Dictionary

All Word

45051 नक्षत्रपथ ना. नक्षत्रहरूले भ्रमण गर्ने मार्ग; नक्षत्रमार्ग; आकाश।
45052 नक्षत्रमार्ग ना. नक्षत्रपथ।
45053 नक्षत्रविद्या ना. ज्योतिषविद्या।
45054 नक्षत्रशूल ना. कुनै दिशामा जानुपर्दा ज्योतिषशास्त्रअनुसार विचार गरिने, नक्षत्रमा रहने दुष्काल।
45055 नक्षत्रीय वि. नक्षत्रसँग सम्बन्धित; नक्षत्रको।
45056 नक्सलपन्थी ना. नक्सलवादी।
45057 नक्सलवाद ना. भारतको पश्चिम बङ्गालको नक्सलवादी इलाकाबाट सुरु भएको मार्क्सवाद र लेनिनवादमा विश्वास राख्ने वामपन्थीहरूको राजनीतिक विचारधारा।
45058 नक्सलवादी वि. १. नक्सलवादमा विश्वास राख्ने, नक्सलवादको समर्थक। ना.
45059 नक्सलवादी वि. २. त्यस्ता राजनीतिक कार्यकर्ताहरूको समूह; नक्सलपन्थी।
45060 नक्सा ना. १. रेखाद्वारा तयार गरिएको कुनै चित्र; रेखाचित्र।
45061 नक्सा ना. २. देश, सहर, नदी, पहाड, समुद्र आदिको सङ्केतसहित लेखिएको पृथ्वी वा खगोलको चित्र; मानचित्र; भूचित्र।
45062 नक्सा ना. ३. घर, मन्दिर, पुल आदि बनाउन तयार पारिने, नाप- नमुनासहितको चित्र।
45063 नक्सा ना. ४. आकृति; आकार; रूपरेखा (जस्तो- एकै नक्साको, मिल्दो नापनक्सा इ.)।
45064 नक्साफाँट ना. घर, पर्खाल आदिको नक्सा दर्ता गर्ने वा तत्सम्बन्धी काम गर्ने शाखा।
45065 नक्सापास ना. नियमानुसार नक्सा पास गर्ने काम।
45066 नख ना. १. नङ; नङ्ग्रा।
45067 नख ना. २. नक्खी।
45068 नखक्षत ना. १. नङ गाडिनाले लागेको घाउ; नङ गडेको चिह्न; नङको डाम।
45069 नखक्षत ना. २. पुरुषहरूले स्त्रीको कुचमर्दन गर्दा स्तनमा लाग्ने नङको चिह्न वा डोब।
45070 नखरमाउली वि. नाक, मुख नचाउँदै नकल पारेर कुरा गर्ने; नखरा पार्ने; उत्ताउलो स्वभावकी (स्त्री)।
45071 नखरमाउलो वि. नाक, मुख नचाउँदै नकल पारेर कुरा गर्ने; नखरा पार्ने; उत्ताउलो स्वभावको।
45072 नखरा ना. १. चढ्दो बैँसमा, विशेष गरी स्त्रीहरूमा हुने चुलबुलेपन; छालेपन।
45073 नखरा ना. २. हाउभाउ; ढाँचा; स्वाङ।
45074 नखरा ना. ३. बहाना; निहुँ।
45075 नखरे वि . नखरा गर्ने; स्वाङ पार्ने।
45076 नखविष ना. १. शरीरमा नङले कोतर्दा वा नङ गाड्दा विष लाग्ने जीव; नङमा विष हुने जीव (मानिस, कुकुर, बिरालो, बाँदर आदि)।
45077 नखविष ना. २. नङमा हुने विष।
45078 नखशिखवर्णन ना. खुट्टाको नङदेखि लिएर शिरसम्मको वर्णन; स्थूल शृङ्गारिक कवितामा पाइने बाह्य रूपसौन्दर्यको वर्णन।
45079 नखशिखान्त क्रि.वि. गोडाको नङदेखि लिएर शिखाको अन्त्यसम्म; खुट्टादेखि टाउकोसम्म (शरीरका सम्पूर्ण अवयव)।
45080 नखाघात ना. नङले कोपर्दा वा गाड्दा पर्न गएको घाउ; नखक्षत।
45081 नखायुध ना. नङ वा नङ्ग्रालाई नै हतियारका रूपमा प्रयोग गर्ने प्राणी; नङले कोपरेर वा चिथोरेर आघात गर्ने प्राणी (सिंह, बाघ, कुखुरो इ.)।
45082 नखी वि. १. लामालामा नङ वा नङ्ग्रा हुने।
45083 नखी वि. २. नङ्ग्रालाई नै हतियारको रूपमा प्रयोग गर्ने; नखायुध। ना.
45084 नखी वि. ३. एक सुगन्धित द्रव्य।
45085 नग ना. १. अग्ला डाँडा; पहाड; पर्वत।
45086 नग ना. २. रुख; वृक्ष।
45087 नगण ना. छन्दशास्त्रका नियमअनुसार तीन लघु मात्रा हुने एक गण (III)।
45088 नगण्य वि. १. गणना गर्न नपर्ने; गणना गर्न अयोग्य; गन्तीमा नआउने; थोरै; अल्प।
45089 नगण्य वि. २. तुच्छ; निकृष्ट।
45090 नगद ना. १. चलनचल्तीमा आइरहने कागजी मुद्रा वा धातुका मुद्रा; सिक्कारूपी धन; रुपियाँपैसा आदि। वि.
45091 नगद ना. २. बहुमूल्य।
45092 नगद ना. ३. उत्तम; श्रेष्ठ।
45093 नगदनारायण ना. १. रुपियाँपैसा आदि नगद द्रव्य।
45094 नगदनारायण ना. २. महत्त्वका दृष्टिले नारायणस्वरूप नगद द्रव्य।
45095 नगदानगदी ना. १. नगद लिइएको ठाउँमा तिरिने नगदै रकम।
45096 नगदानगदी ना. २. कुनै मालसामान, बस्तुभाउ किन्दा तत्काल गनिने नगद रुपियाँपैसा।
45097 नगदी ना. १. नगद; सिक्का। वि.
45098 नगदी ना. २. तत्काल नगदका रूपमा परिणत हुन सक्ने।
45099 नगदी किताब ना. नगद रुपियाँपैसाको आयको हिसाब राख्ने किताब।
45100 नगदी खाता/बही ना. लेनदेन, कारोबारको हिसाब राख्ने कापी वा बही।