Dictionary

All Word

45501 नराइ ना. नार्ने वा नारिने भाव, क्रिया वा प्रक्रिया।
45502 नराइनु क.क्रि. नार्न लाइनु।
45503 नराउनु प्रे. क्रि. नार्न लाउनु।
45504 नराधम ना. नीच स्वभावको मान्छे; अधम खालको मान्छे।
45505 नराधिप / नराधिपति ना. नरपति; राजा।
45506 नरालो वि. बालीको रखबाली गर्ने।
45507 नरिचो ना. छेउमा नजानिँदो दाँतजस्ता लाम्चा पात हुने, पहेँला फूल फुल्ने, रामतोरियाँका आकारका कोसा फल्ने र बोक्राबाट कागत बनाइने, आयुर्वेदमा अग्निवर्धक र रुचिकारक गुण बताइएको एक जातको सानो बोट।
45508 नरिवल ना. खजुरको जस्तो अग्लो बोट हुने, टुप्पामा परपरसम्म फैलिएका ठुलठुला पात हुने, पहेँला, लाम्चा- लाम्चा फूल फुल्ने र ठुलो दानाको रूपमा जटायुक्त फल लाग्ने ताडका जातको एक रुख; त्यही रुखको फल।
45509 नरिवल कविता ना. बाहिरबाट हेर्दा निकै गाह्रो र मुस्किलले बुझ्न सकिने किसिमको तर बुझिसकेपछि सरस कविता।
45510 नरुवा ना. हे. नलुवा।
45511 नरेन्द्र ना. १. राजा; नृप; नरेश।
45512 नरेन्द्र ना. २. सर्प, बिच्छी आदि विषालु प्राणीले टोक्ता शरीरमा फैलिएको विष झार्ने व्यक्ति; विषवैद्य।
45513 नरेन्द्रदेव ना. आठौँ शताब्दीमा नेपालमा शासन गर्ने लिच्छविवंशका एक राजा।
45514 नरेश / नरेश्वर ना. राजा; नृप।
45515 नरोत्तम ना. १. उत्तम मानिस; श्रेष्ठ व्यक्ति।
45516 नरोत्तम ना. २. विष्णु।
45517 नर्क ना. हे. नरक।
45518 नर्कट ना. लामालामा पात हुने, चाँडै हलक्क बढेर आउने, छेकाबार आदिका रूपमा प्रयोग गरिने निगालाका जातको एक प्रकारको बोट।
45519 नर्के वि. नर्कको; नर्कसम्बन्धी।
45520 नर्के चतुर्दशी ना. हे. नरकचतुर्दशी।
45521 नर्तक ना. १. नाच्ने पेसा भएको व्यक्ति; नट; नटुवा; नचरो।
45522 नर्तक ना. २. नाटक आदिमा भाग लिने व्यक्ति; अभिनेता।
45523 नर्तक ना. ३. शिव।
45524 नर्तकी ना. १. नाच्ने पेसा भएकी स्त्री; नटी; नटुवी।
45525 नर्तकी ना. २. नाटककी पात्रा; अभिनेत्री।
45526 नर्तन ना. नृत्य गर्ने काम; नाच्ने काम; नाच; नृत्य।
45527 नर्तनशाला ना. नृत्यशाला; नाचघर।
45528 नर्तित वि . १. नचाइएको।
45529 नर्तित वि . २. नाचिसकेको; नाचेको।
45530 नर्म ना. १. मनोविनोदका लागि जिस्किने वा जिस्क्याउने काम; हाँसखेल; विनोद; परिहास।
45531 नर्म ना. २. इष्टजनलाई आफूतिर झुकाउने चातुर्य; ठट्टा।
45532 नर्म ना. ३. संस्कृत नाटकमा वर्णित चार वृत्तिमध्येको कैशिकी वृत्तिको एक अङ्ग।
45533 नर्मगर्भ ना. नायकको गुप्त व्यवहारको वर्णन भएको, कैशिकी वृत्तिको एक अङ्ग।
45534 नर्मद वि. १. दिल्लगी गर्ने; हँसाउने। ना.
45535 नर्मद वि. २. ठट्यौली व्यक्ति; विदूषक।
45536 नर्मदा ना. १. हिन्दूहरूका पवित्र मानिएका प्रसिद्ध सात नदीहरूमध्ये एक; भारतको मध्यप्रदेशमा पर्ने एक नदी।
45537 नर्मदा ना. २. आनन्द दिने (स्त्री)।
45538 नर्मदेश्वर ना. नर्मदा नदीमा पाइने शिवलिङ्ग।
45539 नर्मद्युति ना. दोष दबाउने हास्य भएको, प्रतिमुख सन्धिको एक भेद।
45540 नर्मल वि . १. नियमित; सामान्य।
45541 नर्मल वि . २. प्रवेशिका उत्तीर्ण नगरेकाहरूलाई दिइने प्रारम्भिक शिक्षणसम्बन्धी (तालिम )।
45542 नर्मल स्कुल ना. स्वदेशी भाषाका शिक्षकहरूलाई शिक्षणकला सिकाउने विद्यालय।
45543 नर्मसचिव ना. राजामहाराजालाई हँसाउन तथा मन प्रसन्न राख्न साथमा रहने ठट्यौलो व्यक्ति; विदूषक।
45544 नर्मसुहृद् ना. पुरानो समयमा राजाको मनोविनोदका निमित्त साथसाथ रहने व्यक्ति; हँसाउने व्यक्ति; ठट्यौलो व्यक्ति; नर्मसचिव; विदूषक।
45545 नर्मस्फोट ना. अलिअलि प्रकाश गरिएका भावबाट शृङ्गारको थोरै सूचना; संस्कृत नाटकमा वर्णित चार वृत्तिमध्ये कैशिकी वृत्तिको अङ्गविशेष।
45546 नर्स ना. १. रोगीको स्याहारसुसार गर्ने काममा प्रशिक्षित र अस्पतालमा त्यसै कामका लागि नियुक्त स्त्री; रोगीको सुसारे; उपचारिका; परिचारिका।
45547 नर्स ना. २. अर्काको बालबच्चाको हेरचाह गर्ने आइमाई; धाई।
45548 नर्सरी ना. १. ससाना बालबालिकाहरूलाई खेलाउने-सिकाउने धाई, शिक्षिका आदि भएको घर वा कोठा; बालकक्ष।
45549 नर्सरी ना. २. बिरुवाहरू हुर्काउने ठाउँ।
45550 नर्सिङ ना. नरसिंह; नरसिङ्गा।