Dictionary

All Word

46401 नाहुर ना. हिमालमा हुने एक प्रकारको जङ्गली भेडो।
46402 नि उप. शब्दको अगिल्तिर लागेर विशेष अर्थ बुझाउने उपसर्ग; एक प्रकारको पूर्वसर्ग (जस्तो - निपात, निग्रह, निर्देश इ.)।
46403 नि निपा. आफ्नो स्वतन्त्र अर्थ नभएर वाक्य वा शब्दको अर्थलाई नै जोर दिन वा प्रश्न, विस्मय आदि जनाउन शब्द वा वाक्यको प्राय: पछिल्तिर प्रयोग गरिने एक प्रकारको अव्यय (उदा.- ठिकै छ नि, यो केहो नि? आम्मै नि ! इ)।
46404 नि उप. निस्-उपसर्गको ऊष्मवर्ण ( श ष स ), अघोष पवर्ण (प फ), अघोष चवर्ण (च छ), अघोष कवर्ण (क ख) भन्दा पहिले आउँदाको वैकल्पिक रूप; निस्।
46405 निःक्षत्र वि. १. क्षत्रभङ्ग।
46406 निःक्षत्र वि. २. क्षत्रियविहीन (उदा.- भृगुकुलका परशुरामले यस पृथ्वीलाई अनेकौँपल्ट निःक्षत्र तुल्याए)।
46407 निःशङ्क वि. १. कुनै कामकुरा गर्दा शङ्का नलिईकन गर्ने; शङ्का नभएको; सन्देह नभएको; शङ्काहीन; निस्सन्देह।
46408 निःशङ्क वि. २. कुनै काम-कुरा गर्दा मनमा डर नलिने; नडराउने; निडर। क्रि.वि.
46409 निःशङ्क वि. ३. शङ्का वा सङ्कोच नलिईकन।
46410 निःशब्द वि. १. शब्द नभएको; विनाशब्दको; ध्वनिरहित; ध्वनिहीन; नीरव।
46411 निःशब्द वि. २. शब्द वा आवाज ननिकाल्ने; नबोल्ने; मौन बस्ने; चुपचाप बस्ने।
46412 निःशस्त्र वि. हातहतियार नभएको; शस्त्र नभएको; निश्शस्त्र।
46413 निःशस्त्रीकरण ना. निश्शस्त्रीकरण; निरस्त्रीकरण।
46414 निःशस्त्रीकृत वि. हातहतियार खोसिएको; शस्त्रविहीन गराइएको; निश्शस्त्रीकृत; निरस्त्रीकृत।
46415 निःशुल्क वि. १. शुल्क नलागेको; शुल्क तिर्नु नपर्ने।
46416 निःशुल्क वि. २. कर नलागेको; तिरोभरो नलागेको; कर तिर्न नपर्ने; तिरोभरो नपर्ने।
46417 निःशेष वि. कत्ति पनि बाँकी नरहेको; शेष नरहेको; निश्शेष; समाप्त।
46418 निःशोक वि. १. शोक नभएको; शोक नरहेको।
46419 निःशोक वि. २. शोक नगर्ने।
46420 निःश्वसित / निःश्वस्त वि. निःश्वास फालिएको।
46421 नि:श्वास ना. १. नाक वा मुखबाट बाहिर निस्कने सास।
46422 नि:श्वास ना. २. सास बाहिर निस्कने क्रिया।
46423 नि:श्वास ना. ३. लामो सास; सुस्केरा।
46424 निःसङ्कोच क्रि.वि. १. कुनै काम-कुरा गर्दा धक नमानीकन; नहिचकिचाईकन; सङ्कोच नमानीकन; निस्सङ्कोच। वि.
46425 निःसङ्कोच क्रि.वि. २. सङ्कोच नभएको।
46426 निःसङ्कोच क्रि.वि. ३. सङ्कोच नमान्ने।
46427 निःसङ्कोची वि. सङ्कोच नभएको; निःसङ्कोच।
46428 निःसन्धि वि. १. सन्धिरहित।
46429 निःसन्धि वि. २. कसिएको; बलियो; दह्रिलो।
46430 निःसन्तान वि. हे. निस्सन्तान।
46431 निःसत्त्व वि. हे. निस्सत्त्व।
46432 निःसन्देह वि. हे. निस्सन्देह।
46433 निःसम्पन्न वि. हे निस्सपन्न।
46434 निःसरण वि. हे. निस्सरण।
46435 निःसहाय वि. हे. निस्सहाय।
46436 नि:सार वि. हे. निस्सार।
46437 निःसारण ना. हे. निस्सारण।
46438 निःस्सारित वि. हे. निस्सारित।
46439 निःसीम वि. हे. निस्सीम।
46440 निःसृत वि. हे. निस्सृत।
46441 निःस्वार्थ वि. हे. निस्स्वार्थ।
46442 निःस्वार्थी वि. हे. निस्स्वार्थी।
46443 निःसम्पात ना. आधी रात; मध्यरात।
46444 निःसम्बल वि. सम्बलहीन; आधार नभएको; असहाय।
46445 निऋति ना. १. दक्षिण र पश्चिमको बिचमा पर्ने एक विदिशा; नैऋत्य।
46446 निऋति ना. २. नैऋत्यकोणकी अधिष्ठात्री देवी; सङ्कटा।
46447 निऋति ना. ३. राक्षसी।
46448 निकट ना. यो. १. नाम, सर्वनाम, विशेषण आदिसँग विभक्ति जोडिएझैँ मिल्ने छेउ वा समीपको अर्थ बुझाउने एक प्रकारको अव्यय।
46449 निकट ना. यो. २. पास; नजिक; समीप। वि.
46450 निकट ना. यो. ३. नजिकको; वरको; आत्मीय; घनिष्ठ। (उदा.- रामका लागि लक्ष्मणभन्दा निकट सीता नै ठहरिन्छिन्। क्रि.वि.