Dictionary

All Word

45251 नताङ्गी ना. शरीर निहुरेकी स्त्री; नारी।
45252 नति ना. १. नम्र हुने क्रिया वा भाव; नम्रता; विनय।२. नमस्कार।
45253 नतिजा ना. १. कुनै कामको आखिरमा हुने राम्रो वा नराम्रो परिणाम; कुनै कामको निष्कर्ष।
45254 नतिजा ना. २. श्रम वा प्रयासको फल, रिजल्ट।
45255 नतोदर वि. बिच खण्ड भित्रिएको; पेट भित्र पसेको।
45256 नत्थ ना. १. स्त्री जातिले नाकमा लाउने मुन्द्रीजस्तो गहना।
45257 नत्थ ना. २. गोरु, राँगो आदिको नाक छेडेर लगाइने मुन्द्रो, डोरी आदि।
45258 नत्थलायो ना. 'थ' अक्षर चिनाउने शब्द।
45259 नत्थिनु अ.क्रि. १. गोरु, राँगो आदिको छेडिएको नाकमा मुन्द्रो, डोरी आदि लाग्नु।
45260 नत्थिनु अ.क्रि. २. दुई वा दुईभन्दा बढी वस्तु परस्पर अल्भ्ि्ाकनु; जोल्टिनु।
45261 नत्थिनु अ.क्रि. ३. कुनै काम गर्न बाध्य हुनु।
45262 नत्थिनु अ.क्रि. ४. नत्थमा समातिएर घिच्चिनु।
45263 नत्थी ना. १. कागतपत्रलाई डोरी, धागो, पिन आदि जेल्ने काम।
45264 नत्थी ना. २. गोरु, राँगो आदिका नाकमा लगाइने मुन्द्रीसहितको डोरी; नत्थ।
45265 नत्थी ना. ३. कसैले कुनै काम गर्न विवश वा बाध्य गराउने उपाय वा कुरा।
45266 नत्थु ना. हे. नाथु।
45267 नत्थु खैरे वि. काम नलाग्ने; बेलायक; पाङ्दुरे।
45268 नत्थ्याइ ना. नत्थ्याउने किसिम, क्रिया वा भाव।
45269 नत्थ्याइनु क.क्रि. नत्थ लगाइनु।
45270 नत्थ्याउनु स.क्रि. १. स्त्री-जातिले नाकमा नत्थ लगाउनु।
45271 नत्थ्याउनु स.क्रि. २. गोरु, राँगो आदिको नाक छेडेर मुन्द्रो डोरी आदि लगाउनु।
45272 नत्थ्याउनु स.क्रि. ३. कागतपत्र आदिलाई परस्परमा अल्झाउनु।
45273 नत्थ्याउनु स.क्रि. ४. कुनै कामकुरा गर्नका लागि विवश गराउनु; बाध्य तुल्याउनु।
45274 नत्थ्याहट ना. नत्थ्याउने अवस्था, भाव वा क्रिया।
45275 नत्थ्याहा वि. नत्थ्याउने चालको; नत्थ्याउने स्वभावको।
45276 नत्र संयो. १. त्यसो नभएको भए, होइन भने; अन्यथा।
45277 नत्र संयो. २. पक्षान्तरमा।
45278 नत्र भने संयो. त्यसो हुँदैन भने; त्यसो नभए; नभए त।
45279 नथना ना. नाकमा लगाउने पुरानो खालको एक गहना; नाथ।
45280 नथुनी ना. थारू जातिका स्त्रीहरूले नाकमा लगाउने एक प्रकारको गहना।
45281 नथुली ना. नाकमा लगाइने सानो नत्थ।
45282 नद ना. १. ठुलो खोलो वा नाला।
45283 नद ना. २. नदी शब्दको पुलिङ्गी रूप।
45284 नदारत / नदारद ना. कुनै वस्तु नभएको स्थिति; अभाव; शून्यता।
45285 नदिका ना. सानो खोलो; खहरे; सानो नदी।
45286 नदी ना. १. कुनै पर्वत, दह आदिबाट निस्केर निश्चित स्थानमा बग्दै अरू नदीनालासँग मिसिएर वा एक्लै समुद्रमा मिसिने जलप्रवाह।
45287 नदी ना. २. ठुलो खोलो।
45288 नदी काट ना. १. नदीले काटेको वा नदीले पुरेको जमिन।
45289 नदी काट ना. २. नदीले छोडेको ठाउँ; बगर।
45290 नदीज वि. १. नदीबाट उत्पन्न हुने। ना.
45291 नदीज वि. २. समुद्र।
45292 नदीज वि. ३. भीष्म पितामह।
45293 नदीमातृक वि. आकाशबाट बर्सेको पानीको मात्र भर पर्नु नपर्ने र नदीको पानीले सिँचाइ हुने (जमिन)।
45294 नदीमुख ना. समुद्र वा अरू कुनै नदीसित मिसिने नदीको मुख; नदीको मुहान।
45295 नदीश ना. नदीका अधिपति; समुद्र।
45296 नद्ध वि. १. बाँधिएको; बद्ध।
45297 नद्ध वि. २. मिलाइएको।
45298 नद्ध वि. ३. ढाकिएको।
45299 ननिको वि. १. नराम्रो; खराब।
45300 ननिको वि. २. अरुचिकर।