Dictionary

All Word

45601 नवप्रसूता वि. भर्खरै बच्चा जन्माएकी; भर्खरै सुत्केरी भएकी; आली सुत्केरी।
45602 नवभक्ति ना. हे. नवधाभक्ति।
45603 नवम वि. गणना गर्दा नौको सङ्ख्यामा परेको; गन्तीमा नवौँ।
45604 नवमल्लिका ना. १. चमेलीको फूल।
45605 नवमल्लिका ना. २. नवमालिका।
45606 नवमानववाद ना. मान्छेका प्राकृतिक, सहज र निम्न प्रवृत्तिलाई भन्दा आन्तरिक सङ्कल्प, आत्मसंयमजस्ता उच्चतम प्रवृत्तिलाई महत्त्व दिने र यी दुई प्रवृत्तिका द्वन्द्वमा उच्चतम प्रवृत्तिको महत्त्व प्रतिपादित हुनुपर्छ भन्ने साहित्यिक मान्यता।
45607 नवमानववादी वि. नवमानववादमा विश्वास राख्ने; नवमानववादको अनुनायी।
45608 नवमालिका ना. १. चमेलीका जातको एक फूल; नवमल्लिका।
45609 नवमालिका ना. २. नगण, जगण, भगण र यगण भएको एक छन्द।
45610 नवमी ना. चान्द्रमासअनुसार शुक्ल तथा कृष्ण दुवै पक्षको नवौँ तिथि; अष्टमीपछिको र दशमी पहिलेको तिथि।
45611 नवयुवक ना. भर्खर युवा अवस्थामा प्रवेश गरेको पुरुष; भर्खर जवान भएको लोग्नेमान्छे; नौजवान।
45612 नवयुवती ना. भर्खरैकी तरुनी; युवती स्त्री।
45613 नवयुवराज ना. राजाका उत्तराधिकारीका रूपमा भर्खरै घोषित व्यक्ति; नयाँ युवराज; नवयुवराजाधिराज।
45614 नवयुवराज्ञी ना. नवयुवराजकी पत्नी; युवरानी।
45615 नवयुवा ना. नवयुवक; नौजवान।
45616 नवयौवन ना. भर्खर सुरु भएको यौवन; भर्खर चढेको जवानी; नयाँ बैँस।
45617 नवयौवना ना. भर्खर युवा अवस्थामा प्रवेश गरेकी स्त्री; तरुनी आइमाई; नवयुवती।
45618 नवरत्न ना. १. नौ प्रकारका रत्न- मोती, पन्ना, माणिक,गोमेद, हीरा, मुगा, सुन, पद्मराग र नीर।
45619 नवरत्न ना. २. विक्रमादित्यका सभाका नौजना पण्डित - धन्वन्तरी, क्षपणक, अमरसिंह, शङ्कु, वेतालभट्ट, घटखर्पर, कालिदास, बराहमिहिर र वररुचि।
45620 नवरत्न ना. ३. अकबरका दरबारका नौ प्रसिद्ध व्यक्ति - भगवान्दास, मानसिंह, फैजी, अबुल फज्ल, अब्दुर्रहीम खानखाना, टोडरमल, अब्दुल कादिर् बदायुनी, वीरबल र तानसेन।
45621 नवरस ना. १. संस्कृत साहित्यशास्त्रमा वर्णित र साहित्यप्रसिद्ध नौ रस (शृङ्गार, वीर, करुण, हास्य, रौद्र, भयानक, वीभत्स, अद्भुत र शान्त)।
45622 नवरस ना. २. एक प्रसिद्ध आयुर्वेदिक रसादि औषधी।
45623 नवरात्र/नवरात्रि / नवरात्री ना. नवदुर्गाको विशेष व्रत, पूजा, उत्सव आदिका साथ मनाइने, आश्विन शुक्ल परेवादेखि नवमीसम्मका शारदीय दुर्गा पूजाका नौ दिन र चैत्र शुक्ल परेवादेखि नवमीसम्मका वासन्ती दुर्गा पूजाका नौ दिन।
