Dictionary

All Word

45701 नसच्छेदन ना. परिवार नियोजनको उद्देश्यपूर्तिका लागि स्त्री-जातिमा गर्भ नरहने बनाउन शल्यक्रियाद्वारा पुरुषहरूको शुक्रवाहिनी नली छेदन गर्ने काम; नसबन्दी (भ्यासेक्टोमी)।
45702 नसनाता ना. जन्म वा विवाह आदिबाट भएको सम्बन्ध; नाताकुटुम्ब; नातापाता।
45703 नसबन्दी ना. नसच्छेदन।
45704 नसल ना. हे. नस्ल।
45705 नसावरोधन ना. १. धमनी वा शिरामा आकस्मिक अवरोध वा बाधा हुने प्रक्रिया।
45706 नसावरोधन ना. २. नसामा अवरोध पैदा हुनाले रक्तसञ्चार बन्द हुने प्रक्रिया।
45707 नसिप/नसिब ना. सुख वा दुःखको भागी गराउने पूर्वनिश्चित दैवी विधान; भाग्य; नियति; प्रारब्ध; निसिप; किस्मत।
45708 नसियत / नसिहत ना. १. कसैले नहुने कुनै कामकुरा गरेमा वा कुनै काम बिगारेमा आइन्दा यसो नगर्नू भनी दिइने चेतावनी।
45709 नसियत / नसिहत ना. २. हप्की; खप्की।
45710 नसी वि. ख्याउटी; दुब्ली।
45711 नसो ना. १. शरीरका अङ्गप्रत्यङ्गमा रक्तसञ्चालन हुने तन्तु; रक्तवाहिनी नाडी।
45712 नसो ना. २. शरीरका मांसपेसीहरूलाई जोड्ने तन्तु।
45713 नसो ना. ३. सागपातहरूमा फिँजिएर रहने तन्तु।
45714 नस्तक ना. पशुहरूको नाथ्रामा धातुको मुन्द्रा लगाउन पारिने प्वाल।
45715 नस्तर ना. १. अरूले सुइँको नपाउने किसिमले गरिने कामकुरो; गोप्य रूपमा गरिने कार्य; गुप्त व्यवहार।
45716 नस्तर ना. २. सुराग; सूत्र।
45717 नस्तर ना. ३. चिरफार गर्ने सानो चक्कु।
45718 नस्ता ना. नाथ्रीमा पारिएको प्वाल।
45719 नस्ल ना. सन्तति; वंश; जाति; नसल।
45720 नस्ल सुधार ना. कुनै प्राणीविशेषको सन्तति वा वंशलाई सुधार्ने काम।
45721 नहर वि. भर्खरै फुलेको (रुख); जोत्ने बेला भएको (गोरु)।
45722 नहर ना. गाईबस्तुका ढोडनसाबाट बनाइएको, जुत्ता सिउने बलियो धागो।
45723 नहर ना. तासका पत्तीहरूमध्ये नौ फुट्टी भएको पत्ती; गन्जिफा आदिको पत्ती।
45724 नहर ना. सिँचाइ, जलपथ वा दुवै कामका निम्ति बनाइएको, नदीजस्तो पानीको स्रोत; ठुलो कुलो।
45725 नहर अधिकृत ना. नहर, पैनी आदिको व्यवस्था मिलाउन खटिएको राजपत्राङ्कित कर्मचारी; नहरको रेखदेख गर्ने अधिकारी।
45726 नहर योजना ना. नहर वा बाँधपैनीसम्बन्धी कार्यको योजना।
45727 नहर विभाग ना. नहरसम्बन्धी काम गर्ने विभाग।
45728 नहरनी ना. नङ काट्नका लागि नाऊहरूद्वारा प्रयोग गरिने एक किसिमको सानो हतियार; नङ काट्ने साधन।
45729 ना वि. बो. निषेध वा अस्वीकृतिसूचक शब्द, न, नाहिँ, नाइँ (कुनै भाषिकामा मात्र सीमित, जस्तै- ना, म यो के पत्याउँथेँ!)।
45730 ना पू. स. निषेध, निरोध, विपरीतता आदि बुझाउने एक उपसर्ग (नासमझ, नामन्जुरी, नातागत इ. )।
45731 नाइँ वि. बो. निषेध, असहमति, अस्वीकृति, निरोध आदि बुझाउने शब्द; अहँ; नाहिँ।
45732 नाइँनाइँ वि. बो. १. हुँदै होइन; कुनै हालतमा पनि हुँदैन; मान्दै मान्दिनँ। ना.
45733 नाइँनाइँ वि. बो. २. उग्र अस्वीकृति; स्पष्ट अस्वीकार। (उदा.- नाइँनाइँ भन्दाभन्दै गुन्डाहरूले जबर्जस्ती अबलाको इज्जत लुटे)।
45734 नाइँकार ना. नाइँकार्ने काम; नाइँ नाइँ; अस्वीकार; नामन्जुर।
45735 नाइँकार्नु स.क्रि. १. अस्वीकार वा नामन्जुर गर्नु; नाइँ नाइँ भन्नु।
45736 नाइँकार्नु स.क्रि. २. असहमति जनाउनु।
45737 नाइँनास्ति ना. निषेध; बेमन्जुरी; अस्वीकृति; नामन्जुरी।
45738 नाइकिनी ना. १. नाइकेकी स्त्री; नइकेनी; नैकिनी।
45739 नाइकिनी ना. २. नाइके स्त्री।
45740 नाइकिनी ना. ३. भान्साकी नाइके स्त्री।
45741 नाइके ना. १. ज्यामी, खेतालाहरूलाई काम लगाउने वा निर्देशन दिने व्यक्ति।
45742 नाइके ना. २. कुनै पनि कामको अगुवा; नायक।
45743 नाइके ना. ३. कुनै दल वा समूहको प्रमुख व्यक्ति; नेता।
45744 नाइके ना. ४. झ्यालखानामा अन्य कैदीहरूको देखरेख गर्ने काममा खटाइएको कैदी; दाइ नाइके।
45745 नाइके ना. ५. दाइ नाइकेभन्दा एक तहमुनिको कैदी; भाइ नाइके।
45746 नाइकेनी ना. हे. नाइकिनी।
45747 नाइटे वि. १. नाइटो बाहिर निस्केको; नाइटो उछिट्टिएको; ठुलो नाइटो भएको।
45748 नाइटे वि. २. नाइटो प्रस्ट देखिने।
45749 नाइटे ज्यामिर ना. चुच्चो आकारको नाइटो स्पष्टै देखिने र भित्र प्रायः खोटेत्रो भएको, अमिलो स्वादको काठे ज्यामिर।
45750 नाइटो ना. १. जरायुज प्राणीको गर्भावस्थामा नाल जोरिने, पेटको शिशुलाई खाद्य प्रदान गर्ने तर जन्मिएपछि भने कुनै खास उपयोगमा नआउने पेटका माझको खाल्टो।