Dictionary

All Word

46001 नातो ना. २. कुनै भाँडोको मुखमा बेर्ने टालो।
46002 नातो ना. ३. दुना-टपरी आदिमा कुनै पदार्थ राखी जोगारका निम्ति माथितिरबाट पातले खुटेर छोप्ने काम।
46003 नाथ्नु स.क्रि. १. नत्थी लाउनका लागि राँगा, गोरु आदिको नाक छेड्नु।
46004 नाथ्नु स.क्रि. २. नाथ्री छेडी मुन्द्रो, डोरी आदि हाल्नु।
46005 नाथ ना. १. मालिक; स्वामी।
46006 नाथ ना. २. पति।
46007 नाथ ना. ३. ईश्वर।
46008 नाथ ना. ४. मालिक, पति, ईश्वरलाई गरिने एक प्रकारको सम्बोधन।
46009 नाथ ना. ५. गोरखनाथ वा मत्स्येन्द्रनाथका मतानुयायी साधुहरूको एक उपाधि।
46010 नाथ ना. ६. राँगो, गोरु आदिका नाकमा लगाइने डोरी; नत्थी।
46011 नाथता ना. नाथ वा स्वामी हुनाको भाव; प्रभुता।
46012 नाथिनु क.क्रि. १. नाथ्ने काम गरिनु। अ.क्रि.
46013 नाथिनु क.क्रि. २. नाथ वा नत्थी लागिनु।
46014 नाथु वि. बो. १. कसैलाई हेला, घृणा वा तिरस्कार गर्न भनिने शब्द; कसैलाई होच्याउन भनिने शब्द; नाथे। वि.
46015 नाथु वि. बो. २. तुच्छ; नीच; जाबो; पामर; पाङ्दुरे। ना. [नाथ+ऊ]
46016 नाथु वि. बो. ३. नाकका प्वालभित्रको रौँ; नाथे।
46017 नाथु रामे वि. बिकामे; नाथू; नाथे।
46018 नाथू वि. बो. हे. नाथु।
46019 नाथे ना. १. नाकका प्वालभित्र उम्रने रौँ। वि, बो. [सं. नष्ट]
46020 नाथे ना. २. कसैलाई हेला, घृणा वा तिरस्कार गर्दा भनिने शब्द; कसैलाई होच्याउन भनिने शब्द; नाथू; मुला। वि.
46021 नाथे ना. ३. तुच्छ; नीच; जाबो; पामर; पाङ्दुरे।
46022 नाथ्री ना. १. नाकका दुई प्वालबिचको पर्दा, नाकभित्रको सन्धिस्थान; नाथ्रो।
46023 नाथ्री ना. २. धागो उन्ने सियोको प्वाल।
46024 नाथ्री ना. ३. पुरुषको जननेन्द्रियभित्रको पातलो छाला।
46025 नाथ्री ना. ४. ज्यादै मसिनो नाथ वा नत्थी।
46026 नाथ्री फुटाइ ना. पिनासे ओडारमा घाउ भई गर्मी आदिले गर्दा नाकका प्वालबाट रगत बग्ने काम।
46027 नाथ्रो ना. १. नाथ्री।
46028 नाथ्रो ना. २. नाथ्ने डोरो वा डोरी; नाथ।
46029 नाथ्रो ना. ३. खापसियो वा सुइराको नाथ्री।
46030 नाद ना. बस्तुभाउलाई घाँस, ढुटो आदि खान दिने डुँड वा आरी (प्राय: काठ वा सिमन्टीको )।
46031 नाद ना. १. झङ्कारका साथ सुश्राव्य रूपमा उच्चारित हुने ध्वनि; घोष ध्वनि।
46032 नाद ना. २. शब्द; ध्वनि; आवाज।
46033 नाद ना. ३. ठुलो शब्द; गर्जन।
46034 नाद ना. ४. वर्णको अव्यक्त मूल रूप।
46035 नाद ना. ५. अनुनासिक वर्ण।
46036 नाद ना. ६. सङ्गीतशास्त्रका अनुसार हृदयमा नाभिस्थानभन्दा माथि रहेको वायुका सहायताले उत्पन्न भई मुखबाट प्रसारित हुने ध्वनि।
46037 नाद ना. ७. हठयोगका अनुसार षट्चक्रको अभ्यास गर्दा अभ्यास गर्ने साधकले सुन्ने शब्द; त्यस्तो साधकको मस्तिष्कमा उब्जेको सुमधुर शब्द वा उसद्वारा निस्केको मधुर ध्वनि।
46038 नाद ना. ८. एक किसिमको वाद्यरहित लयात्मक आवाज।
46039 नादब्रह्म ना. १. शब्दरूप ब्रह्म।
46040 नादब्रह्म ना. २. ॐ ध्वनि; प्रणव।
46041 नादलहरी ना. सङ्गीतशास्त्रका अनुसार कुनै स्वर वा श्रुतिका ध्वनिमा हुने कम्पनका तरङ्ग।
46042 नादसौन्दर्य ना. कुनै स्वर वा श्रुतिका ध्वनि कम्पनमा हुने सौन्दर्य; ध्वनि-सौन्दर्य।
46043 नादान वि. १. कुनै कामकुरा गर्ने साहस वा उत्साह नभएको; हिम्मत नभएको; डरछेरुवा; लाछी नामर्द।
46044 नादान वि. २. बुद्धि नै नभएको वा ज्यादै कम बुद्धि भएको; मूर्ख; नासमझ।
46045 नादान वि. ३. कम महत्त्वको; जाबो; तुच्छ।
46046 नादान वि. ४. उमेर वा अवस्था नपुगेको; बुद्धि नछिप्पिएको (केटाकेटी)।
46047 नादानी ना. १. नादान हुनाको भाव; नामर्दी।
46048 नादानी ना. २. मूर्खता; बुद्धिहीनता।
46049 नादानी ना. ३. तुच्छता।
46050 नादानी ना. ४. अज्ञान; अज्ञता।