Dictionary

All Word

45751 नाइटो ना. २. मदानीको मथ्नेतिरको तल्लो छेउ; सूर्यदर्शन गराउनु हुँदैन भन्ने विश्वासले मदानी कोठाबाहिर लग्नुपरेमा पातले छोपेर मात्र बाहिर ल्याइने मदानीको सोही भाग।
45752 नाइट्रोजन ना. १. जमिनलाई उर्वर बनाउन र बालीनाली सपार्नका लागि खेतबारीमा प्रयोग गरिने रासायनिक मल (एमोनियम सल्फेड, युरिया इ. )।
45753 नाइट्रोजन ना. २. ग्याँसको एक प्रकार।
45754 नाइलन ना. रुवो, पाट, ऊनबाहेक अन्य प्राकृतिक पदार्थहरूबाट कृत्रिम तरिकाले कपडा आदि तयार पार्ने विशेष प्रकारको पदार्थ वा सो पदार्थबाट तयार भएको माल।
45755 नाउँ ना. नाम।
45756 नाउँ गरेको वि. नाउँ भएको; नामक। (उदा.- त्यहाँ हरि नाउँ गरेको एउटा केटो थियो।
45757 नाउँ न गाउँको पदा. एकदमै अपरिचित; बिलकुलै नचिनेको।
45758 नाउँनामासी/ नामेसी ना. कुनै पनि व्यक्तिको नाउँ, थर, वतन आदि; नाउँ र ठेगाना; नामनामेसी।
45759 नाउँनिसान ना. नाम- निसान; चिह्न वा परिचय।
45760 नाउँ मात्रको वि. खास उल्लेख गर्न लायक नभएको; नगण्य।
45761 नाउँरियँ ना. मालिङ्गो, निगालो, घोडाका पुच्छरका रौँ र भेडाका आन्द्राले बनाइएको गोठाले बाजा।
45762 नाउँसारी ना. कुनै एक वा एक थरी व्यक्तिका नाममा भएको कागतपत्रलाई अर्को वा अर्का थरी व्यक्तिका नाममा सार्ने वा लेख्ने काम; नामसारी।
45763 नाउ ना. डुङ्गा।
45764 नाउबुडी ना. पानीभित्रभित्र डुबेर खेलिने एक प्रकारको पौडी; पानीभित्र डुबुल्की मारेर खेलिने एक प्रकारको खेल; डुबुल्की; नाकबुडी।
45765 नाउम्मेद वि. कुनै आशाभरोसा नभएको; कुनै उत्साह नभएको; निराश; हतोत्साह।
45766 नाउम्मेदी ना. आशा, भरोसा नभएको स्थिति; उत्साहहीनता; निराशा।
45767 नाउर/नाउरु ना. सेतो रङको झ्यापुल्ले भेडो जस्तै झन्डै तीन फिट अग्लो, हिमालको बिच भागमा पाइने जङ्गली भेडो।
45768 नाउ ना. कपाल, दाह्री र जुँगा खौरने र हात गोडाका नङसमेत काट्ने पेसा भएको एक जात; हजाम; नापित।
45769 नाक ना. नेपालको उत्तरी पहाडी भागमा पाइने याकको पोथी; पोथी याक।
45770 नाक ना. १. सास फेर्ने र सुँघ्ने काम गर्ने दुइटा प्वाल भएको ओठमाथिको अवयव; नासिका; घ्राणेन्द्रिय।
45771 नाक ना. २. इज्जत; प्रतिष्ठा; मान मर्यादा।
45772 नाक ना. ३. चरा आदिकको चुच्चो।
45773 नाककान ना. १. शरीरका सुँघ्ने र सुन्ने अवयव; नाक र कान।
45774 नाककान ना. २. नाक र कान काटेर पुरानो जमानामा दिइने एक प्रकारको सजाय।
45775 नाककान ना. ३. इज्जत; प्रतिष्ठा।
45776 नाकको चाल ना. नगरी नहुने स्थिति; बाध्यता।
45777 नाककोरे ना. १. धनियाँका जस्ता कुना कुना परेका पात, पहेँला फूल र झुसिला गोल फल हुने, खाँदा नाकमा पिरो राग आउने, आयुर्वेदमा गरम, रुचिकर र अग्निवर्द्धक मानिएको एक जातको भुइँझार।
45778 नाककोरे ना. २. भालु आदि जन्तुले चिथोरेर नाक बिगारिदिएको व्यक्ति; भालुकोरे।
45779 नाकडुबी/बुडी ना. नाउबुडी।
45780 नाका ना. १. एउटै बाटो दुइटा बाटामा बाँडिने ठाउँ; दुई बाटा फाट्ने ठाउँ; दोबाटो; मुहान।
45781 नाका ना. २. सहरभित्र पस्ने मुख्य ठाउँ; आउँदा-जाँदा पस्ने मुख्य ठाउँ; प्रवेशस्थान।
45782 नाका ना. ३. गौँडा; दोमुहानी; चौमुहानी।
45783 नाका ना. ४. पस्ने र निस्कने निकास।
45784 नाकाबन्दी ना. मालसामान ल्याउनेलाने मुख्य बाटो बन्द गरी अवरोध खडा गरिएको अवस्था; मार्ग-अवरोध।
45785 नाकिमा ना. फेदैदेखि ठुलाठुला पात लाग्ने, कोसाका आकारका फूल फुल्ने र पात गाईबस्तुलाई घाँस खुवाउन र फूल तरकारीका रूपमा प्रसिद्ध भएको, पहाडमा उम्रने एक जातको बोट।
45786 नाकी ना. गोरु, राँगा आदि पशुको नाक छेडेर लगाइएको डोरी वा सुत्ली, नत्थी; नाकीडोरी।
45787 नाकी डोरी ना. नाकी।
45788 नाकुली ना. तीनतीनवटा लाम्चा, साना पात एकै साथ लाग्ने, आयुर्वेदमा गरम शान्त गर्ने, त्रिदोषनाशक र विष शमन गर्ने गुण बताइएको एक जातको बुटी।
45789 नाके वि. १. लामो वा ठुलो नाक हुने।
45790 नाके वि. २. साधारण ध्वनि पनि नाकबाट निकालेर बोल्ने (मान्छे )।
45791 नाके वि. ३. सुगाको जस्तो लामो नाक भएको; सुगानाके।
45792 नाके वि. ४. नाकसम्बन्धी; नाकको (उदा.- नाके स्वर; नाके बोली)।
45793 नाके वि. ५. अनुनासिक; सानुनासिक।
45794 नाकेटोड्की ना. नाकका पोरासित ध्वनिको उच्चारणमा सहयोग पुऱ्याउने नाकभित्रको टोड्को; पिनासे ओडार; सिँगाने ओडार।
45795 नाकेडाँडी वि. नाकको टुप्पोदेखि सँघारसम्मको धुरी।
45796 नाकेडाँडो ना. १. नाकजस्तो परेको डाँडो।
45797 नाकेडाँडो ना. २. नाक भएको डाँडो।
45798 नाकेबोली ना. १. १ .साधारण ध्वनि पनि नाकबाट उच्चारण गरेर बोलिएको बोली; नाकबाट निस्केजस्तो स्वर।
45799 नाकेबोली ना. २. नाकेको बोली।
45800 नाक्सो ना. जिरेल जातिका पुरोहित।