45624 नवलपरासी ना. नेपालको पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने, भित्री मधेस र तराईसमेत भएको, लुम्बिनी अञ्चलको एक जिल्ला।
45625 नववधू ना. भर्खरै बिहे गरी ल्याइएकी स्त्री; नवविवाहिता स्त्री; नयाँ दुलही।
45626 नववर्ष ना. १. नयाँ वर्ष सुरु हुने दिन; संवत् फेरिने दिन; विक्रम संवत्अनुसार वैशाख एक गतेको दिन; इस्वी सन्का अनुसार जनवरी एक तारिखको दिन।
45627 नववर्ष ना. २. नयाँ वर्ष।
45628 नवशक्ति ना. प्रभा, माया, जाया, सूक्ष्मा, विशुद्धा, नन्दिनी, सुप्रभा, विजया र सर्वसिद्धिदा नामक नौ प्रकारका शक्ति।
45629 नवश्राद्ध ना. मरेको एघारौँ दिनमा गरिने श्राद्धकर्म।
45630 नवसङ्गम ना. १. नयाँ मिलन।
45631 नवसङ्गम ना. २. दुलहादुलहीको पहिलो मिलन; नयाँ पतिपत्नीका बिचमा भएको प्रथम समागम।
45632 नवाँ/नवाङ वि. दुनोट पढ्दा नौ गुना बुझाउन भनिने शब्द; नौगुना; नौ दोबर (उदा.- नौ नवाङ एकासी आदि)।
45633 नवान्न ना. खेतबारीबाट भर्खरै घरमा भित्र्याइएको अन्न; नयाँ अन्न।
45634 नवाफ ना. १. कुनै प्रदेशको शासनव्यवस्थाका निम्ति नियुक्त गरिएको मुगल बादशाहको प्रतिनिधि; नबाफ।
45635 नवाफ ना. २. धनी मुसलमानहरूलाई अङ्ग्रेज सरकारबाट मिल्ने गरेको एक खिताब।
45636 नवाफ ना. ३. धनवान् व्यक्ति।
45637 नवाफ ना. ४. बाबूसाहेब; ठालु। वि.
45638 नवाफ ना. ५. रवाफका साथ बस्ने; ठाँटबाँटसित रहने।
45639 नवाफी ना. १. नवाफको पद वा काम; नवाफको जस्तो भड्किलो रहनसहन; अमिरी चाल; नबाफी। वि.
45640 नवाफी ना. २. नवाफको; नबाफसँग सम्बन्धित।
45641 नवार वि. १. नयाँ; ताजा।
45642 नवार वि. २. जवान; तरुनो।
45643 नवाश्मयुग ना. भूगर्भशास्त्रका अनुसार हजार वर्षपहिले प्रारम्भ भई आजसम्म चल्दै आएको युग; आधुनिक युग वा आधुनिक मानवयुग; नव-जीवकभित्र पर्ने चतुर्थ खण्डको अन्तिम भागको युग।
45644 नवाह ना. १. नौ दिन।
45645 नवाह ना. २. नौ दिनमा समाप्त हुने रामायण; देवीभागवत, शिवपुराण आदिको पारायण।
45646 नवीकरण ना. १. कुनै वस्तुलाई नयाँ बनाउने काम।
45647 नवीकरण ना. २. अवधि सिद्धिसकेको कुनै कामकुरालाई वैध रूपबाट फेरि लागु गर्ने काम।
45648 नवीकरण ना. ३. अवधि सकिएका मोटर, बन्दुक र ठेक्कापट्टा आदिका इजाजतपत्रलाई फेरि समय थप्ने काम।
45649 नवीकरण ना. ४. नवीनीकरण।
45650 नवीकृत वि. नयाँ गरिएको; नयाँ बनाइएको; नूतन।