Dictionary

All Word

46201 नामाङ्कित वि. २. कुनै सङ्घ-संस्थाको सदस्यताका निम्ति वा कुनै पदका निम्ति उमेदवारका हैसियतले नाम प्रस्तुत भएको।
46202 नामानुशासन ना. नामहरूको अर्थ र प्रयोगसम्बन्धी कुराको बयान भएको शास्त्र; नामहरूको शब्दकोश।
46203 नामान्तर ना. १. मुख्य नामभन्दा अतिरिक्त अर्को नाम।
46204 नामान्तर ना. २. उपनाम; अवान्तर नाम।
46205 नामावली ना. एक किसिमका व्यक्ति वा वस्तुहरूको कुनै उद्देश्यले तयार पारिएको नामको सूची; नामहरूको तालिका।
46206 नामावली प्रकाशन ना. परीक्षामा उत्तीर्ण छात्रहरूको, कुनै पदका प्रत्याशीहरूको र अरू कार्यमा संलग्न हुन चाहने वा संलग्न भएका व्यक्तिहरूको नामको सूचीको प्रकाशन; सम्बन्धित नामावली बाहिर टाँस्ने काम।
46207 नामिक ना. नामसँग सम्बन्धित; नामसम्बन्धी; नामको।
46208 नामिक पद ना. नामवाचक पद; नामसम्बन्धी पद।
46209 नामिक पदावली ना. नामको अर्थ जाहेर गर्ने पदावली (नाउन फ्रेज)।
46210 नामी वि. १. निकै प्रसिद्धि पाएको; कहलिएको; नाम चलेको; नामुद; प्रसिद्ध।
46211 नामी वि. २. उत्तम खालको; राम्रो किसिमको।
46212 नामुद वि. नाउँ चलेको; नामी।
46213 नामुद्दार वि. प्रसिद्ध भएको; नाम चलेको; नामी; नामुद; प्रसिद्ध।
46214 नामेट वि. १. नामनिसाना नै नरहने गरी सिद्धिएको; पूर्णतया अस्तित्वविहीन भएको; पूरै रूपमा विनष्ट; सखाप। ना.
46215 नामेट वि. २. सर्वनाश; बरबादी।
46216 नाम्ग्याल गुम्बा ना. नेपालको मुस्ताङ जिल्लाको लो मान्ताङदेखि उत्तरपट्टिका डाँडाहरूको सिरानमा अवस्थित, मुस्ताङ राज्यका प्रथम संस्थापक राजा अभिपालद्वारा निर्मित मानिएको एक गुम्बा।
46217 नाम्जा ना. नेपालको मुगु जिल्लामा पर्ने, भोटतिर आवतजावत गर्ने १६,२२० फिट अग्लो एक भञ्ज्याङ।
46218 नाम्जो ना. १. पाटबाट बनाइएको धोक्रो वा थैलो।२. बाँझो जमिन।
46219 नाम्ले वि. १. नाम्लोजस्तो; नाम्लाका ढाँचाको।
46220 नाम्ले वि. २. एक नाम्लाको लमाइको फेरो बराबर मोटाइ वा परिमाण भएको। ना.
