Dictionary

All Word

45851 नागरिकता ना. २. कुनै राष्ट्रले आफ्नो संविधानअनुसार त्यस राष्ट्रमा बस्ने व्यक्तिलाई वंशजका नाताले वा निश्चित अवधिदेखि बसोबास गरेका नाताले दिने नागरिक अधिकार।
45852 नागरिकता ना. ३. कुनै राष्ट्रले आफ्नो संविधानअनुसार त्यस देशमा बस्ने व्यक्तिलाई देशप्रति कर्तव्यपरायण भएमा उमेरको निश्चित तहमा पुगेपछि दिने नागरिक अधिकार।
45853 नागरिकता निलम्बन ना. कसैलाई अस्थायी तवरले वा अवस्था हेरी स्थायी तवरले नै पनि नागरिक हकबाट वञ्चित गराउने कार्य।
45854 नागरिकता परित्याग ना. १. कुनै राष्ट्रको नागरिकद्वारा त्यस राष्ट्रको नागरिकतालाई कारणवश छोड्ने काम।
45855 नागरिकता परित्याग ना. २. कुनै राष्ट्रको नागरिक त्यस राष्ट्रको संविधानबमोजिमको अधिकार र कर्तव्यबाट मुक्त हुने स्थिति।
45856 नागरिकता प्रमाणपत्र ना. कुनै राष्ट्रमा बस्ने व्यक्तिलाई वंशजका नाताले वा निश्चित अवधिदेखि बसोबास गरेका नाताले त्यस राष्ट्रको नागरिक हो भन्ने प्रमाणित गरी सरकारी कार्यालयद्वारा दिइने पत्र।
45857 नागरिकता प्राप्ति ना. कुनै राष्ट्रमा बस्ने व्यक्तिले वंशजका नाताले वा निश्चित अवधिदेखि बसोबास गरी नागरिकताप्राप्तिका लागि निर्धारित औपचारिकता पूरा गरेपछि त्यस राष्ट्रको नागरिकता पाएको वा नागरिक बनेको स्थिति।
45858 नागरिकता लोप ना. कुनै राष्ट्रको नागरिकताप्राप्त व्यक्तिको नागरिकता कुनै कारणवश नरहेको वा गुमेको स्थिति।
45859 नागरिकता हरण ना. खास कारणवश नागरिकताबाट कसैलाई सरकारी आधारबाट हटाउने कार्य।
45860 नागरी ना. १. सहरमा बसोबास गर्ने स्त्री; सहरिया स्त्री।
45861 नागरी ना. २. स्त्री; नारी।
45862 नागरी ना. ३. देवनागरी लिपि।
45863 नागल ना. थाम, निदाल, खसिपा आदिका छेउमा कुना मारेर पारिने खोल्सो।
45864 नागलोक ना. पुराणअनुसार पृथ्वीभन्दा तल्तिर छन् भनी विश्वास गरिएका सात लोकमा सबभन्दा तल्लो लोक; नागहरूको बस्ने ठाउँ; पाताल।
45865 नागवल्लरी / नागवल्ली ना. १. नागबेली।
45866 नागवल्लरी / नागवल्ली ना. २. ताम्बूल लता; पानको लहरो।
45867 नागह्रद ना. नेपालको राजधानी काठमाडौँमा रहेको चार भन्ज्याङभित्रको खाल्टो विशाल दह छँदाको प्रागैतिहासिक नाम; नागदह।
45868 नागा ना. १. सधैँ नाङ्गा रहने एक थरी शैव वा जैन सम्प्रदायका जोगी।
45869 नागा ना. २. जोगीका भेषमा रहेका फौजी जवानहरू (दिव्य.)।
45870 नागा ना. ३. अविवाहित जवान पुरुष।
45871 नागा ना. ४. भारतको उत्तरपूर्वी क्षेत्रमा रहने एक जाति; नागाल्यान्डको जाति।
45872 नागार्जुन ना. १. भारतको विदर्भ प्रदेशमा जन्मेका बौद्ध दर्शनका प्रमुख आचार्य।
45873 नागार्जुन ना. २. काठमाडौँको उत्तरतर्फ रहेको बालाजुबाट सुरु भई आर्यश्वरमा टुङ्गिने एक डाँडो।
45874 नागार्जुन ना. ३. चौरासी सिद्धमध्ये एक।
45875 नागिनी ना. १. पोथी सर्प; सर्पिणी।
45876 नागिनी ना. २. पिठिउँको बाङ्गोटिङ्गो, सर्पाकार रोमरेखा भएकी स्त्री; पिठिउँमा नागबेली परेका रौँ भएकी स्त्री।
45877 नागी ना. १. विकलाङ्ग शिशु नजन्मून् र जन्मेका शिशुलाई रोग नलागोस् भनी गरिने ( राई-लिम्बू समाजमा प्रचलित) एक प्रकारको पूजा।
45878 नागी ना. २. बुकीझार हुने लेकाली डाँडा वा चउर।
45879 नागी ना. ३. पहाडको ठुलो र फराकिलो खुइले चउर।
45880 नागीयुँ ना. १. चौँरी गाई चर्ने ठाउँ; हिमाली पाटन।
45881 नागीयुँ ना. २. नागी चौर।
45882 नागेश ना. १. सर्पहरूका राजा; शेषनाग।
45883 नागेश ना. २. नव्य- व्याकरणका प्रसिद्ध आचार्य; पतञ्जलि।
45884 नागेश्वरी ना. हे. नागकेशर।
45885 नागो वि. स्वास्नी, छोराछोरी कोही पनि नभएको अविवाहित (पुरुष); एक्लो; नाङ्गो; ठिङ्गो।
45886 नाघ्नु स.क्रि. १. सजीव वा निर्जीव कुनै वस्तुलाई आफ्नो मुनि पारेर जानु वा उड्नु; सोझै माथिबाट जानु; फड्कनु।
45887 नाघ्नु स.क्रि. २. कुनै नियम, मर्यादा आदिको विपरीत आचरण गर्नु।
45888 नाघ्नु स.क्रि. ३. भनेको नमान्नु; नटेर्नु।
45889 नाघ्नु स.क्रि. ४. क्रमभङ्ग गर्नु; सिलसिला तोड्नु।
45890 नाघ्नु स.क्रि. ५. कसैलाई उछिन्नु; अघि जानु वा अघि हुनु।
45891 नाघिनु क.क्रि. नाघ्ने काम गर्नु; फड्किनु।
45892 नाङ्गिनु अ.क्रि. नाङ्गो हुनु; नङ्गिनु।
45893 नाङ्गे वि. नाङ्गो।
45894 नाङ्गे झार ना. धनसम्पत्ति केही नभएको; श्रीसम्पत्ति गुमाइसकेको; निर्धन; हरिकङ्गाल।
45895 नाङ्गो वि. १. जिउमा लुगाफाटो केही नलगाएको; नग्न, निर्वस्त्र।
45896 नाङ्गो वि. २. जहान, परिवार कोही नभएको; ठिङ्गो; नङ्गा।
45897 नाङ्गोबुङ्गो / भुतुङ्गो वि. शरीरमा कत्ति पनि लुगाफाटो नभएको; एकदमै नाङ्गो।
45898 नाङ्ली ना. सानो नाङ्लो।
45899 नाङ्ले वि. १. नाङ्लोसम्बन्धी; नाङ्लाको।
45900 नाङ्ले वि. २. नाङ्लामा मालसामान राखेर बेच्ने; सडकवरिपरि बसेर सानोतिनो व्यापार गर्ने।