Dictionary

All Word

46151 नामधातु ना. व्याकरणअनुसार नामिक पदबाट बनाइएको धातु (रोगाउ, रमि्र, बियाँल्, घिनाउ, डराउ इ. )।
46152 नामधाम ना. आफ्नो नाउँ र आफू बसेको ठाउँ; कुनै व्यक्तिको नाम र उसको बासस्थान।
46153 नामधारक/धारी वि. १. नामअनुसारको काम नगर्ने।
46154 नामधारक/धारी वि. २. नाम मात्र धारण गरेको; नाम मात्रको।
46155 नामधारक/धारी वि. ३. नाम गरेको।
46156 नामधारक/धारी वि. ४. भन्न मात्र त्यस्तो भनिने; भनाउँदो ;तथाकथित।
46157 नामनामासी/नामेसी ना. १. कुनै व्यक्तिको नाम, थर, वतन आदिको विवरण।
46158 नामनामासी/नामेसी ना. २. नाम, थर, वतन आदि; नाम र ठेगाना।
46159 नाम निर्देश ना. कसैको नामको उल्लेख गर्ने काम; नाम लिने काम; नामोल्लेख; नामोच्चारण।
46160 नाम निर्देशन ना. कुनै काम वा पदका निमित्त नामाङ्कन गर्ने काम; नाम राख्ने काम; नाम बताउने काम।
46161 नामनिसान / निसाना ना. १. नाम र त्यसलाई चिनाउने लक्षण वा चिह्न; नाम र चिन नाम र निसाना; नामोनिसान।
46162 नामनिसान / निसाना ना. २. नामठेगाना; ठरठेगाना।
46163 नामनिसान / निसाना ना. ३. अत्तोपत्तो; थाहसुद्धी।
46164 नामन्जुर वि. स्वीकार नगरिएको; मन्जुर नभएको, बेमन्जुर; अस्वीकार।
46165 नामन्जुरी ना. १. स्वीकार नभएको वा नगरिएको स्थिति वा अवस्था; बेमन्जुरी; अस्वीकृति।
46166 नामन्जुरी ना. २. स्वीकार नगर्ने नीति।
46167 नामपरक वि. नामसँग सम्बन्धित; नामको।
46168 नामपाटी ना. कुनै व्यक्ति, वस्तु, संस्था, स्थान आदिलाई चिनाउन वा तीबारे सर्वसाधारणलाई जानकारी दिन सम्बन्धित व्यक्ति, वस्तु, संस्था, स्थान आदिको नाम लेखेर ढोकामा वा अन्यत्र उचित स्थलमा टाँगिएको पाटी वा फलेक (नेमप्लेट)।
46169 नाममात्र वि. १. खालि नाम जनाउने खालको; खालि नामको; व्यर्थैमा नाम चलेको; नामधारी।
46170 नाममात्र वि. २. उल्लेख नगरे पनि हुने; नगण्य; तुच्छ।
46171 नाममात्र वि. ३. ज्यादै थोरै।
46172 नाममुद्रा ना. १. कुनै व्यक्ति वा संस्थाको नाम अङ्कित भएको औँठी; नाम लेखिएको औँठी छापेमुन्द्रो।
46173 नाममुद्रा ना. २. कुनै व्यक्ति वा संस्थाको नाम खोपिएको छाप।
46174 नामयोगी ना. व्याकरणअनुसार सर्वनाम, विशेषण आदिसँग विभक्ति जोडिएझैँ जोडिने, आफ्नो स्वतन्त्र अर्थ पनि हुने अव्यय (तिर, सम्म, सित आदि)।
46175 नामराशि ना. १. मेष, वृष आदि राशिका आधारमा राखिने नाम।
46176 नामराशि ना. २. नामका आधारमा छुट्ट्याइने राशि।
46177 नामराशि ना. ३. नाम र राशि।
46178 नामरूप वि. १. नाम र रूप भएको।
46179 नामरूप वि. २. जस्तो नाम त्यस्तै रूप भएको।
46180 नामर्द वि. १. पुरुष भईकन पनि पुरुषमा हुनुपर्ने हिम्मत नभएको; ह्याउ नभएको; हुतीहारा; डरछेरुवा; कायर; लाछी।
46181 नामर्द वि. २. पुंसत्व नभएको; नपुंसक।
46182 नामर्दी ना. १. नपुंसकता।
46183 नामर्दी ना. २. कायरता; लाछीपना।
46184 नामर्दी ना. ३. नामर्द हुनाको भाव।
46185 नामर्दी दण्ड ना. पोइल गएकी स्वास्नीलाई फर्काएर ल्याई फेरि स्वास्नी बनाएर राख्नेलाई गाउँले नियमअनुसार दिइने एक प्रकारको आर्थिक दण्ड।
46186 नामला गुम्बा ना. नेपालको गोरखा जिल्लाको नामरुङा भन्ने स्थानमा रहेको एक गुम्बा।
46187 नामवाचक वि. १. नाम वा संज्ञाको अर्थ व्यक्त गर्ने।
46188 नामवाचक वि. २. नाम बताउने।
46189 नामवाचक वि. ३. व्याकरणका अनुसार अरू कोटिको ठाउँमा नामको अर्थ जनाउने (उदा.- तेरो म जान्दिनँले मलाई दिक्क पारिसक्यो। यस वाक्यमा 'म जान्दिनँ' नामवाचक पदावली हो)।
46190 नामशेष वि. १. भौतिक अस्तित्व सिद्धिएर नाम मात्र बाँकी रहेको।
46191 नामशेष वि. २. शारीरिक रूपमा मरिसकेको।
46192 नामशेष वि. ३. मात्रा, सङ्ख्या आदिका दृष्टिले नगण्य; नाम मात्र शेष रहेको।
46193 नामसारी ना. कसैका नाममा रहेको चलअचल सम्पत्ति उसका नामबाट अरु कसैका नाममा सार्ने वा दर्ता गराउने काम; साबिक नामनामासी खारेज गरी हालको नामनामासी अङ्कित गर्ने कार्य; दाखिलखारिज।
46194 नामा वि. नामको; नामक; भन्ने।
46195 नामा ना. कुनै शब्दको पछिल्तिर जोडिने र जुन शब्दको पछिल्तिर जोडिएको छ त्यससम्बन्धी लिखत भन्ने बुझाउने शब्द (उदा.- वारिसनामा, मन्जुरीनामा, राजीनामा इ. )।
46196 नामाङ्कन ना. १. कुनै सङ्घ, संस्थाको सदस्यताका निम्ति वा कुनै पदका निम्ति उम्मेदवारका हैसियतले नाम प्रस्तुत गर्ने काम; नाम राख्ने काम।
46197 नामाङ्कन ना. २. नामावलीमा नाम चढाउने काम।
46198 नामाङ्कन ना. ३. नाम उल्लेख गर्नुपर्ने ठाउँमा हुने लिखित उल्लेख।
46199 नामाङ्कन ना. ४. शीर्षक दिनु वा थप्नुपर्ने ठाउँमा सोको दियाइ वा थपाइ।
46200 नामाङ्कित वि. १. नाउँ लेखिएको; नाउँ खोपिएको।