46221 नाम्ले वि. ३. नाम्लो लिएर ज्यालामा भारी बोक्ने मान्छे; डोरी नाम्लाका भरमा जीविका चलाउने व्यक्ति।
46222 नाम्ले किरो ना. १. लगभग तीन सेन्टिमिटर लामो थ्याप्चो पातजस्तो जिउ, अगाडि र पछाडि दुवैतिर चूषक भएको, भेडामा परजीवी भएर बाँच्ने र शरीरभित्र बस्तुभाउका पेटमा ज्वालाकोषका रूपमा रहने एक किसिमको किरो।
46223 नाम्ले किरो ना. २. सोको रोग।
46224 नाम्ले जुको ना. हे. नाम्ले।
46225 नाम्ले फेद ना. नाम्लो नलाई बोक्न नसकिने गिँड हुने ठुलो रुख वा बोट (मसला आदि) को माटामाथि जरो भएको भाग।
46226 नाम्लो ना. पिठ्यूँमा भारी अड्याएर बोक्नाका निम्ति पाट, चोया, छाला आदिबाट बनेको थाप्लोमा लाउने चेप्टो पातो भएको एक प्रकारको डोरी; चेप्टो पातो भएको डोरी थाप्लोमा अड्याई पिठ्यूँमा भारी बोक्ने साधन।
46227 नायक ना. १. कुनै लक्ष्यप्राप्तिका निम्ति समाजको नेतृत्व गर्ने व्यक्ति; कुनै दल वा समुदायलाई अगाडि लैजाने व्यक्ति; जनसमुदायको अग्रगण्य व्यक्ति; अगुवा; नाइके; नेता।
46228 नायक ना. २. मार्ग निर्देशन गर्ने व्यक्ति; पथप्रदर्शक।
46229 नायक ना. ३. कुनै घर, संस्था वा देशको सर्वोपरि व्यक्ति; स्वामी; मालिक।
46230 नायक ना. ४. दश सेनापति माथिको सेनापति।
46231 नायक ना. ५. काव्य, नाटक आदि साहित्यिक विधामा प्रधान रूपले चरित्रचित्रण गरिएको पुरुष पात्र (काव्यशास्त्रमा मानिएका नायकका धीरोदात्त, धीरोद्धत, धीरललित र धीरप्रशान्त- यी चार प्रमुख अथवा दक्षिण, धृष्ट, अनुकूल र शठ यी चार गौण भेद गरी जम्मा सोह्र भेद र तिनका पनि उत्तम, मध्यम र अधम तीन भेदले गर्दा जम्मा हुन आउने अठचालिस भेदमध्ये कुनै एक भेद )।
46232 नायक ना. ६. हारका बिचमा जडिएको मणि।
46233 नायक ना. ७. जपमालामा राखिएको ठुलो दाना; सुमेरु।
46234 नायकत्व ना. नायकको स्वभाव, दायित्व वा भाव; नाइकेपन; नेतृत्व।
46235 नायखीँ ना. ढोलक जस्तै तर ढोलकभन्दा केही सानो एक प्रकारको बाजा।
46236 नायन ना. तिब्बती क्षेत्रमा पाइने ३ देखि ४ फुट अग्लो, ९० सेन्टिमिटर देखि १ मिटरसम्म लामो सिङ भएको ठुलो जङ्गली भेडो।
46237 नायब वि. १. काममा मद्दत पुऱ्याउने; सहायक। ना.
46238 नायब वि. २. मुख्य हाकिममुनिको कर्मचारी; सहायक कामदार।
46239 नायब वि. ३. पहिलेपहिले कुनै दर्जाको अगिल्तिर लागी त्यसभन्दा एक तह कम बुझाउने शब्द (नायब सुब्बा, नायब मुखिया, नायब गुरुज्यू इ.)।
46240 नायब वि. ४. कुनै पदमा काम गरिरहेको व्यक्ति कारणवश केही दिनसम्म काम गर्न नसक्ने भएमा वा अनुपस्थित रहेमा उसको प्रतिनिधि भई काम गर्ने व्यक्ति।
46241 नायब डिठ्ठा ना. डिट्ठाभन्दा मुनिको एक निजामती दर्जा।
46242 नायब निरीक्षक ना. प्रहरी सेवामा निरीक्षकभन्दा तल्लो श्रेणीको कर्मचारी; उप-निरीक्षक; सब-इन्स्पेक्टर।
46243 नायब बडागुरुज्यू ना. बडागुरुज्यूभन्दा एक तहमुनिको गुरुज्यू।
46244 नायब मुखिया ना. पूरा मुखिया भइनसकेको तर बहिदारभन्दा माथिल्लो दर्जाको कर्मचारी वा उसको पद।
46245 नायब राइटर ना. केही तल्लो श्रेणीको राइटर वा उसको पद।
46246 नायब सुब्बा राजपत्र अनङ्कित प्रथम श्रेणीको एक पद।
46247 नायिका ना. १. काव्य, नाटक आदि साहित्यिक विधामा मुख्य रूपले चरित्रचित्रण गरिएकी स्त्रीपात्र। (काव्यशास्त्रअनुसार स्वाधीन भर्तृका, प्रोषित भर्तृका; वासक सज्जा र विरहोत्कण्ठिता- जस्ता आठ प्रकारका नायिका)।
46248 नायिका ना. २. नायककी पत्नी।
46249 नायिका ना. ३. जनसमुदायलाई नेतृत्व प्रदान गर्ने स्त्री; नारी नेता।
46250 नार्नु स.क्रि. १. एक जोडा गोरु वा राँगाका काँधमा जुवा राखी जोताराले बाँधेर हल्लुडमा अल्झाई खेतबारी जोत्नका निम्ति उपयुक्त पार्नु।