Dictionary

All Word

45901 नाङ्ले वि. ३. नाङ्लो निफने झैँ गरी मुन्टो हल्लाइरहने (गाई, भैँसी)। ना.
45902 नाङ्ले वि. ४. नाङ्लाको व्यापार गर्ने व्यक्ति।
45903 नाङ्ले वि. ५. नाङ्लामा माल राखी व्यापार गर्ने व्यापारी।
45904 नाङ्ले भूत ना. इन्द्रेनी पर्नुभन्दा पहिले कुद्ने तेजिलो नाङ्लो आकारको तेजपुञ्ज (धामीझाँक्रीहरूमा प्रचलित शब्द)।
45905 नाङ्ले माछो ना. सानो टाउको हुने, बाटुलो शरीरका वरिपरि पखेटा हुने खैरो रङको एक जातको माछो।
45906 नाङ्ले रायो ना. ठुलाठुला पात हुने नरम खालको रायो।
45907 नाङ्लो ना. बाँसका चोयाबाट बुनेर गोलाकार रूपमा बिट राखी बनाइएको, ठुलो थालजस्तो, अनाजहरू निफन्ने साधन; सुपो।
45908 नाच्नु अ.क्रि. १. सङ्गीतका ताल र लयअनुरूप हाउभाउ देखाउँदै हात, गोडा र कम्मर आदि शरीरका अवयवको कलापूर्ण तरिकाले सञ्चालन गर्नु; नृत्य गर्नु; नाच गर्नु।
45909 नाच्नु अ.क्रि. २. यताउति हिँड्नु; भौँतारिनु।
45910 नाच्नु अ.क्रि. ३. सोचविचार नगरीकन अर्काको इसारामा चल्नु; अर्काको लहैलहैमा दगुर्नु।
45911 नाच्नु अ.क्रि. ४. घुम्नु, रिङ्नु।
45912 नाच ना. १. सङ्गीतका ताल र लयअनुसार हाउभाउ देखाउँदै शरीरका हात, गोडा, कम्मर आदि अवयवहरूको सञ्चालन गर्ने काम।
45913 नाच ना. २. नाट्य; नाटक।
45914 नाच कीर्तन ना. नाचका साथ गरिने कीर्तन; नाच र कीर्तन; नाचगान।
45915 नाचगान ना. नाच्ने र गाउने काम; नृत्य र गीत; नाच र गान।
45916 नाचघर ना. नाट्यशाला।
45917 नाचथली ना. १. नाच्नका लागि मण्डपमा बनेको ठाउँ; नाचिने ठाउँ।
45918 नाचथली ना. २. नृत्यस्थान।
45919 नाचिनु क.क्रि. १. नाच्ने काम गरिनु; नाच गरिनु। अ.क्रि.
45920 नाचिनु क.क्रि. २. नाच्ने होइनु।
45921 नाजवाफ वि. निरुत्तर; चुप।
45922 नाजायज वि. १. जायज नभएको; मुनासिब नभएको; अनुचित, बेमुनासिब।
45923 नाजायज वि. २. न्यायसङ्गत नभएको; अवैध; गैरकानुनी।
45924 नाजी ना. १. आफूलाई राष्ट्रिय साम्यवादी भन्ने द्वितीय विश्वयुद्धमा पराजित भएको जर्मनीको एक प्रसिद्ध राजनीतिक दल।
45925 नाजी ना. २. उक्त दलको सदस्य। वि.
45926 नाजी ना. ३. साह्रै क्रूर; निर्मम।
45927 नाजीवाद ना. शक्तिशाली सैनिक अधिनायकत्वका रूपमा राष्ट्र र संसारकै पनि शासनसूत्र बलपूर्वक हत्याएर चलाउनुपर्छ भन्ने, व्यक्तिस्वतन्त्रता तथा जनतन्त्रको परम विरोधी सिद्धान्त।
45928 नाजुक वि. १. बल नभएको; निर्धो; कमजोर; बिल्पारी।
45929 नाजुक वि. २. सजिलै बिग्रिन-भाँचिन सक्ने; कोमल।
45930 नाजुक वि. ३. कुनै हानि वा अनिष्टको आशङ्का भएको ( अवस्था )।
45931 नाजोर वि. कमजोर; निर्धो; नाजुक।
45932 नाटक ना. १. कुनै देश, काल र वातावरणसँग सम्बद्ध नर-नारीको चरित्र र कार्यलाई पात्रहरूका अभिनयका माध्यमद्वारा प्रदर्शित गरिने उद्देश्यले लेखिएको संवादात्मक साहित्यिक विधा; दृश्य काव्य।
45933 नाटक ना. २. रङ्गमञ्चमा अभिनय गरेर देखाउन मिल्ने गरी लेखिएको कुनै कथावस्तु।
45934 नाटक ना. ३. पाँचदेखि दश अङ्कसम्म हुने, प्रख्यात धीरोदात्त, दिव्य वा अदिव्य नायक हुने, पञ्चसन्धि युक्त र वीर आदि रसको समावेश भएको रूपकको एक भेद।
45935 नाटक ना. ४. वास्तविक रूपमा नभएर देखाउनका निमित्त मात्र गरिने कुनै काम; देखावटी वा बनावटी कुरा।
45936 नाटककार ना. नाटकको रचना गर्ने व्यक्ति; नाटक लेख्ने व्यक्ति।
45937 नाटकविधा ना. नाटक लेख्ने काम; नाटकको रचना; नाटक लेखन।
45938 नाटकसम्राट् ना. १. नाटककारहरूमध्ये श्रेष्ठ नाटककार।
45939 नाटकसम्राट् ना. २. नेपाली समालोचकहरूले स्व. बालकृष्ण समलाई दिएको एक उपाधि।
45940 नाटकीय वि. १. नाटकसम्बन्धी; नाटकको।
45941 नाटकीय वि. २. नाटकजस्तो।
45942 नाटकीय वि. ३. नाटकमा झैँ बदलिरहने (घटना वा कार्य )।
45943 नाटिका ना. चार अङ्क हुने दृश्य काव्यको एक भेद।
45944 नाटीकुटी ना. १. दैनिक आहार व्यवहारमा वा धार्मिक कृत्यहरूमा गरिने शङ्काउपशङ्का; अनावश्यक खोजीनिती।
45945 नाटीकुटी ना. २. नचाहिँदो स्वाङ; आडम्बर; पाखण्ड।
45946 नाट्य ना. १. नाच; नाटक।
45947 नाट्य ना. २. अभिनय; हावभाव।
45948 नाट्य ना. ३. बहाना; नक्कल।
45949 नाट्य ना. ४. अवस्थाको अनुकरण।
45950 नाट्यकार ना. १. नाट्यसम्बन्धी काम गर्ने व्यक्ति; नाटक गर्ने व्यक्ति।