास्तिकतावाद।
46397 नास्पाती ना. लहरे पीपलका जस्ता बोट र पात हुने, सेता फूल फुल्ने, स्याउका झैँ दाना फल्ने एक प्रसिद्ध वृक्ष वा त्यसको फल; नासपाती।
46398 नास्य वि. नाकको; नाकसम्बन्धी; नाकबाट उत्पन्न हुने (रोग आदि)।
46399 नाहक क्रि.वि. कुनै प्रयोजनविना; बेमतलव; बिनसित्ति; व्यर्थै; अनाहक।
46400 नाहिँ वि. बो. अभाव, अस्वीकृति वा बेमन्जुरी बुझाउने शब्द; नाइँ।