Dictionary

All Word

46051 नादिर शाह ना. आफ्नो निर्दयी व्यवहार र अत्याचारका लागि प्रसिद्ध फारस देशका एक बादशाह।
46052 नादिरशाही ना. १. अत्याचार वा अन्याय।
46053 नादिरशाही ना. २. बलात्कार वा लुटपिट।
46054 नादी वि. १. नाद गर्ने; शब्द वा ध्वनि निकाल्ने।
46055 नादी वि. २. गर्जने; डुक्रने।
46056 नादी वि. ३. बज्ने।
46057 नानक ना. वि. सं. १५२६ - १५९७ को आसपासका सिक्ख धर्मका प्रवर्तक, पन्जाबका एक प्रसिद्ध महात्मा; सिक्ख सम्प्रदायका आदिगुरु।
46058 नानक पन्थ ना. नानकद्वारा सुरु गरिएको धार्मिक सम्प्रदाय; सिक्ख धर्म।
46059 नानक पन्थी वि. १. गुरु नानकले चलाएको सम्प्रदायको अनुयायी। ना.
46060 नानक पन्थी वि. २. सिक्ख।
46061 नाना ना. लुगाकपडाका लागि प्रयोग गरिने शब्द; लुगा; कपडा; वस्त्र।
46062 नाना वि. अनेक; विभिन्न; किसिम-किसिमको; थरी- थरीको।
46063 नानाओली वि. अनेक किसिमको, थरी-थरीको; भाँती - भाँतीको; नानावली।
46064 नानार्थ वि. १. अनेक अर्थ भएको; थरी-थरीका अर्थ भएको; धेरै माने लाग्ने।
46065 नानार्थ वि. २. अनेक किसिमका काममा आउने; धेरै किसिमले उपयोगमा ल्याउन सकिने।
46066 नानावली वि. अनेक किसिम वा ढाँचाको; थरीथरीको; भाँति-भाँतीको; किसिम- किसिमको; अनेकओली।
46067 नानाविध वि. १. नानावली। क्रि.वि.
46068 नानाविध वि. २. अनेक किसिमले; विभिन्न तरिकाबाट।
46069 नानी ना. रक्सी थाप्न प्रयोगमा ल्याइने एक किसिमको भाँडो।
46070 नानी ना. १. ठुलाले केटा-केटी वा आफूभन्दा कम उमेरकालाई माया गरेर बोलाउने शब्द।
46071 नानी ना. २. बच्चा; केटाकेटी; बालबालिका।
46072 नानी ना. ३. दरबारिया सुसारे आइमाई; केटी।
46073 नानी ना. ४. आँखाको पुतली। वि.
46074 नानी ना. ५. सानी।
46075 नानीको ताइँ ना. खुपै काम गर्छु भन्ने घमन्ड; निकै फुर्ती। (उदा.- के गर्न सक्छौ ? हेरौँ नानीको ताइँ)।
46076 नानीझार ना. छोइँदा मात्रै पनि खुमुच्च भएर पात खुम्च्याउने भुइँझार; बुहारी झार; लज्जावती झार; लाजवन्ती।
46077 नानीसाहेब ना. १. राजामहाराजा वा राणा शासकहरूकी रखौटी स्वास्नीलाई दिइने एक दर्जा।
46078 नानीसाहेब ना. २. राजामहाराजा वा राणा शासकहरूकी रखौटी।
46079 नानु ना. सानी केटीलाई स्नेहपूर्वक बोलाउँदा प्रयोग गरिने शब्द।
46080 नान्दी ना. १. संस्कृत नाटक परम्पराअनुसार रङ्गशालाको विघ्नशान्तिका लागि सूत्रधारद्वारा नाटकको सुरुमा पढिने, मङ्गलाचरण, देवस्तुति आदि भएको आशीर्वादात्मक श्लोक।
46081 नान्दी ना. २. मङ्गलाचरण।
46082 नान्दी ना. ३. समृद्धि; अभ्युदय।
46083 नान्दीमुख ना. १. विवाह, व्रतबन्ध आदि शुभ कार्यका आरम्भमा गरिने, दिवङ्गत पितृहरूको पूजा।
46084 नान्दीमुख ना. २. शुभ कार्यको आरम्भमा गरिने माङ्गलिक श्राद्ध, आभ्युदायिक श्राद्ध।
46085 नान्दीमुखी ना. १. दुई नगण, दुई तगण र दुई गुरु भएको र सातौँ अक्षरमा विश्राम भएको छन्दविशेष।
46086 नान्दीमुखी ना. २. नान्दीमुख।
46087 नान्दीवाद ना. राजाको दैनिक कार्य सुरु गर्दा मङ्गल बजाउने वा मङ्गल गाउने अधिकारी (ऐति.)।
46088 नान्दीश्राद्ध ना. नान्दीमुख।
46089 नाप्नु स.क्रि. १. कुनै वस्तुको लम्बाइ, चौडाइ, उचाइ आदिको परिमाण लिनु; नापो लिनु; नापी गर्नु।
46090 नाप्नु स.क्रि. २. जोख्नु; भर्नु; तौलनु; परिमाणको निर्णय लिनु।
46091 नाप्नु स.क्रि. ३. कसैले कुनै काम गर्छु भनी घमन्ड गरेर पनि काम फत्ते गर्न नसक्दा 'खुब गरिस्' भनी व्यङ्ग्य गर्नु; खुइभ्याउनु।
46092 नाप ना. १. कुनै वस्तुको लम्बाइ, चौडाइ, उचाइ आदिको परिमाण; नापो; माप।
46093 नाप ना. २. नाप्ने काम; नपाइ।
46094 नाप ना. ३. नाप्ने साधन (गज, फुट, टाँगो आदि)।
46095 नापजोख ना. कुनै वस्तुलाई नाप्ने र तौलने काम; नापजोख।
46096 नापतौल ना. नाप्ने र तौलने काम; नापजोख।
46097 नापनक्सा ना. १. जग्गाजमिनको लम्बाइ, चौडाइको परिमाण र त्यसको रेखाचित्र।
46098 नापनक्सा ना. २. जग्गाजमिन नाप्ने र त्यसको नक्सा खिच्ने काम।
46099 नापित नाऊ।
46100 नापिनु / नाप्पिनु क.क्रि. १. नाप्ने काम गरिनु। अ.क्रि.