Dictionary

All Word

44951 देवनागरी मर्णमालाका नासिक्य व्यञ्जनवर्णमध्ये बिसौँ व्यञ्जन; वर्त्स्य, सघोष, अल्पप्राण, नासिक्य व्यञ्जन ध्वनि; तवर्गको अन्तिम वा पाँचौँ अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; निहुरमुन्टी न।
44952 अव्य. १. क्रियापदको अगाडि, पछाडि वा बिचमा आएर निषेध बुझाउने शब्द (नगर्नु, नखानु, नजानु, भन्दिन, गर्दैनथ्यो, गर्दैन होला इ.)।
44953 अव्य. २. कार्य वा विषय आदिको अभाव वा निषेध बुझाउने शब्द; अहँ; नाइँ। पू.स.
44954 अव्य. ३. शब्दको अगाडि लागेर उल्टो अर्थ बुझाउने शब्द (नकाम, नराम्रो, नजाती इ.)। संयो.
44955 अव्य. ४. दुई शब्द वा वाक्यका बिचमा प्रयोग भएर दुवैलाई जोड दिने शब्द (रुनु न हाँस्नु, देख्नु न सुन्नु, उनी न जान्छन् न बस्छन् आदि)। निपा.
44956 अव्य. ५. शब्द वा वाक्यलाई जोड दिन प्रयोग गरिने शब्द (उदा.- हेरूँ न के गर्छ ! )।
44957 अव्य. ६. प्रश्न गर्दा वा सही थाप्न लाउँदा वाक्यको बिचमा वा अघिल्तिर प्रयोग गरिने शब्द ( उदा.- उसले न भन्या हो ! न उसले भन्या हो ! )।
44958 नकचरिनु अ.क्रि. नकचरो हुनु; नकच्चरिनु।
44959 नकचरो वि. हे. नकच्चरो।
44960 नकचऱ्याइ ना. नकचरिने भाव, क्रिया वा प्रक्रिया।
44961 नकचऱ्याइनु क.क्रि. नकच्चऱ्याइनु।
44962 नकचऱ्याउनु स.क्रि. नकच्चऱ्याउनु।
44963 नकचऱ्याहट ना. नकच्चऱ्याहट।
44964 नकच्चरिनु अ.क्रि. नकच्चरो हुनु; निर्लज्ज हुनु; बेसरम बन्नु।
44965 नकच्चरो वि. बोली-व्यवहारमा मर्यादाको ख्याल नराख्ने; लाज नभएको; निर्लज्ज; बेसरम; नकचरो।
44966 नकच्चऱ्याइँ ना. नकच्चरो हुनाको भाव वा अवस्था।
44967 नकच्चऱ्याइ ना. नकच्चरिने स्वभाव, क्रिया वा प्रक्रिया।
44968 नकच्चऱ्याइनु क.क्रि. लज्जित तुल्याइनु।
44969 नकच्चऱ्याउनु स.क्रि. १. अरूलाई लज्जित गराउनु; सरम लाग्ने पार्नु।
44970 नकच्चऱ्याउनु स.क्रि. २. जानेको कुरालाई पनि नजानेको जस्तो गरी सोध्नु; बुझ पचाएर बोल्नु।
44971 नकच्चऱ्याहट ना. नकच्चरिने भाव, क्रिया वा अवस्था।
44972 नकटा वि. नकटो।
44973 नकटा हाँस ना. मुखमा छिर्केमिर्के रङ भएको कालो हाँस।
44974 नकटी वि. १. नाक काटिएकी।
44975 नकटी वि. २. इज्जत नभएकी; नकच्चरी; निर्लज्ज।
44976 नकटी वि. ३. छाँट नमिलेकी; बेछाँटकी।
44977 नकटो वि. १. नाक काटिएको; नेप्टो।
44978 नकटो वि. २. अमर्यादित बोली-व्यवहार भएको; नकच्चरो; निर्लज्ज।
44979 नकटो वि. ३. छाँट नमिलेको; बेछाँटको।
44980 नकटो छकटो वि. १. नेप्टो र नकच्चरो।
44981 नकटो छकटो वि. २. छाँट नमिलेको र उत्ताउलो।
44982 नकडा ना. गोरुका नाकमा हुने एक प्रकारको रोग।
44983 नकबजनी ना. घरको भित्तो फोरेर चोर्ने काम।
44984 नकरा वि. १. बोलीको ठेगान नभएको; झुटो; ढँटुवा।
44985 नकरा वि. २. प्रमाण नभएको; कच्चा।
44986 नकर्मी ना. फलामको काम गर्ने कालिगड; कालिगड; लोहार।
44987 नकल ना. १. कुनै वस्तुको आकारप्रकारसित मिल्ने गरी बनाइएको अर्को वस्तु; अनुकृति।
44988 नकल ना. २. कसैले गरेको कुनै कामको अनुकरण गर्ने प्रवृत्ति; अनुकरण।
44989 नकल ना. ३. कुनै मूल लेख जस्ताको तस्तै सारेको कागज; प्रतिलिपि।
44990 नकल ना. ४. अभिनय।
44991 नकल ना. ५. स्वाङ।
44992 नकल ना. ६. अनावश्यक शृङ्गार।
44993 नकल ना. ७. ढाँचाकाँचा; नक्कलझक्कल।
44994 नकलची ना. सकलबमोजिम नकल लेख्ने व्यक्ति; प्रतिलिपिकार; लिपिक; लेखनदास।
44995 नकलझकल ना. १. अनावश्यक वा उत्ताउलो किसिमले गरिएको शृङ्गार।
44996 नकलझकल ना. २. ढाँचाकाँचा; नक्कलझक्कल।
44997 नकली वि. १. मौलिक वा प्राकृतिक नभएर अरू मालको नकल गरी बनाइएको; बनावटी।
44998 नकली वि. २. कम मूल्यका अरू कुनै वस्तु मिसाइएको।
44999 नकली वि. ३. कमसल; कच्ची।
45000 नकली वि. ४. जाली; खोटो।